• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

गाउँमै सामान्य स्वास्थ्योपचार सेवा

  •  बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

ढोरपाटन ।“गाउँमा ढुङ्गा, माटो र काठमुडामा काम गर्नुपर्छ, काम गर्दा कहिले हात काट्छ, कहिले खुट्टा काट्छ, उपचार गर्ने ठाउँ नहुँदा निकै दुःख पाएका थियौँ, अहिले त चोटपटक लाग्नेबित्तिकै गाउँमै उपचार गराउन पाएका छौँ ।” बागलुङको तमानखोला गाउँपालिका–५ थास्पुरी गाउँका ६५ वर्षीय ओमबहादुर गोतामे गाउँमै सामान्य स्वास्थ्योपचार पाउन थालेपछि दङ्ग हुनुहुन्छ । भौगोलिक विकटताका कारण पछाडि परेको थास्पुरीमा तमानखोला गाउँपालिकाले दुई वर्ष अगाडि प्राथमिक स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरी सेवा सुरु गरेको छ ।

स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापनापछि यहाँका सयौँ नागरिकले सहजरुपमा स्वास्थ्य सेवा लिन पाएका छन् । उपचार केन्द्र स्थापना हुनुपूर्व गाउँमा कोही बिरामी प¥यो भने तीन घण्टा बढीको यात्रा गरी खुङ्खानी स्वास्थ्य केन्द्रमा पुग्नुपर्ने बाध्यता थियो । गाउँपालिकाले अहिले थास्पुरीसहित स्वास्थ्य संस्थाभन्दा टाढा रहेका गाउँमा सामुदायिक स्वास्थ्य इकाइ, स्वास्थ्य परामर्श केन्द्र तथा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । नयाँ स्वास्थ्य संस्था स्थापना गर्नुभन्दा पहिले तमानखोला गाउँपालिकाभरी तीन वटा स्वास्थ्यचौकीमा मात्रै रहेका थिए ।

गाउँपालिका सानो भए पनि भौगोलिक बनावट अपाएक हुँदा एउटै वटाको गाउँ तथा बस्तीमा पुग्न पनि एक दिनभरी लाग्छ । छरिएर रहेका बस्तीका कारण पहिले सबै नागरिकमा सहज स्वास्थ्य सेवा पुगेको थिएन । तर अहिले आधा घण्टाको दूरीमा स्थापना भएका स्वास्थ्य संस्थाले नागरिकलाई सहज बनाएको छ । थास्पुरी र खुङ्खानी एउटै वटामा पर्ने भएन पनि एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । दलित समुदायको मात्रै बसोबास रहेको थास्पुरीमा स्थापित स्वास्थ्य संस्थाले गाउँले मुख्य समस्या समाधान भएको ओमबहादुरको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “हाम्रो आधा उमेर उपचार गर्न नपाएरै बित्यो, अहिले त गाउँमै उपचार गर्ने सुविधा छ, पहिले गाउँमा कोही बिरामी भयो भने डोकामा बोकेर दिनभरी लगाएर अस्पताल पु¥याउनुपथ्र्यो, धेरैको ज्यान त बच्यो तर दुःख साह्रै भयो, पोहोर सालदेखि गाउँमा सानोसानो उपचार हुन्छ, यसले पनि हामी दुर्गम गाउँका मान्छेलाई सजिलो बनायो, सरकारले गरिब दुःखी जनताको समस्या देख्न र सुन्न थालेको आभास भएको छ ।”

गाउँमा प्राथमिक स्वास्थ उपचार तथा परामर्श केन्द्र स्थापना नहुँदा यहाँका बिरामी खुङखानी, बोङ्गादोबान र बुर्तिबाङ जानुपर्ने बाध्यता थियोे । स्वास्थ्य परामर्श केन्द्र स्थापनापछि बालबालिका र वृद्धवृद्धालाई बढी सहज भएको स्थानीय झाउमती सुन्चौरीले बताउनुभयो । सुन्चौरीले आफूले छोराछोरीलाई स्वास्थ्य संस्था टाढा हुँदा विभिन्न रोगविरुद्धका खोप लगाउन नपाएको सुनाउनुभयो ।

“अहिले त गर्भवती महिला समयसमयमा गर्भ जाँच गराउछन्, बच्चाको अवस्था थाहा पाउँछन्, टाढा जान पर्दैन, हाम्रो पालामा त खोप भनेको के हो भन्ने पनि थाहा थिएन”, उहाँले भन्नुभयो, “केटाकेटीलाई ज्वरो गाउँ, पखाला लाग्दा गाउँकै जडीबुटी कुटेर खुवाउथ्यौँ, लामो समयसम्म निको नभएपछि बल्ल अस्पतालमा लैजाने गथ्र्यौं ।”

गाउँपालिकाले आव २०७७÷७८ मा रु आठ लाखमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको थियो । अहिले एक जना अनमी राखेर सेवा दिइराखेको छ । स्थानीयलाई घरघरमा पुगेर स्वास्थ्य सरसफाइ तथा स्वास्थ्य शिक्षाका बारेमा परामर्श दिने, निरन्तर गर्भपतन जाँच गर्ने पोषणलगायतका बारेमा जानकारी दिने कार्य भएको यहाँ कार्यरत विमला परियारले बताउनुभयो । पहिले सिकिस्त बिरामी पर्दा पनि अस्पताल नजाने स्थानीय अहिले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ सेवा लिन आउने गरेको परियारको भनाइ छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नागरिकको सहजताका लागि गाउँगाउँमा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले कोही पनि नागरिक सामान्य स्वास्थ्य सेवा लिनका लागि आधा घण्टाभन्दा बढी हिँड्नु नपर्ने गरी व्यवस्थापन गरेको बताउनुभयो । अध्यक्ष बुढामगरका अनुसार गाउँपालिकाले वडा नं ६ वडाको नर्जाखानी, नं ४ को लाम्मेला र वडा नं २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको छ भने वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको छ ।

गाउँपालिका हुनुभन्दा पहिले वडा नं १ को बोङ्गादोभान, वडा नं ३ को तमान र वडा नं ५ को खुङ्खानीमा मात्रै स्वास्थ्यचौकी थियो । पालिकाले सामुदायिक स्वास्थ्य इकाइ र प्राथमिक स्वास्थ्य इकाइ स्थापना नगर्दासम्म तमानखोलावासीले यी तीन स्वास्थ्य चौकीबाट मात्रै सेवा लिनुपर्ने अवस्था थियो ।

पालिकाद्वारा एम्बुलेन्स सञ्चालन

गाउँपालिकाले आव २०७८÷८९ मा एम्बुुलेन्स सेवा सञ्चालन गर्ने योजनाअनुसार यस वर्ष विभिन्न प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याएको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

उहाँले तमानखोलावासीलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । रु १९ लाखको लागतमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै स्वास्थ्य गाउँगाउँमा संस्था स्थापनापछि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले अघिल्लो कार्यकालमा नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गर्ने र एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएअनुसार अहिले गाउँपालिकाले एम्बुलेन्स ल्याएको बताउनुहुन्छ ।

“कोही पनि नागरिक स्वास्थ्य उपचार गराउन नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भनी हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र छ, नागरिकको जीवन रक्षा गर्नु हाम्रो दायित्व हो । सोहीअनुसार हामीले अघिल्लो कार्यकालमा गाउँपालिकाको विभिन्न वडामा स्वास्थ्य संस्था स्थापना गरेर सञ्चालनमा ल्यायौँ, गत वर्ष एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेका थियौँ, सोहीअनुसार अहिले पालिकामा एम्बुलेन्स आएको छ ।” रासस

बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.