• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

स्वास्थ्यचौकी भवन निर्माण अलपत्र : सेवा प्रवाहमा समस्या

  •  बुधबार, जेठ १०, २०८० मा प्रकाशित

हलेसी । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ ।

ठेकेदार कम्पनीले विसं २०७८ फागुन–२७ गतेसम्ममा स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते सम्झौता गरेको थियो । दुई पटक थप भएको म्याद गुज्रिदा पनि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र छ । अर्कातर्फ निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्यचौकी भवनको पर्खाल ठेकेदारको लापरबाहीले कमसल बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको स्थानीय कुबेर राईले बताउनुभएको छ ।

पहिलो पटक थप भएको म्याद विसं २०७९ असार–३२ गते र दोस्रो पटक थप भएको म्याद विसं २०७९ माघ–२ गते सकिएपछि ठेकेदारले पुनःआगामि असार मसान्तसम्मका लागि म्याद थपको माग गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका इन्जिनियर शुशिल चौधरीले बताउनुभएको छ । ठेकेदारका प्रतिनिधिले स्वास्थ्यचौकी भवन निर्माण गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र निर्माणको काम अघि बढ्ने बताउने गरेका छन् । साउदी सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मङ्गलटार, बतासे, राखाबाङ्देल र दोर्पाचिउरीडाँडा स्वास्थ्यचौकीको भवन निर्माणको काम शुरु गरिएको थियो । गौरी–पार्वती न्यू टेक्निकल जेभीले भ्याट बाहेक रु सात करोड ४० लाख ८४ हजार २९६ मा जिल्लाका पाँचवटा स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो ।

समग्रमा जिल्लामा निर्माणाधीन पाँचै स्वास्थ्यचौकीको भौतिक प्रगती करिब ६० प्रतिशत र वित्तीय प्रगति करिब ४७÷४८ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले बताउनुभएको छ । ठेकेदारले समयमा स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न नगर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन् । बाहुनीडाँडामा स्थानीय झोक्रे राईको घरको दुई साँघुरो कोठा भाडामा लिएर स्वास्थ्यचौकीको सम्पूर्ण सेवा प्रवाह सञ्चालन हुँदै आएको छ । बाहुनीडाँडामा यसअघि तत्कालीन गाउँ विकास समिति (गाविस)को जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह हुँदै आएको थियो ।

गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम शुरु गरिएपछि स्वास्थ्यचौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको जनाइएको छ । भाडामा लिइएको घरको कोठामा दुईवटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकीका प्रमुख लीलामायाँ लामीछाने बताउनुभयो । “सेवा प्रवाह गर्ने कोठा साँघुरो छ । एकैचोटी तीन÷चारजना बिरामी आए बस्ने ठाउँको व्यवस्था छैन”, उहाँले भन्नुभयो, “कोठामा दुईटा कुर्सी मात्र अट्छ । बिरामीलाई उभ्याइरहनुपर्ने अवस्था छ । सेवा दिन एकदमै गाह्रो भइरहेको छ ।”

महिला÷पुरुषका लागि अलग–अलग कोठामा राखेर सेवा दिने ठाउँ नहुँदा झनै समस्या भएको लामीछानेले बताउनुभयो । “व्यक्तिगत गोपनीयता कायम गर्न असहज छ । स्वास्थ्यचौकीको भाडामा मासिक रु पाँच हजार खर्च हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।” स्वास्थ्यचौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टरलाई पनि स्थानीय उषा राईको घरमा राखिएको छ । स्वास्थ्यचौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टरलाई केही टाढाको दूरीमा राखिएको छ । विसं २०७५ सालदेखि मासिक रु चार हजारमा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो रहेको छ ।

स्वास्थ्यचौकीको भवन अलपत्र पार्ने ठेकेदारलाई पटक–पटक भवन निर्माणको काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्रबहादुर राई बताउनुभएको छ । काम गरेका कामदारले ठेकेदारबाट हालसम्म पूरा पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् ।रासस

बुधबार, जेठ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.