यहांँले बिरामीहरुलाई स्वास्थ्य सेवा र मेडिकल बिद्यार्थीहरुलाई शिक्षा दिन अध्यापन गर्न लाग्नु भएको कति वर्ष भयो ?
मैले २०४१ सालमा भारतको रांँची विश्वविद्यालयमा राजेन्द्र मेडिकल कलेजबाट एमबिबिएस गरेर आएपछि नै नेपालको अति दुर्गम जिल्ला मुस्ताङ्को जोमसोम स्थित जिल्ला अस्पतालबाट आफ्नो सेवा शुरु गरेको हँुं । त्यसपछि पोखरा स्थित गण्डकी अञ्चल अस्पताल र पछि नामाकरण गरिएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एक वर्ष कार्यरत भई २०४९ सालमा सगरमाथा अञ्चल अस्पतालमा एक वर्ष सेवा गरेर फेरी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सात वर्ष मेडिकल सुपरीटेण्डेण्ट र अन्त्यमा २०७२ सालमा प्रमुख कन्सल्टेण्ट फिजिसीयनको रुपमा सेवा निवृत्त भएंँ । जहांंँसम्म पठनपाठनको कुरा छ ,पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा फिजिसियको रुपमा कार्यरत रहँंदा मणिपाल मेडीकल कलेज लगायत विभिन्न शैक्षिक संस्थाहरुबाट आउने विद्यार्थीहरुको पठनपाठनमा सक्रिय रहन्थेंं भने नेपाल सरकारबाट सेवा निवृत्त भएपछि करीव दुई वर्ष गण्डकी मेडीकल कलेजमा प्राध्यापक भई एमबिबिएस अन्तिम वर्षका विद्यार्थीहरुलाई पढाउने मौका पाएं ।
तपाईं स्वास्थ्य क्षेत्रमा सक्रिय तवरले संस्थागत विकास र विस्तारमा आफुलाई निरन्तर अगाडि बढाई रहनुभएको छ । आफ्नो यो नेतृत्वले गरेको कार्यबाट खुशी हुनुहुन्छ ?
गण्डकी प्रदेशको स्वास्थ्य सेवा र यसको संस्थागत विकासमा शुरु देखिनै सक्रिय हँुंदै आईरहेको छु । यस क्षेत्रमा आफ्नो योग्यता र क्षमताले भ्याएसम्म प्रदान गरेको योगदानबाट म एकदमै खुशी छु । मेरो निरन्तर सेवा र नेतृत्वमा स्थापित कतिपय संस्थाको विकास र स्थापनाबाट मलाई गौरव तथा आत्मसन्तुष्टिको अनुभूती भएको महसुस गरेको छु ।
एकछिन पुराना समयको स्मरण गरौं, तपांईहरुले शुरुवाती दिनहरुमा बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेका दिन र आजको आधुनिक समयको सेवा विस्तारमा कत्तिको फरक पाउनु भएको छ ?
पुरानो कुराहरुको संस्मरण गर्ने कुरा गर्दा मलाई साह्रै खुशी लाग्यो र म भाव विह्ल पनि भएको छु । शुरुवाती दिनहरुमा स्वास्थ्य सेवा र अहिलेको अत्याधुनिक स्वास्थ्य सेवाको पद्धति र दायरामा जमिन आकाशको फरक छ । मैले अघिनै भनिसकें मेरो सेवाका शुरुवाती दिनहरु मैले अति दुर्गम जिल्ला मुस्ताङ्ग जिल्लाबाट शुरु गरें । त्यस समयमा मेडीकल सम्बन्धी साधन तथा स्रोतहरु केही पनि थिएनन् । हातमा क्तभतजयकअयउभ,त्जभचmयmभतभच र द्य।ए। क्ष्लकतचगmभलत बाहेक न ल्याब थिए, न एक्सरे नै । ईसिजि. भिडियो एक्सरे त परै जाओस एकपटक एकजना विरामीको छातीबाट हातले छामेर क्तभतजयकअयउभ जाँंचेकोे भरमा फोक्सो बाहिर जमेकोे पानी झिकेर क्षयरोगको औषधि दिएर बिरामी निको भएको दिनहरु सम्झना गर्न मन लाग्छ । त्यतिबेला ४१÷४२ साल तिरको कुरा हो, पोखरामा पनि एक्सरे मेसीन गण्डकी अस्पतालमा मात्र थियो र ईसिजि. मेसीन सरकारी अस्पतालमा नभएर निजी क्लिनिकमा एकजना स्वास्थ्यकर्मी सँंग मात्र थियो । त्यो पनि जापान भ्रमण जाँंदा उपहार स्वरुप ल्याएको ।
वर्तमान समयमा उपलब्ध आधुनिक उपकरण भिडीयो एक्सरे , सि.टी. स्क्यान, एम.आर.आई., ईको, टि.एम.टि. र क्याथल्याव लगायतका बिभिन्न डाईग्नोस्टिक ल्याव र बिभिन्न आधुनिक शल्यक्रिया प्रविधिको प्रयोग हेर्न पाउंँदा आफुलाई स्वास्थ्य क्षेत्रमा एउटा युगको रुपान्तरण भएजस्तो लाग्छ ।
स्वास्थ्य क्षेत्रमा कामगर्ने चिकित्सकहरु समाजका अन्य व्यक्तिहरु भन्दा के कस्ता कुराहरुले फरक हुने गर्दछन् वा हुनु पर्दछ ?
