• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ११ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ११ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ११ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ११ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

  •  आइतबार, चैत १९, २०७९ मा प्रकाशित

झापा । इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन् । उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन् । राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै झापाका तीन दृष्टिविहीनले आफू पढिरहेकै विद्यालयमा जाँच दिन पाएका छन् ।

सेतो छडीको सहारामा परीक्षा केन्द्रमा पुग्ने सविन आफूले पढिरहेको भन्दा एक कक्षामुनिका विद्यार्थीलाई लेखन सहयोगी राखेर एसइईको परीक्षामा सहभागी छन् । दृष्टिविहीन र अन्य परीक्षार्थीका लागि बोर्डले दिएको सुविधा त्यही लेखन सहयोगी मात्र हो । प्रश्नपत्र उही छ । बस्ने कोठा उस्तै हो । परीक्षाको समयमा आधा घण्टा थप गरिएको हुन्छ ।

राम्रो ग्रेड ल्याएर एसइई उत्तीर्ण गर्ने सपना साँचेका सविन लेखन सहयोगी राखेर परीक्षामा सहभागी हुनुपरेकोमा सन्तुष्ट छैनन् । आफ्नो मनको भावना सहयोगीले पूर्णरूपमा व्यक्त गर्न नसक्ने उनको अनुभव छ । “हामी परीक्षासँग डराउँदैनौँ, हामीले पनि राम्रो अध्ययन र परीक्षाको तयारी गरेका हुन्छौँ”, बलियो आत्मविश्वासका साथ उनी भन्छन्, “तर, ब्रेललिपिमा उत्तर दिने अवसर पाएनौँ ।” सविनलाई अध्यापन गराउँदै आउनुभएका दुर्गा माध्यमिक विद्यालयका स्रोत शिक्षक चन्द्र भट्टराई ब्रेललिपिमा परीक्षा दिन पाउने हो भने दृष्टिविहीनले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुहुन्छ ।

शिक्षक भट्टराईले १२ दृष्टिविहीन विद्यार्थीलाई दुर्गा माविमा पढाउँदै आउनुभएको छ । सो माविबाट एसइई परीक्षा दिइरहेका सविन विक र सन्देश लिम्बूले कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वय शिशिर मिश्र र फरिदा खातुनलाई लेखन सहयोगी राखेका छन् ।

दमकको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दृष्टिविहीन निर्मला कार्कीले एसइई परीक्षा दिइरहेकी छन् । पढिरहेकै विद्यालयलाई नै उपकेन्द्र बनाएर राष्ट्रिय परीक्षा बोर्डले दृष्टिविहीन विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाएका कारण निर्मलाले पनि एक जना लेखन सहयोगी राखेर जाँच दिइरहेकी छन् ।

परीक्षा हलमा परीक्षार्थीले जे जे उत्तर लेख्नु भन्छन्, लेखन सहयोगीले त्यही विवरण लेखिदिने काम गर्दै आएका छन् । यसरी मनको भावना अर्कालाई सुनाएर लेखाउँदा बोल्ने र लेख्ने व्यक्तिको शतप्रतिशत तारतम्य नमिल्ने शिक्षक भट्टराई बताउनुहुन्छ । “दृष्टिविहीन परीक्षार्थीको मनमा जुन भावना आउँछ, त्यो लेखन सहयोगीको भरमा अभिव्यक्त हुन सक्दैन”, उहाँ भन्नुहुन्छ, “भन्दाभन्दै आधा कुरा बिर्सने सम्भावना हुन्छ भने बोल्ने आफ्नो मन र लेख्ने अर्काको हातको तालमेल पनि मिल्दैन ।” उहाँले आगामी दिनमा दृष्टिविहीन परीक्षार्थीका लागि ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई सुझाव दिनुभयो ।

ब्रेललिपिमा पढेका विद्यार्थीले ब्रेल लिपिमै परीक्षा दिन पाउनु जायज हुने उल्लेख गर्दै उहाँले दृष्टिविहीनका लागि प्रश्नपत्र बेग्लै हुनुपर्ने माग गर्नुभयो । सामाजिक र विज्ञान विषयको चित्रात्मक प्रश्नपत्रको साटो दृष्टिविहीनका लागि वैकल्पिक प्रश्नपत्र दिइनु पर्ने शिक्षक भट्टराई सुझाव छ ।

