• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ९ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

  •  बुधबार, असार १३, २०८० मा प्रकाशित

कमलामाई (सिन्धुली ) ।उमेर ढल्कियो । तन्नेरी रसरङ सकियो । श्रीमान् १० वर्ष पहिल्यै बित्नुभयो । सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो । यो वास्तविक भोगाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ की ९६ वर्षीया ठूलीमाया घिसिङको हो ।

घ्याम्पाटार सामुदायिक स्वास्थ्य एकाइ प्रमुख तथा अहेव विनाकुमारी यादव उहाँको घरमा पुग्दा पेटीमा गुन्द्री ओछ्याएर सुतिरहनु भएको थियो । मयलले कट्कटिएको वस्त्र र शरीरबाट दुुर्गन्ध आइरहेको थियो । रोगले शिथिल भएको शरीर वरिपरि झिँगा भन्किरहेका थिए ।

स्वास्थ्यकर्मी यादवले बिरामी ठूलीमायाको स्वास्थ्य जाँच गर्नुभयो । उहाँलाई रोगले मात्रै होइन, भोकले पनि कमजोर बनाएको रहेको छ । सामान्य बिरामी र दीर्घरोगीहरुलाई खुवाउने औषधि तथा स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामग्री बोकेको झोलामा भोक मेटाउने औषधि थिएन । न त थियो, फेराइदिने सुकिलो लुगा । काइँयो खोजेर कपाल भने कोरिदिनुभयो । सफा भएर बस्न सुल्झाउनुभयो । ज्वरो र पखालाले सिकिस्त हुनुभएकी ठूलीमायालाई औषधि दिएर उहाँ अरू घरका बिरामीको स्वास्थ्य जाँच तथा उपचारमा लाग्नुभयो ।

घिसिङ टोलकै असलीमाया मोक्तानको सासूआमा ६८ वर्षीया माया मोक्तानलाई बाहिर–भित्र गर्नसमेत समस्या छ । बिरामी परिरहने उहाँलाई उपचारका लागि कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारी मोक्तान आउनुहुन्छ । बेलाबेलामा फोन गरेर पनि उहाँको स्वास्थ्य अवस्था बुझ्ने गर्नुभएको असलीमायाले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सासूआमा हिँड्डुल गर्न सक्नुहुन्न । बिरामी परिरहनु हुन्छ । नजिकै भनेको स्वास्थ्य एकाइ पुग्न पनि दुई घण्टा लाग्छ । सवारी साधनको सहज सुविधा नहुँदा डोकोमा बोकेर लैजाने गरेको थियौँ, अहिले त वडाले बेलाबेलामा स्वास्थकर्मी घरघरमै पठाउने वा फोन गरेर बिरामीको स्वास्थ्य अवस्था बुझ्न लगाउने गरेकाले सजिलो भएको छ ।”

घरभित्र–बाहिर गर्ने क्रममा लडेर ९२ वर्षीय बुद्धिमान मोक्तानको दाहिने आँखामा गहिरो चोट लाग्यो । त्यो बेला उहाँको सन्तान साथमा कोही थिएनन् । स्वास्थ्यकर्मी पियारी नै उहाँको सन्तान बनेर पुग्नुभयो । घाउमा टाँका लगाइदिनुभयो । घाउ निको बनाउन मल्हम दिनुभयो । सरसफाइ राख्न र कुनै समस्या आए सम्पर्क गर्न भनेर उहाँ अरु बिरामीको सेवामा खटिनुभयो ।

कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारीका अनुसार सुनकोशी गाउँपालिका–१ को वडा कार्यालयले हप्ताको एक पटक गाउँघर क्लिनिकअन्तर्गत टोलटोलमा प्राथमिक उपचार तथा सहायता कक्षा स्थापना गरेर सेवा प्रवाह गर्दै आएको थियो । सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउन हप्ताको एक पटक घरघरमा पुगेर सेवा दिन थालिएको छ । गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा पुरुष र अपाङ्गता भएकाहरुलाई लक्षित गरेर घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न थालिएको उहाँले बताउनुभयो ।

“हामी घरघरमा पुगेपछि आवश्यकताअनुसार सबैले सेवा लिनुहुन्छ । यो सेवाको विशेष लाभग्राही गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा एकल पुरुष र अपाङ्गता भएकाहरु नै हुनुहुन्छ, उहाँहरुको हकमा वडाको यो अभियान निकै प्रभावकारी देखिएको छ”, उहाँले भन्नुभयो । वडा कार्यालयभित्र स्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य एकाईमा गरी तीन अहेव र तीन अनमी कार्यरत छन् । घुम्ती शिविरमा उहाँहरु पालैपालो प्रत्यके शुक्रबार दुई÷दुई जना बाँडिएर घरघरमा सेवा दिन जाने गर्नुभएको छ । गत फागुनदेखि सुरु गरिएको यो सेवा हालसम्म दुई सय ९७ जना बिरामीले लिइसकेका छन् ।

स्थानीय तहको गत निर्वाचनमा वडाध्यक्षको पदका लागि मत माग्न घरदैलो गर्ने क्रममा विविध कारणले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बिरामीहरु प्राथामिक उपचार पाउनबाट समेत वञ्चित भएका, सामान्य बिरामी हुँदा समयमै उपचार नपाएर ठूलो जोखिममा रहेका लगायतका समस्या बाक्लै देखेकाले सुनकोसी गाउँपालिकामै पहिलो पटक आफ्नो वडाले यस प्रकारको सेवा प्रवाहमा जोड दिएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।

दक्ष चिकित्सक तथा गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव रहेको हाम्रो जस्तो क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुन सक्ने र क्षमताअनुसारको स्वास्थ्य सेवा सहज रुपमा प्रवाह गर्ने प्रयास भएको उहाँको भनाइ छ । वडा कार्यालयको पहल तथा प्रयासमा उपलब्ध भएको घुम्ती शिविर सेवाले वडाबासीमा स्थानीय सरकार र जनप्रतिनिधिप्रति सकारात्मक भावना जगाएको छ ।

वडावासी ठूलबहादुर मोक्तान स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य परिक्षण र औषधि वितरण गर्नुले स्थानीय सरकारप्रति भरोसा बढेको बताउनुभयोे । ‘‘आफैँ स्वास्थ्य संस्था धाउन नसक्ने दीर्घरोगी र असक्त नागरिकलाई सेवा दिन वडाले औषधिसहित स्वास्थ्यकर्मी घरघरै पठाउन थालेको कुराले खुशी लागेको छ’’, उहाँले भन्नुभयो । सुनकोशी गाउँपालिकामा सात वटा वडा छन् । हप्ताको एक पटक अनिर्वाय घुम्ती शिविरमार्फत स्वास्थ्य सेवा प्रवाह गर्ने वडा नम्बर १ पहिलो वडा हो । रासस

बुधबार, असार १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.