स्वास्थ्य क्षेत्रमा कामगर्ने चिकित्सकहरु समाजमा अन्य व्यक्ति भन्दा आधारभुत रुपमा फरक हुनुपर्ने त म देख्दिन । आखिर हामी सबै मानव हौं र सामाजीक प्राणी पनि हौं । सबैले आफ्नो पेशा, ज्ञान र सिपको सही प्रयोग गरेर समाज र देशको सेवा गर्नु सबैको बराबरी जिम्बेवारी हो । फरक यति मात्र होकी चिकित्सकको सेवा प्रत्यक्ष विरामीको स्वास्थ्य र जीवन संँग जोडिएको हुंँदा अलि बढी संवेदनशील, गम्भीर र थप जिम्मेवारीपूर्ण हुनु पर्छ जस्तो लाग्छ । चिकित्सकले सही रुपमा आफ्नो जिम्मेवारी पुरा गरेमा समाजमा स्वतः छुट्टै सम्माजनक छवी र पहिचान स्थापित गर्न सक्दछ ।
तपाईं संग नेपालका धेरै विकट गाउंँ र जिल्लाहरुमा काम गरेको अनुभव छ । अझैपनि धेरै जिल्लाका नागरिकहरु सहज स्वास्थ्य सेवा लिनबाट वञ्चित भैरहेको अवस्था छ । के कारणले गर्दा यो अवस्था रहेको होला ?
हो, मैले नेपालका विकट गांँउ र जिल्लाहरुमा काम गरेको अनुभव बटुलेको छु । मुस्ताङ्ग जिल्लाको चीनको सीमा स्थित तात्कालिन मुस्ताङ्गे राजा जिङ्गमेपरवल विष्टको गाउँंमा झाडा वान्ता लागेर एउटा विद्यालयका २५ जना विद्यार्थी मध्ये २१ जनाको मृत्यु भएको थियो । राजासाहेबको अनुरोधमा मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारीको व्यवस्थापनमा डोकोमा औषधि बोकेर चार दिनसम्म हिंँडेर लोमाङ्गथान वरीपरीको क्षेत्रमा घुम्ती स्वास्थ्य सेवा दिएको दिनहरुको संस्मरण गर्न मन लाग्छ । सन् २००० सम्म सबैलाई स्वास्थ्य लेखिएको ब्यानर लिएर मुक्तिनाथको मन्दिर निरको स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन गरिरहेको बेला विराटनगरकी एक बृद्धा महिलालाई लेक लागेर बेहोस हुंँदा तुरुन्त अक्सिजन सहित जोमसोम अस्पतालमा भर्ना गरी बचाएको बेला हिमालको टुप्पोमा पनि डाक्टरी सेवा पाउंँदा विराटनगरको त्यो परिवारको खुशीको सिमानै थिएन । डोकामा नाम्ले जुका, अरु जुका र अन्य औषधि बोकेर गांँउ गांँउमा वितरण गरेको भोलिपल्ट बाटोमा र खेतैभरि जुकाहरु हेरेको दृष्यको सम्झना गर्दा र अहिलेको स्वास्थ्य स्थिति हेर्दा त कायापलट भए जस्तो लाग्छ । त्यो बाहेक गण्डकी प्रदेशका धेरैजसो दुर्गम गांँउहरु कास्कीको सिक्लेस, घान्द्रुक, मिजुरे, याङ्गजाकोट तनहँुंको रिसिङ्ग, घिरीङ्ग, भिरकोट, भानु, बन्दिपुर, स्याङ्गजाको विरुवा, मयाम चिसापानी, सांँखेवगर, चापाकोट बाग्लुङ्गको गल्कोट, पर्वतको राम्जा, तिलाहार, चित्रे, ठांँटी म्याग्दीको सिखाघार, तातोपानी, ताकुम आदि ठाउंँमा पैदल हिंडेर स्वास्थ्य सेवा प्रदान गरेको अनुभव छ ।
