• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ३५ मिनेट 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • २ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ५ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ८ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ८ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

असक्त र अपाङ्गता भएकालाई घरमै नागरिकता पुर्‍याउँदै प्रजिअ शर्मा

  •  मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित

भक्तपुर । भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो ।

शारीरिक रुपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, जनप्रतिनिधिको सहयोग तथा सबै प्रशासनिक प्रक्रिया पूरा भएपछि घरमै नागरिकता पाउँदा औधी खुसी भएको बताउनुभयो । श्रेष्ठ मात्रै होइन उहाँको सिङ्गो परिवार नै खुसी भएको छ ।

नागरिकता देखाउँदै श्रेष्ठले भन्नुभयो “नागरिकता लिन जिल्ला प्रशासन कार्यालयसम्म पुग्नु र लाइनमा बस्नु पनि परेन, घरमै नागरिकताको प्रमाणपत्र ल्याइदिनुभयो, नागरिकता भएपछि अब पूर्ण अपाङ्गता भत्ता लिन सक्ने भएकी छु, म निकै खुसी छु ।”

सुप्रिनाकी आमा सुशीला श्रेष्ठले छोरीले नागरिकता पाउँदा निकै खुसी लागेको बताउनुभयो । “छोरी हिँडडुल गर्न सक्दिन, नागरिकता कसरी पाउली भन्ने चिन्ता थियो”, उहाँले भन्नुभयो, “तर सिडिओ साब नै घरैमा आएर नागरिकता दिँदा निकै खुसी लागेको छ ।” अपाङ्ग हुँदाको पीडा भोग्ने हामीलाई नागरिकता वितरणले औषधिको काम गरेको उहाँले सुनाउनुभयो ।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले उक्त सेवा सुरु गरेपछि श्रेष्ठले विना कुनै झन्झट नागरिकता पाउनुभएको हो । सरकारी काम भन्ने वित्तिकै समयमै काम नहुने, लामो लाइन लाग्नुपर्ने झण्झटिलो हुन्छ भन्ने मानसिकतालाई चिर्दै शर्माले सेवा प्रवाहलाई चुस्त बनाउन उक्त अभियान सुरु गर्नुभएको हो ।

कार्यालयको उक्त प्रयासले हिँडडुल गर्न नसक्ने अशक्त, अपाङ्गता भएका नागरिकलाई सहज भएको छ । नागरिकताको प्रमाणपत्र नागरिक हुनुको पनि प्रमाण भएकाले यसको प्राप्तिपछि पासपोर्ट बनाउनेदेखि व्यापार व्यवसाय गर्नका लागि सहज भएको छ ।

“आम नागरिकले सरकारी कार्यालयबाट लिने महत्वपूर्ण सेवामध्ये नागरिकता पनि एक हो”, प्रजिअ शर्माले भन्नुभयो, “यस्ता सेवा नागरिकलाई घरमै दिन सकियो भने सरकारको महत्व अझै बढ्छ ।” सेवाप्रदायक कार्यालयसम्म पुग्न नसक्ने नागरिकका लागि घरमै पुगेर नागरिकता वितरण सुरु भइसकेको न्दै उहाँले आफूले जनप्रतिनिधिसँग यसबारे जानकारी गराउन र त्यस्ता नागरिक भए सूचना दिन र समन्वय गरिदिन आग्रह गरेको बताउनुभयो । उहाँले सूचना प्राप्त भएपछि त्यस्ता व्यक्तिहरुको हक र अधिकार सुनिश्चितताका लागि घरमै पुगेर सेवा प्रवाह गर्ने बताउनुभयो ।

केहीवर्ष अघिसम्म स्थानीय तहमा घुम्ती सेवामार्फत् त्यस्ता नागरिकले नागरिकता लिए पनि हाल घुम्ती सेवा बन्द छ । त्यसैले नागरिकको हकलाई शतप्रतिशत उपलब्धिमा पु¥याउन र सरकार भएको महसुस गराउन यो सेवा सुरु गरिएको उहाँको भनाइ छ ।

“घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्दा व्यक्ति र परिवारमा राज्यप्रति सकारात्मक भावना उत्पन्न हुने गरेको हामीले पाएका छौँ”, प्रजिअ शर्माले भन्नुभयो, “कतिपय अशक्त अपाङ्गतालाई नागरिकता लिन कार्यालयमै ल्याइएको देख्दा दुःख लाग्छ ।”

यसअघि पनि प्रजिअ शर्माले अशक्त अपाङ्गता र ज्येष्ठ नागरिकलाई घरघरमै गएर नागकिता वितरण गर्नुभएको थियो । यसअघि सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित चरखण्डीका ९१ वर्षीय ज्येष्ठ नागरिक सूर्यबहादुर खड्कालाई घरमै पुगेर नागरिकता वितरण गरिएको उहाँले बताउनुभयो ।
नागरिकता पाउने खड्कासँगै परिवार निकै खुसी भएको प्रजिअ शर्माले सुनाउनुभयो ।सूर्यविनायक नगरपालिका–१ सिरुटारकी अशक्त अपाङ्गता अनुपमा मिश्रलाई पनि घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिइएको थियो । पछिल्लो पाँच वर्षदेखि आँखाको ज्योति गुमेको र शरीरको कम्मरमुनीको भाग नचल्ने र नियमित अक्सिजन लिइरहनुपर्ने अवस्थाकि मिश्रलाई घरमै नागरिकता दिइएको थियो ।

प्रजिअ शर्माले अशक्त, अपाङ्गता र कार्यालयसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरमै गएर नागरिकता वितरणको काम जारी रहने बताउनुभयो ।

प्रजिअ शर्मासँगै सहायक प्रजिअ माधवप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरेलगायत नागरिकता फाँटका कर्मचारीको टोली घरमै पुगेर जनप्रतिनिधिसमेत सहभागितामा नागरिकता वितरण गर्दै आउनुभएको छ ।

मध्यपुरथिमिको श्रेष्ठलाई नागरिकता वितरणपछि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सिडिओको कदम प्रशंसायोग्य रहेको भन्दै नगरपालिकाले दिने महत्वपूर्ण सेवा पनि यसैगरी घरदैलोमै प्रवाह गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

शर्मा यसअघि गुल्मीमा प्रजिअ हुँदा पनि मुसिकोट नगरपालिका-१ की ६६ वर्षीया झगि विकलाई घरमै गएर नागरिकता वितरण गर्नुभएको थियो । दुर्घटनामा घाइते भएका एक बालकको लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आफ्नो अग्रसरतामा बालकको परिवारलाई रु एक लाख १२ हजार एक सय ४० जुटाइ उद्धार गरेको उहाँ स्मरण गर्नुहुन्छ ।

गुल्मी इस्मा गाउँपालिका-४ दोहलीमा घरमा चट्याङ लागेर मृत्यु भएका ११ वर्षीय बालक र अन्य तीन जनाको परिवारलाई उपचारको व्यवस्था गर्नुका साथै मृतक परिवारलाई रु दुई लाख उपलब्ध गराउनु भएको थियो ।

त्यस्तै रामेछापमा प्रजिअ हुँदा पनि उहाँले सामाजिक जिम्मेवारी निर्वाह गर्दै मन्थली नगरपालिका-१२ गेलुका आगलागीमा परी घर जलेका तीन परिवालाई घरमै पुगेर राहत सामग्री प्रदान गर्नुभएको थियो । रासस

मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.