• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
बुधबार, मङि्सर १३, २०८०
बुधबार, मङि्सर १३, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
  • १ घण्टा 

स्वास्थ्यमा नेपाल औषधि व्यवसायी संघले ५० बर्षमा यी काम गरेका छौं । || अध्यक्ष – प्रकाश खण्डेलवाल ||
  • ८ घण्टा 

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने
  • १९ घण्टा 

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने
  • १९ घण्टा 

अब काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न पाइन्न
  • १९ घण्टा 

असक्त व्यक्तिहरुले घरमै ह्वील चेयर पाउँदा दङ्ग
  • १९ घण्टा 

‘खानपानका कारण नसर्ने रोग बढ्यो’
  • १९ घण्टा 

सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट गर्भवती महिलाको उद्धार
  • २० घण्टा 

सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

  • २. लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

  • ३. डाक्टर बन्ने बाल्यकालको मेरो सपना

  • ४. शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

  • ५. ठोरीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा शुरु हुँदै

  • ६. सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान

  • ७. चितवनको खैरहनीमा घरघरमै सेवा दिन बा–आमा स्वास्थ्य कार्यक्रम

  • ८. तनहुंँको भानु नगरपालिकामा आँखा शिविर

  • ९. नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील : स्वास्थ्यमन्त्री बस्नेत

  • १०. सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने

उपचार खर्च जुटाउन नसक्दा धनबहादुर ओछ्यानमै

  •  आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान पर्नुभएको छ । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उहाँको अर्थावस्था कमजोर हुँदा उपचार खर्च जुटाउन सक्नुभएको छैन ।

“आन्द्रामा समस्या देखिएपछि चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गरायौँ”, पीडित चौधरीका छोरा लक्ष्मणले भन्नुभयो, “आफन्त, चिनेजानेका व्यक्तिबाट रु चार लाख ५० हजार जम्मा गरी खर्च गरेर उपचार गरायौँ, उपचारपछि हिँडडुल गर्न सक्ने हुनुभयो ।”

“अस्पतालको सल्लाहमा भारतमा थप उपचारका लागि लग्न भनेपछि लग्यौँ”, उहाँले भन्नुभयो, “उपचार गराउनकै लागि ७० हजार भारतीय रुपैयाँ ऋण गरेर उपचार गरायौँ, जाँच गर्दा आन्द्रामा क्यान्सर देखियो ।”

क्यान्सर देखिएपछि अझै उपचार गर्नुपर्ने भएकाले रकम अभाव भएको उहाँको भनाइ छ । उपचार खर्च नहँुदा चौधरी परिवारले धनबहादुरको उपचार गराउन सक्नुभएको छैन । घरमा कमाउने भनेकै धनबहादुर हुन् । उहाँले बोरिङ गाड्ने ठेक्का लिएर काम गर्दै आउनुभएको थियो । सोही रकमबाट रहेका दुई छोरा र श्रीमतीको खर्च धान्दै आएका थिए ।

घरका एक्ला कमाउने व्यक्ति ओछ्यान परेपछि परिवारलाई दुई छाक जोहो गर्न मुस्किल भएको पीडित धनबहादुरका साला रमेश चौधरीले बताउनुभयो । “जग्गाका नाममा घरबासका लागि मात्रै जग्गा छ”, उहाँले भन्नुभयो, “त्यसमा बनेको सानो झोपडीमात्रै सम्पत्तिका रूपमा रहेको छ, उपचार खर्च अभाव भएपछि दातृ निकायलाई गुहार्दै हिँडेका छौँ ।” बजार क्षेत्रमा व्यानरसहित सहयोग रकम जुटाउन लागे पनि उपचारका लागि पुग्ने खर्च जुट्न नसकेको उहाँले बताउनुभयो ।

“दाताहरूको सानो सहयोगले भिनाजुको ज्यान जोगिन्थ्यो”, उहाँले भन्नुभयो, “त्यसका लागि सबै निकाय, व्यक्ति, सङ्घसंस्थालाई सहयोगको याचना गर्दै हिँडेका छौँ ।” नगरपालिका र प्रदेश सरकारसँग सहयोग रकम माग्नका लागि आवश्यक कागजपत्र बुझाए पनि सहयोग रकम भने अहिलेसम्म पाउन नसकिएको उहाँको गुनासो छ । रासस

आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
स्वास्थ्यमा नेपाल औषधि व्यवसायी संघले ५० बर्षमा यी काम गरेका छौं । || अध्यक्ष – प्रकाश खण्डेलवाल ||
अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

लोकप्रिय

नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

डाक्टर बन्ने बाल्यकालको मेरो सपना

शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

ठोरीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा शुरु हुँदै

ताजा

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

स्वास्थ्यमा नेपाल औषधि व्यवसायी संघले ५० बर्षमा यी काम गरेका छौं । || अध्यक्ष – प्रकाश खण्डेलवाल ||

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.