• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ७ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’

  •  शनिबार, साउन २०, २०८० मा प्रकाशित

कर्णाली ।सन् १९९२ देखि सुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको सप्ताहको सन्दर्भमा आज स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले स्तनपानको महत्व, यसको योगदान, नेपाल तथा कर्णालीको अवस्था, यसले पारेको प्रभाव र सरोकारवालाहरुले पूरा गर्नुपर्ने भूमिका सम्मिलित कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रस्तोता भट्टराईले स्तनपानसम्बन्धी महत्वपूर्ण जानकारी, यस क्षेत्रमा थालिएको अभियान र गरिएका प्रयासबारे अवगत गराउनुभयो ।

उहाँले भन्नुभयो, “विगतको स्तनपान गराउने विधि, तरिका, सोच र शैलीमा फरक आएको छ । आज धेरै आमाहरुले शिशु जन्मेको कति समयपछि दूध खुवाउनुपर्छ ? बिगौती दूधको महत्व के हुन्छ ? बच्चालाई दूध पुगे÷नपुगेको थाहा पाउने कसरी ? भन्नेबारे सजिलै जानेका छन् । तर पनि अन्य प्रदेशभन्दा कर्णालीमा स्तनपानको अवस्था कमजोर छ ।” यसको कारण भनेकै शैक्षिक र आर्थिक कमोजरी भएको अधिकृत भट्टराईको भनाइ थियो ।

अन्तरक्रियामा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा रबिन खड्काले शिशुका लागि पहिलो भ्याक्सिन आमाको दूध भएको ठोकुवा गर्नुभयो । ‘स्तनपान, अमृत समान’ त्यसै भनिएको होइन । शिशुका लागि आमाको दूध जत्तिकै संसारमा अरू केही छैन र यसलाई तुलना गर्न मिल्दैन,” उहाँले भन्नुभयो । पछिल्लो समयमा अप्राकृतिकरुपमा शिशुलाई खुवाइने दूधलाई प्रतिस्थापन गर्न विश्वले स्तनपान सप्ताह मनाउँदै आएको निर्देशक डा खड्काले बताउनुभयो । सिजेरियन सेक्सन (सिएस) गर्दा दूध नआउने र अप्राकृतिक रुपमा दूध खुवाउने क्रम बढिरहेको जनाउँदै उहाँले यसको हुनुमा भौतिक, मनोवैज्ञानिक र स्थानगत अवस्था प्रमुख कारण भएको जिकिर गर्नुभयो ।

“विना लगानीको कार्य आमाले गराउने स्तनपान हो यद्यपि आमामाथि भने लगानी गर्नुपर्दछ”, निर्देशक खड्काले भन्नुभयो, “पछिल्लो समयमा नेपाल सरकारले शिशुको स्तनपानका लागि सबै सरकारीदेखि सार्वजनिकस्थलमा स्तनपान कक्षको नीति ल्याएको छ ।” यद्यपी कर्णालीका एकादबाहेक सरकारी कार्यालयमा स्तनपान कक्ष स्थापना नगरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले नेपालमा स्तनपानभन्दा मद्यमान कक्ष बढी भएको व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, “हामी प्राकृतिकबाट अप्राकृतिकतर्फ गइरहेका छौँ । अनि कसरी हृष्टपुष्ट नागरिक उत्पादन हुन सक्छ ?” यसले गर्दा प्राकृतिक स्तनपान प्रतिस्थापन गर्ने विरुद्ध सजाय गर्ने गरी सरकारले कानुन बनाउनुपर्ने बाध्यता आइलागेको प्रमुख गौतमको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ सुर्खेतका सचिव ललित बुढाले राजनीतिक दलहरुको कार्यालय स्तनपानमैत्री छन् वा छैनन् विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । “यसको सुरुआत नीति निर्माण गर्ने नेतृत्व तहबाट हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसपछि कार्यान्वयन तहमा काम गर्नेहरुले अनिवार्यरुपले गर्छन् ।” रासस

शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.