• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

आधुनिक जीवनशैली र नसर्ने रोगको प्रभाव

  •  शनिबार, चैत १८, २०७९ मा प्रकाशित

घर घरमा उच्च रक्त चाप, घर घरमा मधुमेह बढ्दै छ । हाम्रो जीवन पद्धति बिग्रंँदो छ, खानपान नराम्रो हुँदै छ, देशमा मुटु रोगको प्रकोप बढ्दो छ ।
सबैभन्दा डर लाग्दो कुरो के छ भने ह्दयघात तरुनो हुँदै छ । पहिले अलि उमेर पुगेपछि यो रोग देखिन्थ्यो भने हाल आएर यो झन्झन् कम उमेर भएको युवा पुस्तालाई देखिन थालिएको छ । यो ज्यादै नै दुःख लाग्ने, डर लाग्दो अवस्था हो ।

विश्वकै मृत्युको कारण नम्बर एक मानिएको यो हृदयघात अरू विकसित देशमा विस्तारै ओरालो लाग्दै छन् भने हाम्रो जस्तो देशमा उकालो लाग्दै छ । अरू देशमा खास गरेर विकसित देशमा यो रोग लाग्न सक्ने कारक तत्वहरूमा ध्यान बेला मै पुर्याए, आफ्नो रहन सहन, खाने पिउने बानीमा सुधार गर्दै लगियो र समयमा नै डाक्टरको सल्लाह अनुसार औषधि सेवन गरे पछि क्रमशः बिस्तारै ह्दयघात ओरालो लाग्न थालेको देखिन थाल्यो ।

हाम्रो देशको हकमा ठीक उल्टो हुँदै छ । हामीले आफ्नो पुरानो रहन सहन र जीवनशैली बिर्सेर नयांँ नक्कल गर्न थाल्यौं शारीरिक परिश्रम कम गर्ने, खानामा चिल्लो, धेरै नुन, बजारका पोके पत्रु खाना खाने चलन, अनावश्यक तनाव लिने बानी, खाना मन परे जति पायो त्यति खाने, धुम्रपान गर्ने, रक्सीको अधिकतम सेवन गर्ने, माछा मासु नभै नहुने जस्ता दैनिकीले नेपालमा ह्दयघात जटिल बन्दै गएको हो । अर्कोतिर हामीमा खेल खेल्ने बानी, कतै प्रकृतिमा डुल्ने हिँड्ने , योग अभ्यास र ध्यान गर्ने बानीको बिकास नहुंँदा नेपालमा यो समस्या थप बढ्दै गएको छ ।

मानिसलाई बाँच्न मेहनत गर्नै पर्दछ, काम नगरी हुँदैन, दौडधूप गर्नै पर्छ, तनाब त भई नै हाल्छ । घर घरमा पहिला जस्तो संयुक्त परिवार हराउँदैछ, साना–साना परिवार बन्दै छ, परिवारको परिभाषा फेरिदैं छ, बाबु आमा छोरा छोरी ! बस यही हो परिवार । अहिलेको आधुनिक र व्यस्त दैनिकीमा बाबु पनि काम गर्छन र आमाले पनि घरको काम सँगसँगै बाहिर पनि काम गर्नु नै पर्छ, नत्र परिवार धान्न सकिँदैन । बिहान देखि साँझ नपरे सम्म दौडादौड, धपेडी । अनि छोरा छोरीलाई सानै उमेर देखि स्कूलतिर घचेडी दियो, खाना पनि राम्ररी पकाएर खान कहाँ समय पाउने, बजारे पत्रु खाना ल्यायो ब्यागमा कोचीदियो बच्चालाई स्कूलमा खाने टिफीन भै हाल्यो । यस्तो व्यस्त दैनिकीका कारण हामीले हाम्रो स्वास्थ्यलाई हेरचाह गर्न पनि सकिरहेका हुंँदैनौं ।