दृष्टिविहीन विद्यार्थीका लागि गणित विषयको पठनपाठन र परीक्षा सबैभन्दा कठिन हुने गरेको छ । कक्षामा शिक्षकले प्रयोग गर्ने कालोपाटी उनीहरूका लागि उपयोगी हुँदैन । ज्यामितिमा प्रयोग हुने चित्र उनीहरूले नदेख्ने हुँदा सिकाइ नै प्रभावकारी हँुदैन ।

झापाका दृष्टिविहीनमध्ये तत्कालीन एसएलसी परीक्षा दिने पहिलो विद्यार्थी दीपक थापा पनि गरामनीस्थित दुर्गा माविकै हुनुहुन्छ । उहाँले २३ वर्षअघि २०५६ सालमा एसएलसी परीक्षा दिनुभएको थियो । पहिले र अहिलेको परीक्षाको नाम फरक परे पनि परीक्षाको प्रणाली, शैली र विद्यार्थीले भोग्नु पर्ने समस्या उस्तै रहेको उहाँले बताउनुभयो । ब्रेललिपिमा अध्ययन गरेकाहरूका लागि राज्यले ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था मिलाउन सक्नुपर्ने उहाँको भनाइ छ ।

“आफँैले लेख्न नपाएसम्म परीक्षा प्रभावकारी हुँदैन भनेर हामीले वर्षौंदेखि भन्दै आएका छौँ, तर कसैले हाम्रा माग सुनेनन्”, बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाको अध्यक्षसमेत रहनुभएका थापाले भन्नुभयो, “भाइबहिनीले कति दुःखले पढेका हुन्छन् । अर्काले लेखेर पास गरेको भनिदिँदा दृष्टिविहीन विद्यार्थीको स्वाभिमानमा पनि चोट पुग्ने गरेको छ ।”

दुर्गा माध्यमिक विद्यालयबाटै एसइई परीक्षा दिइरहेका दृष्टिविहीन सन्देश लिम्बूले पढाइमा तनमन लगाएर मेहनत गरेको जनाउँदै राम्रै नतिजा आउने अपेक्षा गरेका छन् । उनले पनि आफूले जाने र बुझेजति सबै उत्तर लेखन सहयोगीले लेखिदिन सम्भव नहुने बताउँदै ब्रेललिपिमा उत्तर लेख्न पाउने हो भने मन सन्तुष्ट हुने बताए ।

दुर्गा माध्यमिक विद्यालय परीक्षा केन्द्राध्यक्ष लक्ष्मण शिवाकोटीले यसपालि गणित विषयको प्रश्नपत्रमा दृष्टिविहीनका लागि वैकल्पिक प्रश्न राखिएको बताउनुभयो । परीक्षार्थीहरू ब्रेललिपिमै परीक्षा दिन तयार रहेको कि नरहेको भनेर केही महिनाअघि केन्द्रीय बोर्डबाट सोध्दा ब्रेललिपिको सिफारिस गरिदिएको उहाँले बताउनुभयो ।

सुस्त–श्रवण परीक्षार्थी १३ जना

झापा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १३ सुस्त–श्रवण विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । तीमध्ये सात जना छात्र र छ छात्रा रहेको कनकाई–८ स्थित हिमाली माध्यमिक विद्यालयका स्रोत शिक्षक हरिप्रसाद अधिकारीले बताउनुभयो ।

जिल्लाको कमलस्थित मङ्गलमय मावि, कनकाईस्थित हिमाली मावि र कनकाई मावि तथा बिर्तामोडको मोहनमाया माविमा सुस्त–श्रवण विद्यार्थीका लागि पढ्ने विशेष व्यवस्था रहेको छ । माध्यमिक तहको पढाइ भने हिमाली माविमा मात्र भइरहेको छ । साङ्केतिक भाषामा पढेका सुस्त–श्रवण विद्यार्थीलाई परीक्षा दिनभन्दा कक्षा कोठामा पढाएको बुझ्न गाह्रो हुने शिक्षक अधिकारी बताउनुहुन्छ । रासस

आइतबार, चैत १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.