• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
  • ४ घण्टा 

संसद् सेवा दिवसका अवसरमा रक्तदान
  • ६ घण्टा 

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
  • ६ घण्टा 

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत
  • ७ घण्टा 

शैलजा आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • १० घण्टा 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • १० घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १ दिन 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १ दिन 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ३. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

  • ४. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ५. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • ६. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ७. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ८. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ९. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • १०. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

अन्नपूर्ण गाउँपालिकाको घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

  •  मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एकाइ सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडास्तरको स्वास्थ्यचौकी औला गाउँमा छ । घराम्दीको छिमेकी टिकटमा रहेको स्वास्थ्य एकाइमा पुग्न एक घण्टा ३० मिनेटभन्दा बढी पैदलयात्रा गर्नुपर्छ ।

वडास्तरको स्वास्थ्यचौकी र छिमेकी गाउँको एकाइमा पुगेर सेवा लिन अपायक हुँदा समस्या भोग्दै आएका घराम्दीका बासिन्दालाई लक्षित गरेर स्थापना गरिएको एकाइबाट सोमबारदेखि सेवा सञ्चालन गरिएको वडाध्यक्ष माइलन पुर्जा पुनले जानकारी दिनुभयो ।

“सामान्य बिरामी हुँदा पनि घण्टाँै हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने समस्याको अन्त्य गर्न घराम्दीमा एकाइ सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “एक जना अहेवले गाउँमै बसेर सेवा दिने व्यवस्था मिलाएका छौँ ।”

एकाइमा स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण, खोपलगायत स्वास्थ्यचौकीबाट प्रवाह हुने अधिकांश सुविधा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । करिब ७० घरधुरीको बसोबास रहेको घराम्दीमा तीन सय ५० जनसङ्ख्याको बसोबास छ ।

छरिएको भूगोल भएको अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ को घराम्दी दोस्रो ठूलो बस्ती हो । घराम्दीका बासिन्दा तीर्थ फगामीले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि ज्येष्ठ नागरिक र बालबालिकालाई धेरै राहत मिलेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको पाउद्धार, खिवाङ, घोडेपानी, टिकोटमा यसअघि नै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गमका साथै वडास्तरको स्वास्थ्य संस्थामा पुग्न घण्टौँ लाग्ने बस्तीका बासिन्दालाई सामुदायिक स्वास्थ्य एकाइबाट सेवा लिन सहज भएको छ । रासस

मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
संसद् सेवा दिवसका अवसरमा रक्तदान
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

ताजा

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

संसद् सेवा दिवसका अवसरमा रक्तदान

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.