• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

दुर्गममा बच्चा जन्माउँदाका सास्ती

  •  बुधबार, साउन ३१, २०८० मा प्रकाशित

रुकुम पूर्व । सिस्ने गाउँपालिका–१ लाम्पाखाकी सपना बुढा २५ वर्षकी हुनुहुन्थ्यो । पन्ध्र वर्षमा बिहे गर्नुभएकी उहाँले १८ मा पहिलो, २० मा दोस्रो, २४ मा तेस्रो सन्तानलाई जन्म दिनुभयो । पहिलो र दोस्रो सन्तान दुई छोरी छन् भने तेस्रो सन्तान जन्मेको केही मिनेटमै मृत्यु भएको थियो । बुढाको चौँथो सन्तानले पनि न संसार देख्न पायो नत आमाले मृतक सन्तानको शोक मनाउन नै पाउनुभयो । चाैँथो सन्तानको पेटमै मृत्यु भएको थियो । बच्चा पेटमा मरेको ९÷१० घण्टासम्म छट्पटाउँदै आमाले पनि प्राण त्याग्नुप¥र्यो ।

बुढालाई १९ गते साँझ सुत्केरी व्यथा लाग्यो । नजिक स्वास्थ्य संस्था थिएन् । भौगोलिक विकटता त्यस्तै सडक सुविधा नहुँदा स्वास्थ्यचौकी पु¥याउन सक्ने अवस्था थिएन् । बुढालाई ब्यथा लागिसकेपछि भट्टेचौर स्वास्थ्यचौकीमा परिवारले खबर गरेपछि स्वास्थ्यचौकी इन्चार्ज काशीराम ओलीले बिरामीलाई ‘लिएर आउँदै गर्नुस्’ भनेर आफू पनि स्वास्थ्यचौकीबाट लाम्पाखातर्फ लाग्नुभयो र उहाँहरुको बीच बाटोमा भेट भयो ।

बर्खाको बाटोका कारण बिरामीलाई स्वास्थ्यचौकी पु¥याउन सहज नभए पनि ओली र केही छिमेकीको सहयोगमा भट्टेचौर स्वास्थ्यचौकीमा पु¥याइयो । “यहाँ ल्याएको केही समयमै बच्चाको मृत्यु भयो । पेटबाट शल्यक्रिया गरेर मृत बच्चा निकाल्न स्वास्थ्यचौकीमा कुनै सुविधा र जनशक्ति छैनन् । स्टेचरमा बोकेर रुकुमकोटसम्म पु¥याउन निरन्तर झरी परेको छ । करिब १२÷१५ घण्टाको यात्राका क्रममा बिरामीलाई बाटोमै केही हुन्छकी भन्ने डर छ”, इन्चार्ज ओलीले भन्नुभयो, “हेलिकप्टर बोलाएका थियौँ । यहाँ मौसमको खराब र नाइटभिजन हेलिप्याड नहुँदा राति हेलिकप्टर आउन सकेन् । रातभरी नसुतेर रुकुम(पूर्व) अस्पताल र स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले भिडियोमार्फत सिकाउनु भयो । हामीले सोही अनुसार काम गरेका हौँ ।”

बिहान मौसम खराबका कारण हेल्किप्टर सुर्खेतबाट उड्न नसकेपछि १० बजेमात्रै हेलिकप्टर आएको उहाँले बताउनुभयो । सिस्नेबाट हेलिकप्टरमा बिरामी लिएर उडेको चार मिनेटमै बुढाको बिरामीको मृत्यु भएको ओली जानकारी दिनुभयो । “रातभरी बिरामी पिडाले छट्पाइरहनु भएको थियो । परिवारको अलापविलाप उस्तै थियो । हामीले चाहेर पनि बचाउन सकेनौँ”, उहाँले भन्नुभयो, “यो मराई समान्य थिएन् । निकै पीडादायिक थियो । यो देखिएको र सबैको नजरमा परेको एउटा वास्तविकता हो । नदेखिएका यस्ता घटना गाउँघरमा थुपै्र छन् ।”

