• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
  • ६ घण्टा 

संसद् सेवा दिवसका अवसरमा रक्तदान
  • ७ घण्टा 

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
  • ७ घण्टा 

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत
  • ८ घण्टा 

शैलजा आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • ११ घण्टा 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • १२ घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १ दिन 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १ दिन 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ३. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

  • ४. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ५. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • ६. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ७. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ८. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ९. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • १०. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

आयुर्वेदिक उपचारमा जनविश्वास बढ्दो

  •  बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित

भोजपुर ।आयुर्वेदिक उपचार पद्धतिमा यहाँका स्थानीयवासीको जनविश्वास बढेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीयवासीको यस्तो उपचार पद्धतिप्रति जनविश्वास बढेको हो । आयुर्वेदिक उपचार पद्धतिको विषयमा जानकारी पाएसँगै दैनिकरूपमा एक सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको भनाइ छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा आठ हजार चार सय १५ जना बिरामीले सेवा लिएका थिए । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी र नशासम्बन्धीका रोगी रहेको कार्यालयको भनाइ छ ।

बिरामीको सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण विस्तारमा समेत ध्यान दिएको कार्यालयले जनाएको छ । तर दक्ष चिकित्सकको कमीले सेवा प्रवाहमा भने समस्या हुने गरेको छ । केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा सेवा प्रवाह गर्न केही कठिनाइ रहेको कार्यालयले जनाएको छ ।

लामो समयसम्म ठुल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका छन् ।

स्थानीय केशरबहादुर श्रेष्ठले बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुर्वेदिक उपचारबाट निको भएको अनुभव सुनाउनुभयो । श्रेष्ठले भन्नुभयो, “खासमा हामीले यो उपचार पद्धतिको बारेमा जानकारी नपाउँदा समस्यामा परेका रहेछौँ । मेरो निकै लामो समयबाट ढाडमा समस्या थियो । उपचार गराउन विभिन्न सहरका ठूला अस्पतालमा गएँ, तर अहिले यहाँ उपचार गराउन थालेपछि निको हुँदै गएको छ ।”

केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवालगायत सेवा सञ्चालनमा रहेको छ । आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको स्थानीयवासी पासाङदिकी शेर्पाले बताउनुभयो ।

“मलाई ग्याष्ट्रिकको समस्या छ । विभिन्न अस्पतालमा उपचार गराउन गएँ”, शेर्पाले भन्नुभयो, “त्यति गर्दा पनि निको नभएपछि अहिले करिब एक महिनाबाट नियमतिरूपमा यहाँ आएर उपचार गराइरहेकी छु । अहिले सुधार भइरहेको छ । यहाँ उपचार गराउन थालेपछि मेरो रोग निको भइरहेको छ ।”

आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको कार्यालयका बैद्य अनिलकुमार मण्डलले बताउनुभयो । बिरामीको चाप बढे पनि आफ्नो भवन तथा दरबन्दीअनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा भने सहज सेवा प्रवाहमा कठिनाइ भएको कार्यालयले जनाएको छ ।

विसं २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चूर्ण सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो । भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार, दिङ्ला र ओख्रे औषधालय शाखा रहेका छन् । त्यस्तै अरुण गाउँपालिकाको चम्पे, हतुवागढी घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयवासीले सेवा लिइरहेको कार्यालयले जनाएको छ । रासस

बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
संसद् सेवा दिवसका अवसरमा रक्तदान
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

ताजा

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

संसद् सेवा दिवसका अवसरमा रक्तदान

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.