यतिसम्मकी आफू पनि छिटो–छरितो खाना हतार–हतारमा खायो, यति सम्म की राम्रो सँग चपाएर खाने सम्म पनि फुर्सद हुँदैन । न आराम छ, निद्रा पुरा छ, न खाना स्वास्थ्यकर, न कुनै आफ्नो व्यक्तिगत स्वास्थ्यको लागि दिनु पर्ने समय नै छ ।
हाम्रो समाजमा यो उच्च रक्त चाप र मधुमेह बढ्दै छ, अत्यास लाग्ने अवस्था छ । यसका कारण र हाम्रो आफ्नो आनीबानीले गर्दा हृदयघात न बढ्ने त कुरै भएन ।
हो तनाव (स्ट्रेस) भएन भने प्रगति हुँदैन, डिसट्रेस हुनु हुँदैन भन्छन् । हो पनि काम नगरी धपेडी नगरी, सफलता पाउन सकिँदैन, भाग दौडमा कुद्नै पर्यो । अरूलाई उछिन्नै पर्यो नत्र गाडी छुट्छ ।
तरपनि यदि हामीले आफूलाई आफ्नो परिवारलाई यो नसर्ने रोगको प्रकोपबाट बचाउने हो भने हामीले आफ्नो जीवनशैली सन्तुलित बनाउँनै पर्दछ । सब भन्दा मुख्य कुरा समयको स–दुपयोग र व्यवस्थापन हो । भनिन्छ संसारमा सबैको लागि २४ घण्टा त हुन्छ तर आफ्नो समयलाई राम्ररी मिलाउन सकियो भने सबै काम गर्न भ्याइन्छ । भ्याएका पनि छन् । सर्व प्रथम आफुलाई सपार्न सक्नुपर्यो । हाम्रो लागि आफ्नो दिन चर्या मिलाउन पहिला समयलाई मिलाउन सक्नु पर्दछ ।

यसका लागि समयमा उठ्ने, उठ्ने बित्तिकै केही शारीरिक व्यायाम र योग ध्यान लाई समय छुट्टाउने, समयमा खाना खाने, खाना खांँदा साधारण घरमै बनाएको साधा खाना, चिल्लो कम, नून कम, माछा मासु कम, कार्वोहाइड्रेड (भात–रोटी–मकै) कम खाने, दाल गेडागुडी, सागपात धेरै खाने, फलफूल खाने, थोरै मसलाजन्य पोषण खाने (देशी बदाम, ओखर इत्यादि) । यस्तै साँझको खाना ६ बजे भन्दा अघि खाने–हलुका खाने । साँझको खानापछि बिहानको खाना सम्म ट्याक्क टुुक्क खाने नगरौं । आफ्ना बच्चाहरूलाई पनि घरमै बनाएर साधारण खाना दिने । सानै उमेर देखि प्रोटीन, हरियो सागपात, गेडागुडी बढी खान दियो वजन ठीक राख्न पनि सजिलो पर्दछ।