तर पहिलेको तुलनामा अहिले स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था मार्फत दिईएको स्वास्थ्य सुविधामा धेरै सुधार आएको छ । तपनि धेरै नागरिकहरु सहज स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनुमा हाम्रो स्वास्थ्य प्रणाली र दक्ष जनशक्तिको अभाव एवं स्वास्थ्य कर्मीलाई दुरदराजका गाउँंहरुमा जान आर्कषित गर्न नसक्नु हाम्रो बाध्यता र स्वास्थ्य नीतिको कमजोरी हो । स्वास्थ्यकर्मीको सेवाको सही मुल्यांकन र सेवा प्रति आकर्षण हुने खालको वातावरण नहुंँदा विशेषज्ञ स्वास्थ्यकर्मी सहित अन्य स्वास्थ्यकर्मीहरु विशेष गरी नर्सिङ सेवामा लागेकाहरु विदेशी मुलुकमा, विशेषतः बेलायत, अष्ट्रेलिया, अमेरिका जाने प्रक्रियाले मुलुकको दक्ष जनशक्ति द्यचबष्ल म्चबष्ल भएको रुपमा लिन सकिन्छ । तर अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सरकारले हरेक पालिकामा अस्पताल र स्वास्थ्य चौकी स्थापना गर्ने नीति र भवन निमार्ण गर्ने, औजार र थप दरबन्धी कायम गरी, स्वास्थ्य विमा तथा स्वास्थ्यका अन्य कार्यक्रमहरु प्रभावकारी रुपमा लागु गरेमा यो समस्याको समाधान हुन्छ जस्तो लाग्छ मलाई ।
नेपालको स्वास्थ्य सेवा र शिक्षालाई सामान्य आर्थिक अवस्था भएका नेपाली नागरिकले सहजै सेवा लिनसक्ने समयको आशा अवश्य गर्न सकिन्छ । तर त्यसको लागि सही स्वास्थ्य र शिक्षानीति सरकारले अवलम्वन गर्नुप¥यो र सबै स्वास्थ्य कर्मीलाई नातावाद कृपावाद र अहिलेको विद्यमान राजनीतिको नकारात्मक रुप योग्यता र क्षमताको कदर भन्दा राजनीतिक आस्थालाई आधार बनाउने परिपाटीको अन्त्य गरेर मात्र यो जनताको टड्कारो आवश्यकतालाई पुरा गर्न सकिन्छ नत्र यो नारा र सपनामा मात्र सिमित रहन्छ ।
स्वास्थ्य सेवा आम नागरिकले उपभोग गर्न पाउने अधिकार हो ,भने सरकारले आफ्नो नागरिकलाई स्वास्थ्य सेवा प्रवाहलाई सहज गनुपर्ने हुन्छ । यी विषयका धेरै कुरा नीतिमा मात्र कार्यान्वयन भयो तर व्यवहारमा नागरिकले महसुस गर्न पाएको देखिदैन । सन्तुलन मिलाउन सरकारलाई के कुराले अफ्ठ्यारो पर्ने रहेछ ?
