• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

आँबुखैरेनीमा जनतासँग स्वास्थ्य कार्यक्रम

  •  आइतबार, असार १०, २०८० मा प्रकाशित

दमौली ।तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको शनिबारदेखि सुरु तेह्रौँ गाउँसभाका अवसरमा आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शुक्र चुमानले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिई जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

यो सेवाअन्तर्गत गाउँपालिकाका सबै वडामा रहेका ज्येष्ठ नागरिकलाई महिनाको एक पटक घरमै पुगेर सेवा प्रदान गरिने अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले स्वास्थ्यलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम बनाएको छ, ज्येष्ठ नागरिकलाई सहजरुपमा सेवा दिन घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा दिने नीति लिएका छौँ ।”

अध्यक्ष चुमानले महिलाको प्रजनन स्वास्थ्य, पाठेघर क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताउनुभयो । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उहाँले उल्लेख गर्नुभयो ।

आँबुखैरेनी–१ सत्रसयमा निर्माण गरिने ट्रमा अस्पतालका लागि प्रदेश सरकारसँग सहकार्य गरिने चुमानले बताउनुभयो । उपचारात्मक स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिइएको जनाउँदै उहाँले आधारभूत स्वास्थ्य सेवा सबैलाई निःशुल्क प्रदान गरिने बताउनुभयो । आँबुखैरेनी अस्पतालको स्तरोन्नति गरिने बताउँदै अध्यक्ष चुमानले मिर्गौला डायलासिस केन्द्र स्थापना गरिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “गोजीमा एक रुपैयाँ नहुँदा पनि उपचारका लागि कहाँ जान्ने भन्ने चिन्ता नलिनुहोला, गाउँपालिकाले स्वास्थ्यको सबै जिम्मा लिन्छ, आँबुखैरेनी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भइसकेको छ, बीमा गराउनुहोला ।” उहाँले यही वर्ष अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिने बताउनुभयो । ठूला शल्यक्रियाका लागि महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा प्रवाह गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

शिक्षातर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग समन्वय गरी बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने चुमानले बताउनुभयो । सबै सामुदायिक विद्यालयमा प्रविधियुक्त शिक्षाको विस्तार गरिने जनाउँदै उहाँले पञ्चवर्षीय सुधार योजना लागू गरिने उल्लेख गर्नुभयो ।

पर्यटनतर्फ ऐना पहरामा उद्यान निर्माण गर्ने प्रक्रिया अगाडि बढेको र मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा जल पर्यटन सञ्चालन गरिने उहाँले बताउनुभयो । समस्तीपुरको अग्लो झोलुङ्गे पुलमा बन्जीजम्प सम्भाव्यता अध्ययन गरिने जनाउँदै अध्यक्ष चुमानले हिलेखर्क र मिलनचौरलाई पर्यटकीय नमुना गाउँको विकासरुपमा विकास गरिने बताउनुभयो ।

गाउँपालिकाले जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्न भूमि बैंक स्थापना गरी खेती गर्न नसक्ने जग्गाधनीको जग्गाको लगत राखी उद्यम प्रयोजनका लागि भाडामा दिने व्यवस्था मिलाइने उल्लेख गरेको छ । गरिब तथा सिमान्तकृत समुदायलाई कृषिमा आधारित एकीकृत उत्पादन कार्यक्रममार्फत आर्थिक क्रियाकलापमा आबद्ध गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने नीति लिइएको अध्यक्ष चुमानले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जान चाहने नागरिकका लागि सीप विकास कार्यक्रम सञ्चालन गरिने र वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई उनीहरुले आर्जन गरेको अनुभव, सीप र पुँजी लगानी उत्पादन तथा स्वरोजगारीका क्षेत्रमा काम गर्र्न प्रोत्साहन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

दूधमा प्रतिलिटर रु तीन अनुदान दिने व्यवस्थालाई निरन्तरता दिइएको र व्यावसायिक कृषि तथा पशुपक्षी फार्मलाई प्रोत्साहन दिइने नीति अवलम्बन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यतालिका छ । रासस

आइतबार, असार १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.