• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

कोभिडकालमा बन्द भएका अरु नाका खुले, अझै खुलेन टिपतालाकोभिडकालमा बन्द भएका अरु नाका खुले, अझै खुलेन टिपताला

  •  आइतबार, चैत १९, २०७९ मा प्रकाशित

ताप्लेजुङ । चीनकोे तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ ।

तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, ओलाङ्चुङगोलालगायतका उद्योगी, व्यवसायी मर्कामा परेको ओलाङ्चुङगोलाका टाँसी शेर्पाले बताउनुभयो । “टिपताला हुँदै तिब्बतमा लगेर बेचिने गलैँचासहितका स्थानीय उत्पादन लामो समयदेखि घरैमा थन्किएका छन्, खाद्यान्नलगायतका उपभोग्य वस्तु सदरमुकामलगायतका ठाउँबाट महँगो भाडा तिरेर ल्याउनुपरेको छ, नाका खुल्ने अत्तोपत्तो छैन”, शेर्पाले भन्नुभयो ।

सडक सञ्जालसँग नजोडिएको ओलाङ्चुङगोलामा सदरमुकाम फुङलिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ८० रुपैयाँ पर्छ । तिब्बततर्फबाट निर्माण भएको सडक ओलाङ्चुङगोला बस्तीमा आइपुगे पनि सदरमुकामसँग अmभै नजोडिएकाले यातायात र ढुवानीमा समस्या छ । सदरमुकाम तर्पmबाट लगिएका सामान आधा बाटोबाट भरिया वा खच्चडमार्फत ढुवानी गर्नुपर्छ । लेलेपसम्म गाडीमा र त्यसपछि भरिया वा खच्चड र चौँरीलाई बोकाएर सामान लैजानुपर्छ । लेलेपदेखि ओलाङ्चुङगोला पु¥याएको ढुवानी भाडा प्रतिकिलो ५० रुपैयाँ पर्ने स्थानीयवासीले बताएका छन् । सामानको खरिद र ढुवानी खर्च दुवै तुलनात्मकरूपमा तिब्बततर्फ धेरै नै सस्तो पर्छ ।

वर्षौंदेखि सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्ना उत्पादन तिब्बतमा पु¥याउने र तिब्बतबाट आवश्यक सामान खरिद गरेर ल्याउने गरेका छन् । घुन्सा, याङ्मा, ओलाङ्चुङगोलामा उत्पादन हुने ८० प्रतिशतभन्दा बढी गलैँचा चीनको तिब्बतमा निर्यात हुँदै आएको थियो । गलैँचा मात्रै नभई स्थानीयरूपमा पाइने जडीबुटी, घ्यू, छुर्पीलगायतका उत्पादन तिब्बतका बजारमा बेचेर उतैबाट खाद्यान्नलगायतका सामान स्थानीयवासीले लिएर घर फर्किने गरेका थिए । सीमा नाका बन्द भएसँगै आवतजावत पूर्णरूपमा ठप्प हुँदा यहाँको उत्पादनले बजार र मूल्य नपाएको र दैनिक उपभोग्य वस्तुसमेत महँगोमा खरिद गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

परम्परागत तानमा हातले मेहनतका साथ बनेका गलैँचा महँगो पर्ने गरेकाले नेपालतर्फका बजारमा भन्दा तिब्बतका बजारमा धेरै निर्यात भएका हुन् । तिब्बतका बजारमा भने जस्तो मूल्य पाउँदै आएको व्यवसायीले बताए । नजिकको बजार तिब्बत नै रहेकाले सीमा क्षेत्रका बासिन्दालाई आयात निर्यातमा सहज पनि छ । “नेपाली बजारमा लैजाँदा लागत मूल्य पाउन पनि मुस्किल हुन्छ, दूरदराजबाट बजार पु¥याउन त्यति सहज पनि छैन, लामो समयदेखि बनेका गलैँचा घरैमा थन्किएका छन्”, गलैँचा व्यवसायी यमुना सिवाँले भन्नुभयो ।

नाका बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रका किसानले उत्पादन गरेको र व्यवसायीले सङ्कलन गरेको चिराइतो झापाको बिर्तामोड हुँदै भारततर्फ निकासी भइरहेको छ । नाका बन्द नहुँदासम्म तिब्बतमा समेत निर्यात हुँदै आएको थियो । एकातर्फ मात्र निर्यात हुँदा भने जस्तो बजार र मूल्य नपाउने जस्ता समस्या भोग्नुपरेको व्यवासायीले बताए । “चिराइतो अहिले भारततर्फ नै निकासी भइरहेको छ, पहिलेको तुलनामा मूल्य पनि बढेको छ, तर समय समयमा माग र मूल्य तलमाथि भइरहने समस्या छ, तिब्बततर्फ पनि निर्यात हुने हो भने सायद यो समस्या नहोला”, व्यवसायी नरेन्द्र तिवारीले भन्नुभयो ।

यसरी लामो समयदेखि नाका बन्द हुँदा स्थानीयवासीले बेहोर्नुपरेको समस्या स्मरण गर्दै सरोकारवालाले नाका खोल्न पहल गर्ने बताउँदै आएका छन् । नेकपा (एमाले) का नेता तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले विभिन्न समयमा उक्त नाका खोल्न पहल भइरहेको बताउँदै आउनुभएको छ ।

यता केही दिनअघि गृह जिल्ला आउनुभएका डाक्टर सन्दुक रुइतले समेत उक्त नाका खोल्नुपर्नेमा जोड दिनुभएको थियो । कुनै समय चीनतर्पmका अन्य नाकामध्ये टिपताला धेरै अग्रसर रहेको स्मरण गर्दै उहाँले यो नाकासँग जोड्ने सडक मार्गको निर्माण चाँडो सम्पन्न गरेर मुलुकले फाइदा लिनुपर्ने बताउनुभएको थियो ।

बेला बेलामा नाका खुलाउन केही स्थानीयवासी विभिन्न सरोकारवाला व्यक्ति र निकायसम्म पुग्ने गरेका छन् तर सरकारले क्रमशः अन्यत्रका नाका खोल्ने निर्णय गरे पनि टिपताला नाकाबारे कुनै अत्तोपत्तो नभएकोमा स्थानीयको गुनासो छ । नेपाल–चीन सीमा व्यापार सङ्घको निर्णयअनुसार चीनले आगामी वैशाख १८ गतेदेखि तातोपानी र हिल्सा नाका खोल्ने जनाएको छ तर तीन वर्षदेखि बन्द भएको टिपतालाका सम्बन्धमा भने कुनै चर्चा भएको छैन ।

सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरेर ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ । फुङलिङबाट साबिकको लेलेप गाविससम्म सवारी साधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ । ओलाङचुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन । यता याङ्मा, घुन्सा, थुदाममा पुग्नसमेत दुईदेखि तीन दिनको समय लाग्छ । ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् । रासस

आइतबार, चैत १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.