• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ५ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

एकीकृत घुम्ती शिविरमार्फत गाउँपालिकाको सेवा वडामा

  •  शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित

भोजपुर ।भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वडा–वडाबाट पालिकाको सेवा विस्तार गरेको छ । गाउँपालिकाले आठ दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरेर वडास्तरमा सेवा प्रदान गरेको हो ।

सेवा लिनको लागि घन्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनुपर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट आवश्यक सेवा प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ । एकीकृत घुम्ती शिविरअन्तर्गत बैंकसँगको सहकार्यमा काम सम्पन्न भएर आवश्यक कागजपत्र मिलेका पाँच लाखसम्मको योजनाको भुक्तानीसमेत वडामा नै दिने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिनुभयो । स्थानीयलाई सहज सेवा प्रवाहको लागि गाउँ कार्यपालिकाको निर्णयअनुसार सेवालाई वडास्तरसम्म विस्तार गरिएको उहाँको भनाइ छ ।

“घुम्ती शिविरमार्फत गाउँपालिकाको सेवा वडास्तरसम्म विस्तार गरेर सेवा दिँदै आएका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “स्थानीय नागरिकको सहजताको लागि काम गरिरहेका छौँ । यसअघि योजना सम्झौता पनि वडामा आएर गरेका थियौँ । साना योजनाको भुक्तानी तथा सामाजिक सुरक्षा भक्ता वितरणसँगै अन्य विभिन्न सेवा वडास्तरबाट दिएका छौँ ।” एकीकृत घुम्ती शिविरमार्फत वडामा सेवा पाउँदा स्थानीय नागरिक पनि खुसी भएका छन् । सेवा लिन गाउँपालिकासम्म जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयवासी सीता मगरले बताउनुभयो । “सानो कामको लागि पनि चार÷पाँच घन्टा लाएर वैकुण्ठे जानुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नै वडामा भक्ता पाए, स्वास्थ्य परीक्षण पनि गरे अत्यन्तै खुसी लागेको छ ।”

शिविरमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । गाउँपालिकाले सेवा सञ्चालनमा गरेको नयाँ अभ्यासले सहजता थपिएको स्थानीय वृद्ध भट्टराईले बताउनुभयो । “गाउँपालिकाले गरेको काम प्रशंसायोग्य छ”, उहाँले भन्नुभयो, “धेरै सास्ती खेपेर गाउँपालिका केन्द्रमा पुगेर गर्नुपर्ने काम यही गर्न पाएका छौँ । यसले हामी ज्येष्ठ नागरिक र अशक्तलाई धेरै सहयोग पुगेको छ ।”
असक्त तथा वृद्धवृद्धा नागरिकको समस्यालाई मध्यनजर गरेर सेवा दिइएको वडा कार्यालयले जनाएको छ । नागरिकलाई सहज सेवा दिन वडाले पहलकदमी गरिरहेको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । “स्थानीय सरकारले सकेसम्म नागरिकलाई सहजरुपमा सेवा दिने हो”, उहाँले भन्नुभयो, “हामीले स्थानीय नागरिकलाई कानुनले दिएसम्म सहजरुपमा सेवा दिने लक्ष्यका साथ कामको थालनी गरेका छौँ । यसले यहाँका नागरिकलाई लाभ पुगेको छ ।”

नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन घुम्ती शिविरमार्फत सेवा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त राईले बताउनुभयो । आगामी दिनमा सेवालाई अझ सहज हुने गरी विस्तार गर्ने योजना रहेकोसमेत उहाँको भनाइ छ । “हामीले नागरिकको प्रत्यक्ष सरोकार राख्ने पाँचवटा मुख्य कामलाई ध्यानमा राखेर सेवा दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “योजना सम्झौतासँगै साना योजनाको भुक्तानीको काम पनि वडास्तरबाट गर्ने अभ्यास गरेका छौँ ।”

त्यहाँ रहेको एनआइसी एसिया बैंकसँगको सहकार्यमा वडाबाट, साना योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिक तथा महिला स्वास्थ्य परीक्षण, अपाङगता परिचयपत्र वितरण, सप्ताहव्यापी पञ्जीकरण तथा विद्यार्थी भर्ना अभियानलाई पनि सञ्चालन गरिरहेको उहाँको भनाइ छ । रासस

शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.