काठमाडौं । नेवार पत्रकारहरूको संस्था नेवाः पत्रकार दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, महिला खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका बाहिर प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष सन्दीपकुमार स्वास्थ्य दर्पण ग्रुपका अध्यक्ष एवं स्वास्थ्यदर्पण न्यूज डटकमका प्रधान सम्पादक हुन् ।
त्यस्तै महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जन निर्विरोध निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा रत्नकृष्ण श्रेष्ठ (उपत्यकाबाट), पूर्णभक्त दुवाव, दानदास श्रेष्ठ, अनिता डङ्गोल, अनुप प्रधान, मीरा बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) निर्वाचित भएका छन् । लेखासमिति संयोजकमा विगेन तुलाधर निर्विरोध निर्वाचित भए भने लेखासमिति सदस्यमा कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन कमिटी संयोजक किरण शाक्यले जानकारी दिए । रासस