मैले अघिनै भनिसकें सही स्वास्थ्य र शिक्षा नीतिको कार्यान्वयन र कार्यनीतिको सन्तुलन मिलाउन नसक्नु मूल कारण हो । सन्तुलन मिलाउन सरकारलाई स्वास्थ्यकर्मीको योग्यता दक्षता विषय विशेषज्ञता र कर्तव्यपालनको कदर नगरी व्यक्तिगत चिनजान, नातावाद, कृपावाद र राजनीतिक आस्थालाई आधार मानेर राम्रो भन्दा हाम्रो भन्ने वर्तमान प्रवृत्तिले सरकारलाई सन्तुलन मिलाउन अप्ठेरो परेको जस्तो लाग्छ ।
स्वास्थ्य क्षेत्रमा लामो समय सक्रिय रहिरहदा आफ्नो जीवनमा गर्न सफल भएकाले खुशी लागेका कुरा साथै अझ आफ्नै अगुवाईमा गर्न पाएको भए हुने थियो भन्ने जस्ता कुराहरु केही छन् ?
स्वास्थ्य क्षेत्रमा यो अवस्था आईपुग्दा आफुलाई खुसीलाग्ने कुराहरु त थुप्रै छन् तर आफुलाई गौरव लाग्ने र मैले सधंै मेरो जीवनमा ीषभतष्mभ ब्अजष्भखझभलत भन्नका लागी दुईवटा उदाहरण छन् । एक त मेरो आफ्नै गाउँं तनहँुं जिल्लाको दुलेगौंडा हाल शुक्ला गण्डकी नगरपालिका स्थित जिपि. कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र , मैले एबिबिएस सकेपछि साप्ताहिक क्लिनकबाट शुरु हुंदै सेती गंगा सामुदायीक अस्पताल स्थापना गरी यसैलाई जिपि कोईराला श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्न स्थानीय चिकित्सकका नाताले जुन भुमिका निर्वाह गरें त्यो आफैंमा चुनौतीपुर्ण रह्यो । महायज्ञमा दानवीरहरुले गरेको सहयोग , नागरिक समाज, राजनीतिक दलहरुको सामुहिक प्रयासको फलस्वरुप आफु जन्मिएको स्थानमा राष्ट्रियस्तरको संघीय अस्पताल स्थापना हुनु हामी सबैका लागी गौरवको विषय हो ।
दोस्रो आफू मेडीकल अधिकृत भई काम गरेको गण्डकी अञ्चल अस्पताल पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको रुपमा रुपान्तरण भएपछि बरिष्ठ फिजिसियन हुंँदैं सात वर्ष मेडीकल सुपरिटेण्डेण्टको जिम्मेवारी वहन गर्ने क्रममा आफ्नो नेतृत्वमा अस्पतालमा थप दरबन्दी, शैया र बिभिन्न सेवा सुविधाहरु थप गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि यसको संस्थापक उप–कुलपतिको जिम्मेवारी सम्हालेको दुईवर्ष भित्रै सबैको सहयोगमा ःम्रःक् पढाई शुरु गर्न सक्नु मेरो जीवनको दोस्रो खुशी र गर्व गर्ने विषय ठान्दछु ।
अन्य सम्झन लायक विषयहरुमा मुस्ताङ्गमा रहँंदा एक्सरे, ईसीजी. मेसिन जडान, क्षेत्रिय अस्पतालमा आईसियु., जेष्ठ नागरिक, डायलायसिस, एचआईभि एड्स, ःभतजबमयलभ, न्युरोसर्जरी जस्ता सेवाहरुको शुरुवात गर्न सकेकोमा मलाई खुशीको अनुभूुित हुन्छ । आफुले स्थापित गरेका संस्थाहरुको निरन्तर विकास होस भन्ने चाहन्छु । विशेष रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबिबिएस., नर्सिङ्ग लगायत अन्य विधामा पढाई सुरु गर्न पाए र जिपि कोईराला श्वासप्रश्वास उपचार केन्द्रमा संस्थाको उद्धेश्य अनुसारको फोक्सो सम्बन्धी विशेषज्ञ सेवा छिटो भन्दा छिटो सुचारु गर्न पाए अझ खुसी हुने थिएंँं । साथै क्षेत्रीय अस्पतालमा मृगौला प्रत्यारोपण र भ्च्ऋए सेवा सुचारु भईरहंँदा, क्याथ ल्याब, न्युरो र फोक्सोे सम्बन्धी थप सेवाको स्थापना गर्न पाए अझ राम्रो हुने थियो । अव सेवा निवृत्त भई आफ्नो चिकित्सकीय सेवामा संलग्न रहिरहेको अवस्थामा अबका दिनहरुमा नेतृत्वदायी भन्दा अभिभावकीय र सहयोगी भूमिका प्रदान गर्न उचित हुन्छ जस्तो लाग्छ ।
तपाईंको बाल्यकालको पारिवारिक अवस्था साथै त्यो समयमा चिकित्सक बन्ने अवसर नमिलेको भए कुन पेशामा आवद्ध हुनुहुन्थ्यो होला ? र यो आजको सामाजिक परिचय स्थापित गर्न सक्ने थिएंँ भन्ने लाग्छ ?
