• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ५ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

झापाको एक तिहाइ जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध

  •  मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

झापा ।झापामा छ लाख ३३ हजार चार सय ८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यो आँकडा जिल्लाको कूल जनसङ्ख्याको एक तिहाइभन्दा बढी हो ।

स्वास्थ्य बीमा बोर्ड झापाका दर्ता अधिकारी पुष्पराज भट्टराईका अनुसार बीमा गराएकामध्ये तीन लाख २६ हजार सात सय ४३ महिला र तीन लाख छ हजार सात सय ३६ पुरुष छन् । स्वास्थ्य बीमामार्फत सेवा पु¥याउने अस्पताल तथा उपचार केन्द्र प्रशस्त भएका कारण झापामा सरकारको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।

जिल्लामा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गरी १२ प्रथम विन्दु तोकिएका छन् । बीमित व्यक्तिले बीमामार्फत उपचार सेवा प्रथम विन्दुबाट थालनी गर्नुपर्ने व्यवस्था छ । अन्यत्र सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने भए प्रथम विन्दु तोकिएको अस्पतालबाट सिफारिस पत्र बनाउनुपर्छ ।

प्रादेशिक अस्पताल भद्रपुर, दमक अस्पताल र बुद्धशान्ति अस्पताल गरी तीन वटा अस्पताल प्रथम विन्दु तोकिएका छन् भने शिवगञ्ज, शनिश्चरे, धुलाबारी, बनियानी र गौरीगञ्ज गरी पाँच प्राथमिक सेवा केन्द्रले पनि प्रथम विन्दुकै रूपमा उपचार सेवा प्रदान गरिरहेका छन् ।

कमल, कनकाई, बिर्तामोड र हल्दिबारी गरी चार नगर अस्पतालले प्रथम विन्दु उपचार केन्द्रका रूपमा बीमामार्फत सेवा दिइरहेका छन् । बीमा बोर्डका अनुसार बीएन्डसी अस्पताल, लाइफलाइन अस्पताल र एडभान्स अस्पताल गरी तीन वटा निजी क्षेत्रको ठूला अस्पताल हालै स्वास्थ्य बीमाबाट बाहिरिएका छन् ।

निजी क्षेत्रकै ओमसाई पाथिभरा अस्पताल, कनकाई अस्पताल, मेची नेत्रालय, दृष्टि आँखा उपचार केन्द्र, बिर्तामोड आँखा अस्पताल जस्ता ठूला अस्पतालले स्वास्थ्य बीमाको उपचार सेवा प्रदान गरिरहेका छन् । झापामा १५ पालिका र नौ लाख ९४ हजार ९० जनसङ्ख्या रहेको छ । एक तिहाई जनसङ्ख्या समेटिसकेको स्वास्थ्य बीमा सर्वसाधारणमाझ लोकप्रिय बन्दै गएको देखिन्छ । रासस

मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.