• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

जसले गरे एक सय पटक रक्तदान

  •  आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

त्रिवेणी ।‘रक्तदान जीवन दान’ भन्ने गरिन्छ । यसै भनाइलाई आत्मसाथ गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–१६, डण्डा निवासी शिव गिरीले एक सय पटक रक्तदान गर्नुभएको छ ।

एक सय औँ पटकको रक्तदानपछि रक्तदाता गिरीले भन्नुभयो, “रगत दिन आफू पनि स्वस्थ हुनुपर्छ, म एक सय पटक रक्तदान गर्न पाउछु कि पाउदिन भन्ने लागेको थियो, पाँए, खुसी लागेको छ ।”

कावासोतीमा आफैँ अध्यक्षसमेत रहेको संस्था सहयोगी मनले शनिबार आयोजनामा गरेको रक्तदान कार्यक्रममा रक्तदान गरेपछि उहाँले एक सय पटक रक्तदान गरेको रेकर्ड कायम गर्नुभएको हो । उहाँले ३० वर्षअघि पहिलो पटक रक्तदान गर्नुभएको थियो ।

आफ्नै आमा बिरामी भएर अस्पतालमा उपचार गर्दा रगतको आवश्यकता प¥यो । आमाका लागि दुई पिन्ट रगतको आवश्यकता थियो । रगतका लागि विभिन्न संस्थासँग सहयोग माग्दा सहयोग नपाएपछि उहाँले आफैँले एक पिन्ट रगत दिनुभयो र एक पिन्ट अरुबाट लिनुभयो । सोही घटनापछि ‘रक्तदान जीवनदान’ भन्ने बुझेर उहाँले नियमित रक्तदान गर्दै आउनुभएको छ ।

“जिल्लामा हुने आधिकांश रक्तदानका कार्यक्रम मबाट नै सुरुआत हुने गरेको छ,” उहाँले भन्नुभयो । धेरै पटक रक्तदान गरेका कारण सम्मानस्वरुप यहाँ हुने रक्तदानका कार्यक्रममा उहाँले नै रक्तदान गरेपछि कार्यक्रम उद्घाटन हुन्छन् । गिरी भन्नुहुन्छ, “समाजका लागि अरु केही गर्न नसकेपनि रक्तदान गरेर धेरैको जीवन बचाएको छु, यसले मलाई आनन्द र खुसी दिन्छ ।”

नवलपुर अत्यधिक दुर्घटना हुने जिल्लामा पर्दछ भने छिमेकी जिल्ला चितवन अस्पतालै अस्पतालको जिल्लाका रुपमा प्रख्यात छ । चितवनमा क्यान्सर अस्पतालसमेत भएकाले पनि रगतको आवश्यकता धेरै पर्दछ । अस्पताल नजिक भएकाले पनि जिल्लाका धेरै मानिसलाई रगत दिने गरेको उहाँ बताउनुहुन्छ । उहाँले आवश्यकता पर्दा सुत्केरी तथा क्यान्सरका बिरामीलाई अस्पतल नै पुगेर रगत दिनुभएको छ । अहिले मध्यविन्दु जिल्ला अस्पतालमा शल्यक्रिया हुन थालेपछि रक्तदान गर्न नजिको अस्पताल पुग्ने गरेको गिरीको भनाइ छ । “रगत न त फ्याक्ट्रीमा बनाउन मिल्छ, न कतैबाट आयात हुन्छ, न त किन्न नै सकिन्छ, त्यसैले हामी स्वस्थ र दिन मिल्ने व्यक्तिले रक्तदान गर्नुपर्छ,” भन्नुहुँदै उहाँले सबैलाई रक्तदान गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले समुदायमा नै नियमित रक्तदान गर्ने कार्यक्रमहरु हुन सकेको खण्डमा सबैलाई सहज हुने बताउनुभयो । “हामीले सामाजिक काम गर्ने उद्देश्यले सहयोगी मन नामक संस्था दर्ता गरेर विपद्मा परेकालाई सहयोग गर्ने, रक्तदान गर्ने कार्यक्रम गर्दै आएका छौँ । रक्तदानलाई प्रोत्साहन गर्न र अभियानकै रुपमा अगाडि बढाउन यस संस्थाले काम गर्छ,” उहाँले भन्नुभयो ।

रगत निकालिसकेपछि परीक्षण गरेर मात्रै प्रयोग हुने भएकाले रक्तदान गर्नु भनेको रगत परीक्षणको अवसर लिनु पनि भएको गिरीले बताउनुभयो । प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्दा पुरानो रगत जाने र नयाँ रगत उत्पादन हुनेहुँदा मानिसको स्वास्थ्यलाई थप फाइदा पुग्ने उहाँ बताउनुहुन्छ ।

रक्तदान गर्दा कमजोर भइन्छ भन्ने जनमानसमा धारणा पाइन्छ तर त्यो गलत हो, रक्तदान गर्दा कमजोर हुने भए मैले आज सयौँ पटक रक्तदान गर्न कसरी सक्थे?, स्वस्थ मानिसले रक्तदान गर्नबाट डराउन हुन्न,” गिरीले भन्नुभयो । रासस

आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.