मेरो बाल्यकालको आर्थिक अवस्था निम्न मध्यम वर्गीय परिवार हो । मेरो बुबा भारतको आसाममा एउटा तेल कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । वहांँको आकस्मिक निधन हुंँदा म एक्लो छोराले नदीको मझदारमा पारीवारीक डुङ्गा चलाउने जिम्मेवारी बहन गर्नुपर्दा कस्तो अनुभव भयो होला । देशको परिस्थिति र त्यस बेलाको मेरो आर्थिक अवस्था हेर्दा चिकित्सक बन्ने मेरो हैसियत थिएन । तर २०२९ एसएलसीमा बोर्ड थर्ड हुनु मेरो जिवनको एउटा कोशेढुङ्गा बन्न पुग्यो । मलाई काठमाडौं गएर अमृत साईन्स क्याम्पसमा पढ्ने एउटा उर्जा मिल्नुको सथै उज्यालो भविष्य तर्फ लाग्ने सामाजिक आधार तयार भयो । छात्रवृत्ति अन्र्तगत आईएसिको अध्ययन समाप्त गरी कोलोम्बो प्लान अन्र्तगत भारतमा पढ्न जानका लागि शिक्षा मन्त्रालयको छनोटमा प्रथम भई एमबिबिएस. गर्ने मौका पाएंँ । यदि यो वातावरण नबनेको भए म सायद शिक्षण पेसामा संलग्न हुने थिएं । किनकी विद्यार्थी जिवनमा ब्ष्m ष्ल ीषभ बारे निबन्ध लेख्दा क्ष् धबलत तय दभ ब तभबअजभच भनेर लेखेको निबन्ध गुरुहरुले साह्ै मन पराउनु भएको थियो । आईएससि पछिको एमबिबिएस पढ्नु भन्दा अघि डेढ वर्ष मैले घर नजिकको गाउंँ फर्कोदय माबिमा विज्ञान र गणित बाहेक अंग्रेजी नेपाली पनि पढाउंँदा सवै विषयमा पढाउन सक्ने सक्षम शिक्षकको रुपमा आफुलाई स्थापित गरेको थिएँं । सायद थप वृत्तिविकास भई अगाडि बढेको खण्डमा सफल तथा दक्ष शिक्षकको रुपमा एउटा पहिचान बनाउन अबश्य सक्ने थिएँं जस्तो लाग्छ । मेरो शिक्षक हुने चाहना र लक्ष्यलाई विभिन्न मेडीकल कलेजहरु र आफुले स्थापना गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत पुरा गरेको अनुभूति हुन्छ ।
आफ्नो वाल्यकाल देखि जिवनको यो समय सम्म आई पुग्दा संघर्षका नाममा देखे भोगेका कुराहरु स्मरण गर्न सक्नु हुन्छ ?
