काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको उल्लेख गरेको छ ।
रिक्त रहेको निर्देशक पदमा पदपूर्ति गर्न मन्त्रालयले गत ५ असारमा सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । त्यसमा आवेदन दिएका प्रतिस्पर्धीहरुमध्येबाट सिफारिस समितिले प्राडा परियारलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयका आधारमा परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरिएको हो ।
