• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५८ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय तह

  •  बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित

बलेवा । बागलुङका स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका हुन् ।

गलकोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पताल चर्चामा छ । गलकोट र आसपासका बिरामीले अस्पतालबाट चिकित्सकसहितको सेवा लिइरहेका छन् । अस्पतालका लागि आवश्यक पूर्वाधार, प्रयोगशाला र चिकित्सककोसमेत व्यवस्था गरेर नगर अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएदेखि नै दैनिक बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालमा प्रमुख डा राजेश पौडेलले बताउनुभयो ।

यसअघि गलकोट क्षेत्रका सर्वसाधारणलाई समान्य उपचारका लागिसमेत जिल्ला सदरमुकाम वा छिमेकी जिल्ला धाउनुपर्ने बाध्यता थियो । जैमिनी नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनको तयारी गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा प्रयोगशाला विस्तार र नगर अस्पताल सञ्चालनका लागि जग्गा व्यवस्थापन लगायतका काम भइरहेको नगर उप्रमुख हरिहर शर्मा बताउनुहुन्छ ।

कुश्मीशेरा प्राथमिक स्वास्थ्यचौकीको सुधार, विस्तार, चिकित्सकको व्यवस्थापन र पूर्वाधार विकासले त्यहाँ बिरामीको चाप छ । सदरमुकामसमेत रहेको बागलुङ नगरपालिका–१३ पैँयुपाटामा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पताल भवन निर्माणाधिन छ । नगरका हरेक वडामा प्रयोगशालासहित स्वास्थ्यकर्मीको सेवा विस्तार गर्ने योजना नगरपालिकाले अघि सारेको छ ।

“हामी नागरिकको स्वास्थ्यप्रति गम्भीर र संवेदनशील छौँ”, नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “कम्तीमा आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाउनै पर्छ ।” जिल्लाको निसीखोला गाउँपालिकाले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले आव २०७९÷८० को बजेटमा रु २० लाख १० हजार बजेट विनियोजन गरेर एम्बुलेन्स ल्याएको हो । यसअघि सो गाउँपालिका एम्बुलेन्सविहीन थियो । एम्बुलेन्स सञ्चालनका लागि कानुनी प्रक्रियाअनुसार अनुमति लिएर अगाडि बढ्ने र पालिकाले कार्यविधि तथा भाडादर निर्धारण गरेपछि एम्बुलेन्स सञ्चालन हुने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो ।

बरेङ गाउँपालिकाले सामुदायिक फार्मेसीमार्फत नागरिकलाई घरघरमै सबैखाले रोगका औषधि उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाका स्वास्थ्यचौकीमा आधारभूत तहको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको गाउँपालिकाले स्वस्थ्यकर्मीको व्यवस्थापन र उपचार पद्धतिलाई प्राथमिकतामा राखेको छ ।

बडिगाड गाउँपालिकाले क्षयरोग, कुष्ठरोगजस्ता सरुवा रोगको खोजी र उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नागरिक स्वस्थ रहेमात्रै विकास हुने धारणा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले राख्ने गर्नुभएको छ ।

विकास भन्नेबित्तिकै सडक, भवनजस्ता संरचना सम्झिने परिपाटीलाई विस्तारै स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासलाई पनि ध्यान दिन थालेकामा स्वास्थ्यकर्मीले खुसी व्यक्त गर्छन् । जिल्लाका १० स्थानीय तहमध्ये अब केही स्थानीय तहमा एम्बुलेन्स सेवा छैन । बाँकी सबै स्थानीय तहमा एम्बुलेन्स सञ्चालनमा आउँदा नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुन नपर्ने स्वास्थ्यकर्मी बताउँछन् । रासस

बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.