बाल्यकाल देखि आफु कार्यरत स्वास्थ्य संस्थाकै उपकुलपति र सफल चिकित्सकको रुपमा आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गर्दै आए जस्तो लाग्छ । सायद सबै बिष्तृत रुपमा भन्न समय र ठाउँको अभाव होला । बुबाको निधन पछि छात्रावृत्तिमा माध्यमिक विद्यालयको पढाई, छात्रावृत्तिमा अमृत साईन्स क्याम्पसको पढाइले गर्दा ग्यालिनमा मट्टीतेल बोक्दै बिहान बेलुका आफै खाना पकाएर जिवविज्ञान जस्तो विषय पढेर शिक्षा मन्त्रालयको छनौटमा प्रथम हुँदाको क्षण, कोलोम्बो प्लान अन्र्तगतको छात्रावृत्तिमा भारतमा पढ्दा पाईने भारु. ४०० मेरो लागी छात्रावृत्त्ति मात्र नभई एक प्रकारको जागिर नै रह्यो । छात्रावृत्तिको आधा रकमले आफ्नो पढाई खर्च र आधाले घरयासी व्यवहार चलाउनु पर्ने संघर्षका दिनहरु सम्झन मन लाग्दछ । एमबिबिएस गरेर नेपाल फर्कदां चिनजान र पहँुंच भएका साथीहरु कठमाडौंमै बसेर जागिर खाई एक वर्ष भित्रै उच्च शिक्षा(ःम्रःक्० अध्ययनका लागि फेरी भारत तथा अन्य मुलुकमा अवसर पाउँंदा, आफु भने अति दुर्गम जिल्लाका र अन्य सरकारी अस्पतालहरुमा लामो समय सेवा गर्दापनि उच्च शिक्षा अध्ययन गर्ने अवसर बाट बन्चित हुनु मेरो चिकित्सकीय जिवनका संघर्षका केही उदाहरणहरु मात्र हुन् ।
म मात्र होईन डा.बाबुराम भट्टराई, स्वर्गीय डा.उपेन्द्र देवकोटा लगायत धरै साथीहरु बिहान बेलुकाकै छाकको व्यवस्था गरी आफैं खाना पकाएर काठमाडौंमा अध्ययन गर्ने धरै बौद्धिक एवं प्राविधिक व्यक्तिहरु आ–आफ्नो क्षेत्रमा एउटा पहिचान बनाउन सफल हुनु भएको छ । आफ्ना बच्चाहरुलाई उपचारका निम्ति मेरोमा आउने कतिपय अभिभावकहरुले “ डाक्टर साब मेरो बच्चाले साईन्स लिएर पढिरहेको छ, अलि दुःख छ, यसको अलि स्वास्थ्य राम्रो राख्न के गर्नु पर्ला ?” भनेर चिन्ता व्यक्त्त गर्ने अहिलेका पिढींका अभिभावकहरुलाई म भन्ने गर्दछु “तपाईंका बच्चाहरुले पढिदिए मात्र पुग्यो, हामीले त दुर्ब छाकको जोहो गरेर, आफैं खाना पकाएर र आफैं लुगा धोएर साईन्सनै पढेका थियौं र डाक्टर, ईञ्जिनियर र विभिन्न क्षेत्रमा प्राविधिक पनि बन्यौं । ” यसो भनेर म नयांँ पिढींहरुलाई प्रेरणा मिलोस भन्न चाहन्छु ।
हामी कुराकानीको अन्त्यतिर छौं । आफ्नो पेशागत अनुभुतिका खास खास कुराहरु शेयर गरीदिनु हुन्थ्यो कि ?
आफ्नो पेशागत अनुभुतिका खास कुराहरु श्ोयर गर्ने अवसर दिनुभएकोमा म अत्यन्त आभारी छु । तर कहांँबाट शुरु गर्ने कता अन्त्य गर्ने जस्तो भयो । तैपनि केही कुरा शेयर गर्न चाहन्छु । आईएससी सकेर एमबिबिएसको पर्खाईमा एक वर्ष शिक्षक हँुदा एक जना बुढा बा ले मार्मिक कुरा गर्नु भयो “ बोर्ड थर्ड भएर काठमाडांैमा साईन्स पढेर डाक्टर हुन्छ कि भनेको त बुद्धि बहादुर नि मास्टर साब नै भएछ ।”
अमृत साईन्स क्याम्पसको संर्घषपुर्ण पढाई पछि एमबिबिएस पढ्नको लागि कोलोम्बो प्लान अन्र्तगतको छात्रवृत्तिमा छनौट हुंँदा शिक्षा मन्त्रालयको केशर महलको सुचना पाटीमा एक नम्बरमा आफ्नो नाम हेर्दाको सुखद अनुभूुति बांँड्दा र खुशियाली मनाउन रत्नपार्कको चौरमा केही साथीहरुको बीचमा चनाचटपट पाटी गरेका क्षणहरु ।
