• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ६ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ६ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १९ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १ दिन 

झापा र कैलालीमा खोप अभियान
  • १ दिन 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

तनहुँमा ‘लार्भा खोजौँ र नष्ट गरौँ’ अभियान

  •  सोमबार, साउन २२, २०८० मा प्रकाशित

डुम्रे ।वर्षायामसँगै देशैभर डेङ्गुको सङ्क्रमण फैलिन थालेको छ । तनहुँमा डेङ्गु ज्वरोको प्रकोपका साथै बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्ने क्रममा छ ।

डेढ महिनाको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेङ्गुका ४४ बिरामी फेला परेका छन् । डेङ्गुका कारण विगत एक महिनामा एकजनाको मृत्यु भएको छ । जिल्लामा डेङ्गु फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको छ ।

लामखुट्टेले फुल पार्ने स्थान ‘खोजौँ र नष्ट गरौँ’ नारासहित जिल्लाका सबै पालिकामा अभियान सञ्चालन गरिएको छ । व्यास नगरपालिकामा अभियान सञ्चालन गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले तत्काल थाहा नहुने र धेरै अङ्गप्रत्याङ्गमा असर गरेपछि मात्रै थाहा हुने भएकाले चेतना फैलाउन अभियान सञ्चालन गरिएको बताउनुभयो ।

सचेतना कार्यक्रम प्रभावकारी बनाउन विद्यालयमार्फत गर्दा प्रभावकारी हुने भएकाले विद्यालयमासमेत अभियान सञ्चालन गरिने न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै विद्यालयमा अभियान सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

नगर उपप्रमुख इन्दिरा दरै नेतृत्वको टोलीले बजार क्षेत्रमा पानी जम्ने स्थान नष्ट गर्ने कार्य थालिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लार्भा नष्ट गर्न घरदैलो अभियान भइरहेको जानकारी दिनुभयो ।

नगरपालिकाले लामखुट्टेको वासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीलाई अनुरोध गरेको छ । नगरपालिकाको सहरी क्षेत्र वडा नं २, ३ र ४ मा अभियान सञ्चालन गरिएको छ । डेङ्गुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकामा कार्यरत इञ्जीनीयर कमलप्रसाद शर्माको निधन भएको थियो । व्यास नगरपालिका–१० का शर्माको गत असार १६ गते मृत्यु भएको हो । उहाँको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।

वर्षायाम सुरु भएसँगै लामखुट्टे फैलिने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ । बिहान, दिउँसो राति जुनसुकै बेला झुल टाँगेर सुत्ने, पूरा बाहुला भएका र पूरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टेको वासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउन स्वास्थ्य प्रमुख शङ्करबाबु अधिकारीले आग्रह गर्नुभयो । रासस

सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्घीय अस्पतालमा शवगृह बनाइने
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

ताजा

सङ्घीय अस्पतालमा शवगृह बनाइने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.