• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ११ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ११ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ११ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ११ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

सामुदायिक वनलाई जडीबुटीसँग जोड्दै

  •  मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिका-३ मा पर्ने मोहना नदीसँगै जोडिएको छ डिलासैनी सामुदायिक वन । यो सामुदायिक वनलाई स्थानीयले आवश्यकता पूर्ति गर्ने माध्यम बनाउँदै आएका छन् ।

धनगढीसँगै जोडिएको यो सामुदायिक वन स्थानीयको सक्रियतामा पछिल्लो तीन वर्षमा धेरै सुधार भएको छ । वनबाट यतिबेला स्थानीयले घाँस दाउरासँगै जडीबुटी पनि सहजरुपमा प्राप्त गर्दै आएका छन् । सामुदायिक वन स्थानीय बासिन्दाका लागि औषधिको स्रोत बन्दै गएको स्थानीयबासीको भनाइ छ ।

“कुनै बेला वनको संरक्षण हुन नसक्दा जङ्गलभित्र भूइँमा हरियोपात देखिन्थ्यो”, स्थानीय रमित महराले भन्नुभयो, “अहिले वनबाटै दालचिनी, अमला, बेल, हर्रोबर्रो जस्ता जडीबुटी प्रयोग गर्न पाएका छौँ ।”

डिलासैनी सामुदायिक वनका अध्यक्ष दानबहादुर विष्ट भन्नुहुन्छ, “हाम्रो सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी वृक्षरोपण गरेका छौँ । ती जडीबुटी स्थानीयले घरेलु स्वास्थ्य उपचारका लागि प्रयोग गर्छन् ।”

औषधिसम्बन्धी विज्ञता नभए पनि घरेलु ज्ञानको आधारमा वनका जडीबुटीको उपयोग भइरहेको उहाँको भनाइ छ । विज्ञता हुने हो भने यसबाट आर्थिक फाइदा पनि लिन सकिने उहाँको विश्वास छ । वनमा रहेका जडीबुटी पहिचान गरी आम्दानीको स्रोत बनाउन सकियोे भने स्थानीयका घर–घरमा समृद्धि आउने उहाँको भनाइ छ ।

“जङ्गल क्षेत्र घना बन्दै गएको छ भने चुनौती पनि थपिएका छन्”, अध्यक्ष विष्टले भन्नुभयो, “जगली जनावर बस्तीमा आएर नोक्सानी गर्ने डर पनि छ । त्यसका बाबजुद पनि स्थानीयको साथ सहयोगले गर्दा गौचरणमा परिणत भएको जङ्गल घना बनाएका छौँ ।”

नेपालमा सामुदायिक वनको अवधारणा आएदेखि धेरै सुधार भएको हो । सरकारले वन विनाश तीव्र गतिमा हुन थालेपछि सरकारले सामुदायिक वन नीति लागू गरेको थियो । विसं २०३५/३६ देखि नै सामुदायिक वनको अवधारणामा पाइलट प्रोजेक्टको काम भए पनि २०४६ पछि ऐन बनाएर काम सुरु भएको थियो । त्यसपछि भारी मात्रामा वनको व्यवस्थापन समुदायलाई हस्तान्तरण गर्न थालिएको थियो ।

रैथाने सीपको उपयोग, महिला, जनजातिको सङ्लग्नता सामुदायिक वनका सवल पक्ष भएको अध्यक्ष विष्टले बताउनुभयो । चार दशकमा सामुदायिक वनले लोभलाग्दो फड्को मारेको उहाँको भनाइ छ । सामुदायिक वन उपभोक्ता समूह आफैँले विधान बनाएर सञ्चालित छ । त्यसलाई जिल्ला वन कार्यालयले नियमन गर्दै आएको छ ।

डिलासैनी सामुदायिक वनबाट राजपुर, श्रीलङ्का बोराडाँडीकावासीलाई ठूलो राहत भएको छ । गाउँ नजिकैको वनमा सयौंँ किसिमका जडीबुटी पाइन्छन् । एक सय चार हेक्टर क्षेत्रफलमा फैलिएको डिलासैनी सामुदायिक वनलाई दुईतिर नदीले घेरेको छ । वनको दक्षिण, पश्चिममा नदी छ । त्यो नदीले बर्सेनि कटान गर्दै गएपछि स्थानीयले जैविक तटबन्धन गरेका छन् ।

“नदीले क्षेत्रफल बढाउँदै गएपछि छेउमा बाँस, कासलगायतका बिरुवा लगाउँदा अहिले धेरै हदसम्म कटान रोकिएको छ”, स्थानीय महेश विष्टले भन्नुभयो, “यसले गर्दा धेरै ठाउँमा बस्तीसमेत जोगिएका छन् ।”

जयमती विष्ट एकल महिला हुनुहुन्छ । उहाँको आर्थिक उपार्जनको लागि भैँसीपालन गर्नुभएको छ । नजिकै सामुदायिक वन हुँदा उहाँलाई धेरै सहज भएको छ । “तीन वर्ष अगाडि यहाँ घाँस नपाउने ठाँउमा अहिले सबैको सक्रियताले गर्दा नै पर्याप्त मात्रामा घाँस पाएका छौँ”, उहाँले भन्नुभयो । नजिक वन हुँदा दैनिक मासिक तीनदेखि हचार हजारसम्म आम्दानी भएको छ । घाँस मात्र होइन दाउरा, स्याउलामा पनि धेरै सहज भएको उहाँले बताउनुभयो । रासस

मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.