• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ४ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ४ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ४ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ६ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ११ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ११ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २४ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो

  •  शनिबार, पुष २३, २०७९ मा प्रकाशित

चितवन । स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् ।

बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा नोवेल मेडिकल कलेजको ६१ लाख चार हजार ९४ र बिपी कोइराला इन्स्टिच्युट धरानको ५७ लाख नौ हजार ६१ रहेको छ । अन्यको दाबी सङ्ख्या कम छ ।

अस्पतालका बीमा विभाग प्रमुख लीलाधर पौडेलका अनुसार अस्पतालले बीमा बोर्डबाट हालसम्म रु ९७ करोड ६३ लाख ११ हजार आठ सय २७ प्राप्त गरिसकेको छ । रु १५ करोड हाराहारी दाबी गरी पठाइएको भुक्तानी हुन बाँकी छ ।

विसं २०७४ भदौ १ गतेदेखि यहाँ बीमा लागू भएको हो । चितवनसहित तनहुँ, गोरखा र नवलपरासीका नागरिकले प्रथम बिन्दुका रुपमा भरतपुर अस्पताललाई राखेका छन् । पौडेलका अनुसार ‘रिफर’ भएर आउने बिरामी २२ भन्दा बढी जिल्लाका छन् ।

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गरेका छन् । पुस ११ गते एक दिनको तथ्याङ्क हेर्दा एक हजार चार सय ६५ बिरामी बहिरङ्ग सेवामा आएकामा एक हजार ७६ जना अर्थात् ७३ प्रतिशत बीमाका रहेका थिए ।

चितवनमा हाल स्वास्थ्य बीमा गर्नेको सङ्ख्या चार लाख १६ हजार आठ सय ५१ छ । स्वास्थ्य बीमामार्फत दाबी गर्ने औषधिमा ग्यास्ट्रिकका बढी छ । उपचारतर्फ सबैभन्दा बढी बहिरङ्ग सेवा लिनेछन् । रोग परीक्षणतर्फ उच्च रक्तचापका बिरामी बढी हुने गरेको पौडेलले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बीमा दाबीमा भरतपुर अस्पताल पहिलो हो । उहाँले भन्नुभयो, “हामीले दाबी गरेका फाइल न्यूनमात्रै अस्वीकृत हुने गरेका छन् ।” दाबीमा पहिलो हुँदा पनि अस्वीकृत हुनेमा १०औँभित्र पनि भरतपुर अस्पताल पर्दैन ।

अस्पतालमा बीमा सेवामा तालिम प्राप्त कर्मचारीको टोली रहेकै कारण राम्रो सेवा र दाबी गर्न सकिएको पौडेलको भनाइ छ । सत्तरी प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने भएकाले उनीहरुलाई लक्षित गरी सेवालाई चुस्त दुरुस्त बनाउनेमा अस्पताल प्रशासन लागेको पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले बीमालाई नमुना बनाएका छौँ, बिरामीले पाउने सेवा सहज बनाउनेमा हाम्रो ध्यान छ ।”

न्यून जनशक्तिका कारण सोचेजस्तो सेवा अझै दिन नसकिएको स्वीकार्दै उहाँले श्ययाअनुसारको दरबन्दी स्वीकृत भएसँगै कुनै समस्या नहुने बताउनुभयो । अस्पतालको ओएनएम सर्भे गरेर स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकिएको छ ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भरतपुर अस्पतालले बीमा दाबीमा धेरै राम्रो गरेको बताउनुभयो । विगतको तुलनामा सुधार गरेर उत्कृष्ट काम गर्ने संस्थामध्येमा भरतपुर अस्पताल रहेको उहाँको भनाइ छ ।

बीमा बोर्डले विगत छ वर्षको अवधिमा हालसम्म करिब रु २५ अर्ब भुक्तानी गरिसकेको छ । उहाँका अनुसार अब रु तीन अर्ब भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये रु एक अर्ब ५० करोड आउँदो हप्ताबाट भुक्तानी प्रक्रियामा जाँदैछ । बीमाबाट सेवा दिने देशभरका चार सय ५१ अस्पताल रहेका छन् ।

विपन्न कार्यक्रमको भुक्तानीसमेत बोर्डलाई दिनका लागि सरकारले रु दुई अर्ब ४७ करोड निकासा गरेको छ । ती कार्यक्रमको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखाले गर्ने भए पनि त्यहाँबाट प्रक्रिया पुगेर नआएकाले भुक्तानीमा ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । बोर्ड रकम वितरणका लागि तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । रासस

शनिबार, पुष २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.