• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

‘आँखा पाक्ने रोगबाट आत्तिनु पर्दैन, सचेत भए पुग्छ’

  •  सोमबार, साउन २२, २०८० मा प्रकाशित

गण्डकी ।मुलुकभर नै केही दिनयता आँखा पाक्ने रोगको प्रकोप तीव्र रूपमा फैलिएको छ । ‘भाइरल इन्फेक्सन’का कारण हुने यो रोग लाग्दैमा आत्तिनु पर्दैन सचेत भए एक हप्तामा नै पूर्णरुपले निको हुने हिमालय आँखा अस्पतालका निर्देशक डा इलिया श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सबै उमेर समूहमा हुने आँखा पाक्ने रोगका मुख्य लक्षण उज्यालोमा हेर्न अप्ठ्यारो हुनु, विजाउने, आँखा रातो हुनु, आँसु बग्नु, चिप्रा लाग्ने गर्छ । यस्ता लक्षण देखिएमा तुरुन्त आँखा परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न अपरिहार्य छ ।

“आँखा पाकेको बिरामीको आँसुको थोपामा भाइरसको जिवाणु हुन्छ”, उहाँले भन्नुभयो, “त्यस्ता बिरामीले प्रयोग गरेका रुमाल, तकिया, मोबाइल, चश्मा, औषधिलगायत विभिन्न सामग्रीबाट रोगको सङ्क्रमण तीव्र रुपमा पैmलिने गर्दछ ।” उहाँका अनुसार एकआपसमा आँखा जुदाउँदा र हावाबाट यो रोग सर्दैन ।

सफा चिसो पानीले आँखा सफा गर्ने, साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजरको प्रयोग गर्दा रोग फैलिनबाट जोगाउन सकिन्छ । ‘भाइरल कन्जंक्टिभाइटिस’ रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । सङ्क्रमण यसको प्रमुख कारण हो ।

आँखा पाक्ने रोगबाट विशेष गरी बालबालिकामा प्रकोप बढी देखिएको हुँदा आँखामा समस्या देखिएका बालिबालिकालाई विद्यालय नपठाइ घरमा नै आराम गराउन अस्पतालमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सुझाव दिनुभयो । अस्पतालका निर्देशक डा श्रेष्ठले भन्नुभयो, “सङ्क्रमण फैलिएसँगै अस्पतालमा आँखाका बिरामीको भीड नै लाग्ने गरेको छ ।” आइतबार मात्र एक हजार तीन सय ५० जनाको आँखा परीक्षण गरिएकोमा पाँच सय जनामा आँखा पाक्ने समस्या देखिएको थियो । जसमा तीन सय ६० बालबालिकामा सङ्क्रमण देखिएको थियो । सामान्य अवस्थामा अस्पतालमा सरदर दैनिक सात सय जनाको आँखा परीक्षण हुँदै आएको थियो ।

विगतको भन्दा यसपटकको सङ्क्रमण कडा हुनुको साथै आँखा रातो मात्र होइन परेला सुनिने गरेको हुँदा बिरामीलाई दुखाइ बढी हुने गरेको छ । समुदायस्तरमा फैलिएको यसको रोगथामको लागि करिब एक हप्ता विद्यालय बन्द गर्नुपर्ने उहाँको सुझाव छ ।

रोगको सङ्क्रमण देखिएपछि जथाभावी औषधिको प्रयोग र आँखा मिच्न नहुने सल्लाह दिँदै डा श्रेष्ठले भन्नुभयो, “भाइरल कन्जंक्टिभाइटिसले आँखाको नानीसम्म सङ्क्रमण भयो भने उज्यालोमा हेर्न अप्ठ्यारो हुनुको साथै निको हुन लामो समय लाग्छ ।”

नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार सीमित स्रोतसाधन एवं जनशक्तिको अधिकतम उपयोग गर्दै अस्पतालले बिरामीको लागि आँखा उपचारको सेवा पुर्‍याउँदै आएको छ । आँखा पाक्ने बिरामीको सङ्ख्यामा क्रमिक रूपमा बढेपछि सङ्क्रमण न्यूनीकरणका लागि आँखा पाकेका बिरामीलाई मात्र छुट्टै परीक्षण गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