सानै उमेरदेखिनै खानपीनमा सन्तुलन , खेलकुदमा अलिकति समय छुट्याउन सकियो भने पछि धेरै दुःख झेल्नु पर्दैन । वजन ठीक राख्न सक्ने बित्तिकै यो नसर्ने रोगको असर स्वतः कम हुन थाल्दछ ।
हामी आफु समाजको लागि केही गर्न खोज्छौं भने आफ्नो स्वास्थ्य ठीक राख्नु जरुरी छ । रोग लाग्न भन्दा अगावै यसमा ध्यान पुर्याएको खण्डमा धेरै समयबाट आफूलाई, परिवारलाई बचाउन सकिन्छ ।
नागरिकको आफ्नो दायित्व त छंँदैछ र स्वास्थ्य सँग प्रत्यक्ष सरोकार भएका चिकित्सकहरूले पनि यस कुरामा ध्यान दिन जरुरी छ । चिकित्सक भएर बस्न सजिलो छैन, धेरै मेहनत धेरै परिश्रम गर्नु पर्दछ । हाम्रो देशमा चिकित्सकलाई तोकिएको तलब सुविधा ज्यादै न्युन छ, जुन सुविधाबाट एक जना पनि बांँच्न सक्दैन । उसले आफ्नो परिवार कसरी पाल्ने त ? त्यस कारण बाध्य भएर धेरै ठाउँमा काम गर्नु पर्ने छ । यसले गर्दा आफ्नो लागि समय छुट्याउन गाह्रो हुन्छ । राज्यले केही त सोचेको होला, यो जल्दो बल्दो समस्याको बारेमा ।
हाम्रो छिमेकी राष्ट्र भुटानले राम्रो समाधान निकालेको छ । देशमा सरकारले दिने उच्च पारिश्रमिक डाक्टरलाई र शिक्षकलाई दिने गरिन्छ । कस्तो दूरदर्शिता । यसको नतिजा १० देखि १५ वर्ष पछि नै देखिन थाल्दछ । हाम्रा पनि नेताहरू त थुप्रै छन् यस बारे कसैले सोचेकै छैनन ।
यो एउटा पाटो हो भने, अर्को पाटोमा हामीले पनि यो समाजमा बढ्दै गएको यो नसर्ने रोगको भयावह अवस्थाबाट कसरी बचाउन सकिन्छ भनेर अलिकति भएपनि सामाजिक उत्तर दायित्व पनि बोक्नु पर्ने हुन्छ ।
रोग लाग्नु बाट अघि नै बच्ने उपाय हरसंभव आफ्ना बिरामी र तीनका परिवारलाई सम्झाउन पर्ने हुन्छ, समय त लाग्छ नै, दिनु नै पर्दछ । सरसर्ती हेरेर औषधि दिने काम त जसले पनि गर्छ होला तर चिकित्सक बन्ने हो भने, यी कुरामा पनि ध्यान दिन जरुरी छ । अर्को सम्झिनै पर्ने कुरो हाम्रो विधाले यति छिटो–छिटो प्रगति गर्दैछ, त्यसको पछि पछि दगुर्न नियमित अध्ययन गर्नै पर्दछ । आज ठीक ठानिएको औषधि भोली गलत पनि साबित हुन सक्छ । उदाहरणको लागि रगत पातलो पार्न खाने गरिएको ‘देवीग्राटान’ भन्ने औषधिले क्यान्सरको संभावना हुने भएकोले यो औषधि बजारबाट झिक्ने प्रक्रिया सुरु भईसकेको छ । यस्ता उदाहरण अनेकौं छन् ।

जाँच गर्ने, रोग पत्ता लगाउने, उपचार गर्ने कार्य संग संगै यसबाट बच्ने उपायहरू के–के छन् भनेर हामीले सधै भन्न, बुझाउने गर्नु पर्दछ, गर्ने गरिएको पनि छ तर यसका लागि अझ अलि समय दिनु जरुरी छ।
अर्को कुरा औषधि दिँदा कसै कसैलाई औषधि खान ज्यादै अप्ठ्यारो लाग्छ । यो खायो भने बानी पर्छ, साइड इफेक्ट हुन्छ, खाना सुरु गरे पछि सधैँ खानै पर्ने हुन्छ भनेर हाम्रो समाजमा ज्यादै असर पारेको देखिन्छ ।
औषधि खानु पर्ने वा नपर्ने त डाक्टरले भन्ने पो हो । यदि जरुरी छैन भने कुनै डाक्टरले पनि औषधि खानुपर्छ भन्दैन । यदि डाक्टरले सबै जाँच पड्ताल गरेर औषधि खानु पर्छ भनेपछि खानै पर्छ । यो समस्या धेरै जसो उच्च रक्त चापको औषधि र मधुमेहको औषधि दिँदा हुने गर्दछ ।
साइड इफेक्ट नै नहुने त सम्भव छैन तर खाएन भने ह्यदघात, अन्धोपन, पक्षघात, किड्नी फेलियर जस्ता डरलाग्दो अवस्था आउन सक्छ । यो कुरो सम्झाई दिनुपर्दछ ।

औषधिहरू पनि पहिले पहिले भन्दा राम्रा आइसकेका छन् । कसलाई कुन अवस्था भएको बिरामीलाई कुन कुन औषधि खान सल्लाह दिने काम डाक्टरको मात्र हो । यदाकदा औषधि पसलमा या अन्य कतै औषधिको बारेमा अधिकार नभएकाले पनि यो खाने, यो नखाने भन्ने र सल्लाह दिने गरेको देखिन्छ । यो ज्यादै गलत र ज्यादै डर लाग्दो चलन हो । केही औषधिको बारेमा जानकारी भयो भन्दैमा किमार्थ डाक्टर भईंदैन नी !

