• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • २ घण्टा 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • २ घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १९ घण्टा 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • २० घण्टा 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • २१ घण्टा 

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना
  • २२ घण्टा 

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
  • १ दिन 

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
  • १ दिन 

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ३. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ४. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ५. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ६. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ७. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

  • ८. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ९. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

  • १०. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव

  •  आइतबार, पुष २४, २०७९ मा प्रकाशित

डडेल्धुरा । सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेल्धुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । १९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल १२ जना मात्रै कार्यरत छन् । त्यसमा पनि तीनजना मात्रै दरबन्दीअनुसार स्थायी छन् भने नौजना छात्रवृत्तिका चिकित्सक हुन् ।

दरबन्दी अनुसारका विषय विशेषज्ञ चिकित्सक नहुँदा यस क्षेत्रका बिरामीहरूलाई उपचारका लागि तराईका जिल्ला धाउनुपर्ने बाध्यता छ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रमा रहेको अस्पतालमा चिकित्सकलगायत मेडिकल अधिकृतको समेत अभाव हुँदा यहाँका बिरामी उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ । यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी व्यहोर्नु परेको गुनासो छ ।

अठार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल तीनजना मात्रै मेडिकल अधिकृत छन् । यसअघि आठजना मेडिकल अधिकृत थिए । उहाँहरू छात्रवृत्तिबाट अध्ययन सकेर आउनुभएको थियो । उहाँहरू दुई वर्ष काम गरेर जानुभयो । अठार जना मेडिकल अधिकृतमध्ये तीनजना मात्रै हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा चेतराज भट्टले बताउनुभयो ।

अहिले अस्पतालमा फिजिसियन एक, हाडजोर्नी विशेषज्ञ दुई, बालरोग विशेषज्ञ दुई, एमडिजिपी एक, जनरल सर्जन दुई, रेडियोलोजिष्ट एक, नाककान घाँटी रोग विशेषज्ञ एक, एनएसथिसियोलोजिष्ट एक, ल्याब एक गरी १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा भट्टले जानकारी दिनुभयो । अझै दरबन्दीअनुसार सातजना विशेषज्ञ चिकित्सकको अभाव रहेको बताउनुभयो ।

अस्पतालमा ३५ जना नर्स भए पनि हाल १० जना सुत्केरी बिदामा बस्दा वार्डमा समस्या छ । एक सय शय्या रहेको अस्पतलामा आइसियु, एनआइसियु, सर्जिकल वार्ड, जेनेरल वार्ड, इमरजेन्सीलगायतका वार्डहरू सञ्चालनमा रहेका छन् । एउटा वार्डमा पाँचजना नर्स खटाउँदा पनि ३० जना खटिनुपर्छ । अहिले १० जना नर्स बिदामा बस्दा उपचार र बिरामीको हेरचाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयसँग बारम्बार दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको माग गरे पनि पूर्ति हुन नसकेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । छात्रवृत्तिमा आउने चिकित्सकहरू पनि एक वर्ष बस्ने र त्यसपछि बिदामा बस्ने, अरू अस्पतालमा दरबन्दी मिलाई जाने गरेका कारण अस्पतालमा जहिल्यै जनशक्ति अभाव हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयोे । अस्पतालमा दक्ष जनशक्ति नहँुदा बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई बढी समस्या हुने गरेको छ । रासस

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

ताजा

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.