जिल्लामा भौगोलिक कठिनता, यातायात, टेलिफोन, विद्युत्को असुविधालगायत कारणले यहाँका नागरिकले यस्ता विभिन्न समस्या झेल्दै आएका छन् । सिस्नेको यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ३ र ४ नं वडाका नागरिकलाई पनि यस्तै समस्या आएमा हेलिकप्टर कुर्नुपर्ने बाध्यता छ । कदमकदाचित हेलिकप्टर आएन भने मृत्युलाई स्विकार्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

सरकारले नागरिकलाई स्वास्थ्यलगायत सबै सेवा सुविधा पु¥याउने ‘स्वास्थ्य नीति’ बनाए पनि दुर्गम क्षेत्रमा हुने यस्ता घटनाले नीतिलाई नै गिज्जाइरहेका छन् । नागरिकस्तरमा चेतनाको अभाव, अन्धविश्वास, पुराना रीतिरिवाज पनि यस्ता घटनाको सहयोगी बनेका छन् ।

स्वास्थ्यचौकी भट्टेचौरका इन्चार्ज ओलीका अनुसार सपना बुढालाई बच्चा जन्माउनको लागि असार अन्तिम साताको डेट दिइएको थियो । पेटमा बच्चाको अवस्था असामान्य रहेकाले यहाँ उपचारमा समस्या हुनसक्ने भन्दै रुकुम(पूर्व) अस्पतालमा रिफर पनि गरिएको उहाँले बताउनुभयो । बच्चा जन्मिने समय कटिसकेपछि स्वास्थ्यकर्मीले पटकपटक जानकारी गराउँदा पनि उहाँको परिवारले अटेरी गर्नुभएको ओलीको भनाइ थियो ।

उहाँहरुले अन्धविश्वासमा धामीझाँक्रीलाई देखाउन लागिरहनुभएको ओलीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको जबरर्जस्तीपछि परिवारका अन्य सदस्यले अस्पताल लैजान तयार भए पनि स्वयम् सपनाले नै नमानेको परिवारले बताएका छन् ।

“१९ गते साँझ ब्यथा लागेर रक्तस्राव धेरै भइसकेको थियो । परिवारका कसैले पनि छुन मानेका थिएनन् । पछि ‘तुरुन्त बोकेर स्वास्थ्यचौकी ल्याउनुस् होइन भने तपाईंहरुलाई पुलिस बोलाएर कारबाही गर्न लगाउछु’ भनेपछि सपनालाई स्ट्रेचरमा बोकेर ल्याएका हुन् । अवस्था सामान्य नभएकाले उहाँलाई जहाँ भेट हुन्छ त्यही प्राथमिक उपचार दिने उद्देश्यले केही आवश्यक समान बोकेर हिडेको थिए”, स्वास्थ्यचौकी इन्चार्ज ओलीले भन्नुभयो, “बाटोमा भेटेर चेकजाँच गर्दा बच्चाको नाल र हात निस्किएको, बच्चाको धड्कन कम भएको र आमाको रक्तस्राव धेरै भएको थियो । त्यसपछि स्वास्थ्यचौकीमा पु¥याएर तुरुन्त अक्सिजन लगाएका थियौँ । यहाँ पु¥याइएको एक घण्टामै पेटमा बच्चाको मृत्यु भइसकेको थियो ।” बिहान १० बजे हेलिकप्टर आएपछि सपनाको प्राणरक्षाको कामना गर्दै उहाँलाई हेलिकप्टरमार्फत सुर्खेत पठाएको भन्दै उहाँले आमा र बच्चालाई बचाउने प्रयास सफल नभएकोमा निराशा व्यक्त गर्नुभयो ।