साथै हामी सबै चिकित्सकले औषधि खाने तरिका पनि राम्ररी बुझ्ने गरि बताई दिनुपर्दछ । समयको अभावले यो कहिले केही कठिनाई पर्दछ । जस्तै अस्पतालहरूमा ओपिडीमा एउटा डाक्टरले यति धेरै संख्यामा बिरामी जाँच्नु पर्ने हुन्छ कि, बिरामीलाई यथेष्ट समय दिन नसक्ने पनि हुन सक्छ त्यस्तो अवस्थामा आफुसँगै बस्ने प्यारामेडिक्सको सहयोगले यो गर्न सकिन्छ । आफ्नो निगरानीमा उनीहरूको सहयोग उपयोगी हुन्छ । अस्पताल व्यवस्थापनले पनि यो अमानवीय अवस्थामा डाक्टरलाई काम गराउन हुँदैन । एकातिर डाक्टरले जागिर पाउँदैन अर्कोतिर अस्पतालमा डाक्टर छैन, पुग्दैन भन्न मिल्छ त ?
यस्ता सुधार गर्नु पर्ने, ध्यान दिनु पर्ने काम धेरै छन् । आजै देखि यसमा ध्यान दिन हो भने असम्भव छैन, यसको उपाय निकाल्न सकिन्छ ।
आज नसर्ने ह्दयघात र मधुमेह जस्ता रोगको महामारी ढोका अगाडि आईसकेको छ । यसको प्रकोपबाट बच्न हामी सबै गम्भीर हुन पर्ने अवस्था छ ।

त्यसैले आफ्नै व्यक्तिगत जीवनबाट, आफ्नो परिवारबाट, घरबाट, समाजबाट यसबाट बच्न सक्ने उपायहरू गर्नु अति आवश्यक छ । त्यो हो हाम्रो जीवनशैलीलाई नबिगारौँ, सपार्न तिर लागौँ।
समयको सदुपयोग गरौँ, व्यायाम, ध्यान, योग आफ्नो दैनिकीमा राखौं, नुन, धेरै चिल्लो, कार्व धेरै नखाआंै, पत्रु खानाको चलन हटाउँदै जाउंँ, सागसब्जी गेडागुडी, दालमा जोड दिउंँ ।
माछामासु, दूध दही पनि कम गरौ, आफ्नो वजन ठीक राखौँ । आफ्नो नियमित परीक्षण गरेर रक्तचाप, चिनीको अवस्था रगतको चिल्लो पदार्थलाई ठीक ठाउँमा राखौँ । खुसी भएर बाँच्न सिकौं, संगीत कलालाई माया गरौँ, अरूलाई सहयोग गर्ने चलन बसालौँ । अरूको उन्नति हुँदा खुसी हुन सक्ने भएर बसौँ । यी सबै गर्न कुनै थप खर्च लाग्दैन ।

केवल समयलाई ध्यान दिएर आफ्नो जीवनशैली मिलायौं र त्यस अनुरूप खाना मिलाउन सक्यौं भने हामीले यो भयावह अवस्थालाई केही हदसम्म नियन्त्रण गर्न अवश्य पनि सक्षम हुन्छम् । अब ढिला नगरौँ, समय छैन आजै देखि आफ्नो स्वास्थ्यलाई ध्यान दिन थालांै, विश्वमा अरूले सके भने हामी पनि अवश्य सक्छौं ।

(लेखक डा.अवनिभूषण उपाध्यायको हालसालै मात्र (मुटुसंग सहयात्रा) नामक पुस्तक बजारमा आएको छ । उहाँ नेपालमा मुटु रोगका क्षेत्रमा विधागत र संस्थागत विकासमा योगदान पुर्‍याउने पुरानो पुस्ताका वरिष्ठ मुटु रोग विशेषज्ञको रुपमा समेत परिचित हुनुहुन्छ ।)


शनिबार, चैत १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.