आँखा पाक्ने सङ्क्रमण बढेपछि विद्यालय बन्द

विद्यार्थीमा आँखा पाक्ने समस्या बढेपछि पोखरा महानगरपालिका–२० स्थित भलाम आधारभूत विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको वडाध्यक्ष गङ्गाबहादुर केसीले जानकारी दिनुभयो ।

पोखरा १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीमा पनि आँखा पाक्ने समस्या देखिएको प्रधानाध्यापक अर्जुन कँडेलले बताउनुभयो । उहाँका अनुसार विद्यालयका ३० जना विद्यार्थीमा उक्त समस्या देखिएकोमा घरमै आराम गरेर उपचार गर्न सल्लाह दिइएको छ ।

आँखा पाक्ने रोगले विकराल रुप लिँदै

मध्यविन्दु–नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पछिल्लो केही दिनयता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको छ । आँखामा सङ्क्रमण देखिएपछि मध्यविन्दु जिल्ला अस्पतालमा आँखाका बिरामीको चाप बढेको छ ।

जिल्लाका सबै सरकारी तथा निजी अस्पतालमा दैनिक दुई सयसम्म आँखाका बिरामी देखापर्ने गरेको अस्पतालको तथ्याङ्कमा देखिएको छ । केही दिनदेखि फैलिएको यस समस्याले विद्यालयका विद्यार्थीलाई प्रभाव पारेको छ । अहिले विद्यालयमा अध्यननरत अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या देखिएको र विद्यार्थीको पढाइलाई असर पुर्‍याएकोे छ । दैनिक रुपमा आँखा पाक्ने समस्या भएपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या क्रमिक रुपमा घट्दो रुपमा रहेको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले आँखाको समस्या दिनदिनै बढ्दै गएकाले आँखाका बिरामीले सामान्य जाँचपछि घरमा नै बसेर उपचार गर्न सकिने हुँदा सङ्क्रमितका बिरामी भीडभाडमा नजाने अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “साना उमेरका बालबालिकामा अझै बढी समस्या छ, यो सरुवा रोग भएकाले बालबालिकालाई विद्यालयबाट नै सर्ने हुँदा सङ्क्रमित बालबालिकालाई विद्यालय नपठाउने र सामान्य औषधिको प्रयोग गरी सचेत रहनु आवश्यक छ ।”

मौसम परिवर्तनसँगै एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलिएको भाइरल प्रकोपले धेरैलाई प्रभावित बनाएको मध्यबिन्दु जिल्ला अस्पतालका डा कमलराज न्यौपानेले बताउनुभयो । आज मात्र आँखाका एक सय बिरामी अस्पताल आएको उहाँले बताउनुभयो । देवचुलीको दुम्कौली अस्पतालमा दैनिक ३० देखि ४० आँखा पाकेका बिरामी आउने गरेको अस्पतालमा कार्यरत डा राजिव सापकोटाले बताउनुभयो ।

आँखा पाक्ने समस्या एडिनो ‘भाइरल कन्जंक्टिभाइटिस’का बिरामी बढ्दै गएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । आँखाको समस्याले विकराल रुप लिन सक्ने भन्दै समयमा नै यसको रोकथामको लागि सबै लाग्नुपर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले अहिले फैलिएको डेङ्गु र आँखाका समस्या रहेकाले बजारमा सिटामोल र आँखाको ‘ड्रप’ अभाव हुन नदिन सबै पालिकाका स्वास्थ्य कार्यालय स्वास्थ्य चौकीलाई सचेत रहनुपर्ने बताउनुभयो । “जिल्लामा आँखाका समस्या र डेङ्गु रोग भाइरलको समस्या देखिएकाले समयमै सचेत रहन सबै सरोकारवाला निकायलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो ।

जिल्ला अस्पतालमा अहिले डेङ्गुका करिब २० बिरामीले उपचार गरिरहेको र आँखाका बिरामी दैनिक एक सयभन्दा बढी उपचारमा आउने गरेको बताइएको छ । यही अनुपातमा बिरामीको सङ्ख्या बढ्दै गए जिल्लामा औषधिको अभाव हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.