यो घटना भएको दुई÷तीन दिनपछि फेरि सिस्नेस्थित सिस्ने पोखरीका १८ वर्षीया तिला बुढाले एक शिशुलाई घरमै जन्म दिनुभयो । सालनाल नखसेपछि परिवारले स्वास्थ्यचौकीमा फोन गरेर जानकारी गराएपछि परिवारका सदस्यलाई स्वास्थ्यचौकीमा ल्याउन भनिएको ओलीले बताउनुभयो । “त्यहाँ पनि रुढिवादी संस्कारका कारण कसैले पनि सुत्केरीलाई छुन नमानेकाले म आफैँ आवश्यक औषधि र सामान लिएर सिस्ने पोखरी गएको थिए”, उहाँले भन्नुभयो, “त्यहाँ पुग्दासम्म तिलाको धेरै रक्तस्राव भइसकेकाले सामान्य अवस्थामा फर्काउन निकै समय लागेको थियो ।” इन्चार्ज ओलीले गत मङ्सिरमा पनि भट्टेचौरकी १८ वर्षीया विनिता बुढाले मृत बच्चा जन्माउनुभएको जानकारी दिनुभयो ।

यहाँ हुने अधिकांश गर्भवती र सुत्केरीका घटनाक्रमलाई हेर्ने हो भने प्रायः मानिसले बालविवाह गरेको देखिन्छ । बालविवाहका कारण सामाजिक, आर्थिक, मानसिक, शारीरिक रुपमा असर गर्नुका साथै पुरानो अन्धविश्वास र रुढिवादी संस्कार यहाँ जगडिएर बस्दा झन बढी समस्या थपिएको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष रजबहादुर बुढाले बताउनुभयो ।

“चेतनाको अभावका कारण स्वास्थ्य संस्था जान छाडेर धामीझाँक्रि कहाँ पुग्ने चलन छ”, उहाँले भन्नुभयो, “कसैको बच्चा उल्टो परेकालाई यहाँ हुदैन शल्यक्रिया गर्नुपर्छ सुविधासम्पन्न अस्पताल लैजानु पर्छ भनेर सल्लाह दिँदा ‘पेट चिरेर पानी निकालिदिन्छ, हामी म¥र्यौ भने को जिम्मेवार हुन्छ’ भनेर भन्छन् ।” स्वास्थ्य संस्थासम्म पुग्न रू दुई खर्च गर्न पनि असहज मान्ने यहाँको समुदायले धामीझाँक्री गरेर देवीदेवता खुसी पार्न लाखाैँ ऋण गरेर साँढे, बोका बलि चढाउने गरेका वडाध्यक्ष बुढाको भनाइ छ ।

पछिल्ला केही दिनमा सिस्ने–१ मा भएका घटनापछि रुकुमकोटमा सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालयलगायतको संयुक्त बैठक बसेर सेवा विस्तार गरी चेतनामूलक कार्यक्रम गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष बुढाको नेतृत्वमा गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन पाँच सदस्यीय कार्यदल निर्माण गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका मानिसमा चेतना अभावले स्वास्थ्य संस्थासम्म जान र सुत्केरी गराउन अटेरी गर्ने भएकाले दिनानुदिन यस्ता घटना हुने गरेका छन् ।

कार्यदलमा भट्टेचौरका स्वास्थ्यचौकी इन्चार्ज, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयमसेविका, गाउँपालिकाको स्वास्थ्य शाखाबाट संयोजक÷सहसंयोजक रहने गरी कार्यदल बनाइएको अध्यक्ष रेग्मिले बताउनुभयो । कार्यदलमा रहेका टोलीले गर्भवतीलाई सम्झाइबुझाई समयमै अस्पतालसम्म पु¥याउन सहयोग गर्ने उहाँको भनाइ थियो ।

