• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

फक्ताङलुङ गाउँपालिकाको गाउँमै प्रयोगशाला सेवा सञ्चालन

  •  मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित

फुङ्लिङ ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गाउँमै प्रयोगशाला सेवा सञ्चालन आएको छ । केही वर्षअघिसम्म जिल्ला अस्पतालमा आउँदासमेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक पुग्नुपर्ने अवस्था थियो । रगत, पिसाब परीक्षण त परैको कुरा ।

तर अहिले फक्ताङलुङ गाउँपालिका–३ सिंवामा रहेको स्वास्थ्यचौकीमा एक्सरे र प्रयोगशाला सेवा सुरुआत भएको छ । ग्रामीण क्षेत्रका गर्भवतीलाई गाउँमै भिडिओ एक्स–रे र प्रयोगशालासेवा दिनका लागि गाउँमै प्रयोगशाला सेवा सुरु भएको छ । सदरमुकामका अस्पतालम्म आउनुपर्ने ग्रामीण क्षेत्रका गर्भवतीको स्वास्थ्य परीक्षण र प्रयोगशालासम्बन्धी सेवा सहज गराउने उद्देश्यले सिंवा बजारमा अवस्थित स्वास्थ्यचौकीमा आइतबारदेखि भिडियो एक्सरे र प्रयोगशाला सेवा सञ्चालनमा आएको फक्ताक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । एक्सरे र प्रयोगशाला नहुँदा गर्भवतीले बर्थिङ सेन्टरमा बच्चा जन्माउने वातावरण नबन्ने र अन्यत्र जाँदा हजारौँ रकम खर्च गर्नुपर्ने समस्या आएपछि गाउँपालिकाले गाउँमै भिडियो एक्सरे र प्रयोगशाला सेवा दिने अभियान सुरुआत गरेको उहाँले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालको तेस्रो ठूलो गाउँपालिका पर्दछ । यस गाउँपालिकामा सात वडा छन् । सेंवा बजारमा प्रयोगशाला सेवा सुरुआत भएसँगै गाउँपालिका–१ सवादिन, वडा नं २ खेजिनेम, मामाङ्खे, चाकु र वडा नं ३ सेवा बजार, लिङखिम, तावा, थिवा क्षेत्रका नगरिकले सहजरूपमा सेवा लिन पाउने भएको फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । ती गाउँवासीले अब भिडिओ एक्सरे र प्रयोगशालाकै लागि मात्र सदरमुकाम तथा अन्य सहरका निजी क्लिनिक र अस्पताल धाउनुपर्ने बाध्यता हटेको फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताउनुभयो ।

‘गर्भपरीक्षण र ल्याब सेवा नहुँदा गाउँमा प्रसूति केन्द्र भएर पनि विश्वास थिएन”, उहाँले बताउनुभयो, “सेवा सुरु भएपछि बिरामीले विश्वास गर्ने वातावरण बनेको छ ।” यसका लागि रु १० लाख लगानी भएको उहाँले बताउनुभयो । गत आइतबार सिंवा बजारमा प्रयोगशाला सेवा सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिकाका नागरिकले दुई ठाउँबाट प्रयोगशाला र फार्मेसी सेवा सहजरूपमा पाउने भएको गाउँपालिकाले जनाएको छ । फक्तालुङ –५ तापेथोक स्वास्थ्यचौकीमा विगत चार वर्षदेखि नै प्रयोगशाला सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ । तापेथोक स्वास्थ्यचौकीमा चिकित्सक साताको चार दिन र सेवा बजारमा रहेको स्वास्थ्यचौकीमा साताको दुइ दिन प्रत्यक्ष बिरामीको स्वास्थ्य परीक्षण तथा परार्मश सेवा उपलब्ध गराउने स्वास्थ्य शाखाले जनाएको छ ।

सरकारले निःशुल्क उपलब्ध गराएको औषधिबाहेक अन्य औषधि सहजरूपमा उपलब्ध गराउनका लागि तापेथोक स्वास्थ्यचौकी र सेवा स्वास्थ्यचौकीमा गाउँपालिकाले फार्मेसी सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताउनुभयो । फार्मेसी सेवा सञ्चालन गर्नका लागि गाउँपालिका मूलपुँजी नमासिने गरी कोष स्थापना गरेर औषधि खरिद गर्दै आएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । फक्ताङलुङ गाउँपालिकामा सातवटा स्वास्थ्यचौकी र १४ स्वास्थ्य एकाइ सञ्चालनमा छ । रासस

मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.