• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५० मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ४ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ४ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ४ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

राप्ती प्रादेशिक अस्पतालबाट ‘रेफर दर’ घटाउने प्रयास थालियो

  •  बिहिबार, साउन १८, २०८० मा प्रकाशित

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बिरामीको ‘रेफर’ गर्नेको दर घटाउने प्रयास थालिएको छ । पछिल्लो समय अस्पतालले बिरामीलाई रेफर गर्ने गरेको गुनासो बढेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार अस्पतालबाट रेफर गर्ने गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न अस्पताललाई थप बजेट गरिएकोे बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा विस्तारका लागि रु साढे चार करोड बजेट विनियोजन गरिएको छ । ‘मोडुलार ओटी सेटअप’लगायतका कार्य गर्नका लागि सोही बजेट विनियोजन गरिएको हो ।

शल्यचिकित्सा सेवा सुरु भएपछि अहिले जस्तो रेफर गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । “अहिले धेरै रेफर हुने गरेको गुनासो आएको छ”, उहाँले भन्नुभयो, “यसलाई घटाउनका लागि प्रदेश सरकार दत्तचित्त भएर लागेको छ, अहिले हामीले शल्यचिकित्सा सेवा सञ्चालनका लागि बजेटसमेत विनियोजन गरेका छौँ ।”

यस सेवा सुरु भएसँगै शल्यक्रियाका धेरै सेवा प्रदान गरिने र अहिले जस्तो बिरामी रेफर गर्नुपर्ने अवस्था नहुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालले जानकारी दिनुभयो ।

“अहिले यो सेवा नहुँदा केही बिरामीलाई रेफर गरेर पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “अब यो सेवा सुरु भएमा ‘मेजर अपरेशन’ अस्पतालमै हुन्छन्, र रेफर दर घट्छ ।” चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सोही बजेट विनियोजन भएको हो ।

त्यस्तै अस्पतालको नयाँ तला थप तथा ‘पेडियाट्रिक ब्लक’मा सेवा विस्तार गर्नका लागि औजार खरिदका लागि प्रदेश सरकारले एक करोड, औषधि भण्डारण गृह निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ । त्यस्तै अस्पतालको प्रयोगशाला स्तरोन्नतिका लागि रु ६० लाख, इएचआर वार्षिक सम्भार मूल्यसमेत गरी रु पाँच लाख, फोहरमैला व्यवस्थापनका लागि रु चार लाख, सिकलसेल एनिमिया, थालसेमिया तथा हेमोफेलिया निदान, उपचारका लागि रु पाँच लाख, अस्पतालमा आधारित जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सेवा इकाइ र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालका लागि ‘ओपिडी’ र ‘जनरल श्यया’ सोध भर्नाका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ । केही समयअघि मात्रै अस्पतालमा एनआइसियु, दूरविन विधिबाट अपरेशन सेवा सञ्चालनमा आएका छन् । आइसियू र जनशक्ति व्यवस्थापन गर्नु अहिलेको आवश्यकता रहेको जनाउँदै आफूले त्यतातिर ध्यान दिएको निमित्त मेसु डा अर्यालले बताउनुभयो ।

अस्पताललाई प्रदेश सरकारले छ सय श्ययामा स्तरोन्नति गर्ने निर्णयसमेत गरिसकेको छ । अब ‘ओएनएम सर्भे’ गर्न बाँकी रहेको छ । सर्भे भएपछि सोहीअनुसार जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन हुने र थप सहज हुने डा अर्यालले बताउनुभयो । उक्त अस्पतालमा साविक राप्तीसहित बाँके, बर्दिया, सुर्खेतबाट समेत बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।रासस

बिहिबार, साउन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.