“भौगोलिक कठिनाइका कारण यहाँका महिलाले विभिन्न समस्या झेल्नु परेको छ”, अध्यक्ष रेग्मीले भन्नुभयो, “सिस्ने–१ म चेतना अभाव प्रमुख कारण बनेको छ ।” आगामी असोजभित्र तीनै तहको सहकार्यमा जिल्लास्थित गैरसरकारी सङ्घसंस्थामार्फत संयुक्त रुपमा स्वास्थ्य, शिक्षा र संस्कृतिसम्बन्धी जागरण अभियान चलाएर सचेतना फैलाउने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै भट्टेचौर स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड र ल्याब सेवा थप गर्ने गाउँपालिकाले जनाएको छ । एक जनालाई अल्ट्रासाउन्ड तालिमको माग गरी क्षेत्रीय तालिम केन्द्रमा तत्काल पठाउने र ल्याबका लागि आवश्य सामग्री, जनशक्ति व्यवस्था गर्न पहल सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँका अनुसार सिस्ने–१ भट्टेचौर स्वास्थ्यचौकीमा आर्थिक वर्ष २०७७/७८ मा २६, २०७८/७९ मा ५८, २०७९/८० मा ४९ र चालु आर्थिक वर्षको साउनसम्ममा छ जनाले बच्चा जन्माएका छन् । तीन जनाले भने घरमा बच्चा जन्माएका थिए ।

अवस्था सामान्य नभएका गर्भवतीलाई रुकुम(पूर्व), रुकुम(पश्चिम) स्थित चौरजहारी, नेपालगञ्जलगायत स्थानका अस्पताल पठाउने गरिएको स्वास्थ्यचौकी इन्चार्ज ओलीले बताउनुभयो ।

जिल्लामा गत असार ६ गते भूमे गाउँपालिका–१ लुकुम पन्चासेकी २६ वर्षीया पुष्पा घर्तीको बच्चा जन्माउने क्रममा मृत्यु भयो । उहाँ सुरुमा झाँक्री स्वास्थ्यचौकीमा पुग्नुभएको थियो । स्वास्थ्यचौकीले रुकुम(पूर्व) अस्पतालमा पठाएको थियो । अत्याधिक रक्तस्राव भइसकेकाले स्वास्थ्यचौकीमा एनेस्थेसिया( शल्यक्रिया गर्दा बेहोस गराउने औषधी) नभएपछि यहाँ शल्यक्रिया सम्भव नभएको भन्दै बिरामीलाई रुकुम(पश्चिम) सल्लेमा पठाइएको थियो ।

उहाँका परिवारले अस्पताल नलगी बिरामीलाई घरमा लगेपछि आमा र बच्चा दुवैको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का सूचना अधिकारी एवम् ल्याब टेक्निसियन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिनुभयो । शल्यक्रियाका लागि अस्पताल पठाएपनि बिरामीका परिवारले घर लगेपछि परिवारको लापरबाहीका कारण आमा र बच्चाको मृत्यु भएको उहाँले बताउनुभयो ।

“सिस्ने गाउँपालिका–७ की १७ वर्षीया आशिका पुनले विसं २०७७ फागुन २५ मा बच्चा रुकुम(पश्चिम) स्थित सल्ले अस्पतालमा मृत बच्चालाई जन्म दिनुभएको थियो”, सूचना अधिकारी गिरीले भन्नुभयो, “सिस्ने–७ कै २९ वर्षीया सीता खड्का रावतको विसं २०७९ माघ १० मा सल्ले अस्पतालमै आमा र बच्चाको मृत्यु भएको थियो ।” उहाँका अनुसार जिल्लामा यस्ता घटना थुप्रै हुने गरेका छन् । घरमै सुत्केरी गराउने, स्वास्थ्य संस्थामा जानकारी नदिने, तथ्याङ्क राख्ने प्रविधिको कमी लगायत कारणले पहिला यस्ता घटना कति भए भनेर आधिकारीक तथ्याङ्क नभएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका दुर्गम क्षेत्रका नागरिकमा चेतनाको अभाव, आर्थिक समस्या, भौगोलिक विकटता, अन्धविश्वास, परिवारको लापरबाही, स्थानीय स्वास्थ्य संस्थामा आवश्य सामाग्री तथा जनशक्तिको कमीलगायत कारणले गर्भवती, सुत्केरी महिला अस्पतालसम्म नपुगी अगालमै ज्यान गुमाउनु परेको चिकित्सकहरु बताउँछन् । रासस

बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.