एमबिबिएस पढ्दा पहिलो पटक बिदामा घर आउँंदा भोलिपल्ट मलाई डाक्टरै भएछ भन्ठानेर आँगनभरी गाउंँभरीका मानिसहरु सुई लागाउन र जांँच गर्न आएको दृश्य । यस पटक मैले बिरामी जांँच्ने औजारहरु लिएर नआएकोले म अर्को पटक आउंँदा सेवा दिने छु भनेर प्रण गरेका दिनहरु ।
त्यसपछि आफु पढ्ने कलेजको अस्पतालका नर्सहरुसँंग सुई लगाउन सिकेर घर आउंँदा बिरामी हेरिरहेको बेला एक जना बुढा बाबाले काँंधमा बोको बोकेर “ बाबु तिमीले डाक्टरी काम शुरु गरेछौ मेरो बोको पनि जांँचिदिनु होला ” भन्दाको क्षण ।
मुस्ताङ्गमा कार्यरत हँुंदा एक जना महिला सुत्केरी भएपिछ पाठेघर र पिसाबको संक्रमण भर्ई दुबै मृगौला फेल भएर बिरामीलाई काठमाडांै पठाउन नसकेर आफ्नो आँंखा अगाडी मृत्युवरण गरेको दुःखद दृष्य ।
क्षेत्रिय अस्पतालमा कार्यरत हुँदा पृथ्वीनारायण क्याम्पसका एक जना विद्यार्थीलाई आफुले एपेण्डीक्ससाईटीस रोगको पहिचान गरी शल्यक्रिया को लागि बिरामीको अभिभावक नहुंँदा आफैंले मञ्जुरी नाममा हस्ताक्षर गरीे सफल उपचारको दुई बर्षपछि उनको गाउँंमा जांँदा उनका बुबाले अबेरसम्म कुरेर घरको तगारोमा बसेर स्वागत गरेका ती सुखद क्षणहरु ।
आफु सर्जिकल वार्डमा मेडीकल अफिसर भई काम गर्दा आफुभन्दा सिनियर चिकित्सक नभएको बेला एपेण्डीक्ससाईटीस भएको र बिरामीलाई काठमाडांै जाने खर्च नभएको बेला म आफुंले महीनाभरी जम्मा गरेको पाँंच हजार दिएर सहयोग गरेका क्षणहरु ।
स्वास्थ्य शिविरमा जांँदा एउटा चिया पसलमा श्रीमान् श्रीमतीले एक आपसमा कुरा गरेको क्षण “हाम्रा बुबा आमालाई उपचार गरेको डाक्टर हुनुहँुंदो रहेछ चिया राम्रो पकाउनु पर्यो “ भनेको सुन्दा आफुलाई ठुलो सम्मान र आत्म सन्तुष्टी मिलेका क्षणहरु ।
मैले उपचार गरेका धेरै बिरामीहरु मध्ये तीनजना बिरामीहरुलाई आफ्नो पेशागत अनुभूतिको रुपमा संंम्झन मन लाग्छ । एकजना राम बहादुर नेपाली हुन । २०४६ सालको आन्दोलनमा धरै जसो क्लिनिकहरु बन्द भएको बेलामा मधुमेह रोगले ग्रसित भई बेहोस भएर आएका थिए । पांँच दिनमा होस आयो र सञ्चो भएपछि क्षेत्रिय अस्पतालमा नै कार्यालय सहयोगी को रुपमा जागिर दिलाई निःशुल्क औषधि उपचारको वातावरण मिल्यो । हाल उनी अस्पतालमा कार्यरत छन् र मधुमेह रोगको इन्सुलिन लगाईरहेका छन् ।
अर्को एक जना भिमाद घर भएको भाई टेक बहादुर बि.क. हो । मुटु र थाईराईडले ग्रसित भई धेरै समय पश्चात मुटुरोग विशेषज्ञ डा. यादव भट्टबाट रोगको पहिचान भएको थियो । अहिले उसको मेरो निगरानीमा फेवा सिटी हस्पिटलमा निशुल्क उपचार भई रहेको छ । त्यस्तै अर्को एक जना बहिनी पनि छन् सिता बि.क. उनलाई मेरो ओ.पि.डी. मा आईरहंदा क्ीभ् रोगको पहिचान गरी काठमाडांै वीर अस्पतालमा उपचार गराई हाल उनी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा अनमीको जागिरमा छन् र स्वास्थ्य सेवा दिर्दै निःशुल्क उपचार लिई रहेकी छन् । यि तिनै जना मेरा प्रतिनिधि पात्र हुन् र सबैले मलाई आदर गर्छन र बुबाको मुख हेर्ने दिन फलफूल लिएर भेट्न आउंँदछन् ।
(प्राडा. बुद्धि बहादुर थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीको पूर्व उपकुलपति हुनुहुन्छ । )