चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा.विजयचन्द्र आचार्य सम्मानित हुनु भएको छ । नेपालमा रहेर स्त्री क्यान्सर रोगको क्षेत्रमा सँस्थागत तथा विधागत विकासमा बरिष्ठ मुटुरोग विशेषज्ञको रुपमा उहांँले पु¥याउनु भएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गदै डा. आचार्यलाई सम्मान गरिएको हो ।
शनिबार भरतपुरमा आयोजित स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं बार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतको आतिथ्यतामा सम्मानपत्रसहित आचार्यलाई सम्मान गरिएको थियो ।
सो अवार्डबाट ११ चिकित्सक ६ स्वास्थ्यकर्मी र ४ जना पत्रकारलाई पनि सम्मान हुनुभएको थियो ।
सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा कोइराला, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल , गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर, डा भोजराज अधिकारीले मन्तव्य व्यक्त गर्नुभएका थियो ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियनका निर्वतमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।