• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २९ मिनेट 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ६ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ६ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १९ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २४ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

गलकोट नगर अस्पताल : उपकरण थपिएपछि स्वास्थ्य सेवा सहज बन्दै

  •  शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित

ढोरपाटन । गलकोट नगरपालिकाले पछिल्लोे समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन् । नगरपालिकाले गत वर्ष पुसदेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ ।

हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृतलगायतका अस्पतालमा आवश्यक दक्ष जनशक्ति थपिँदैछन् । अस्पतालमा आधुनिक उपकरण पनि थपिँदै गएका छन् । नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो । अहिले अस्पतालमा विशेषज्ञ डा राजेश पौडेल र डा मनोज कार्कीले सेवा दिइरहनुभएको छ । विशेषज्ञ चिकित्सकसँगै अस्पतालमा अहिले ‘अल्ट्रासाउन्ड’ उपकरण पनि आएको छ ।

नगर अस्पताललाई गलकोट समाज जापानले रु ३५ लाखको ‘अल्ट्रासाउन्ड’ मेसिन सहयोग गरेको छ । समाजले नगर अस्पताल सञ्चालनका लागि यसभन्दा अगाडि पनि स्वास्थ्य उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो । अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससमेत सहयोग आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । विदेशमा रहेर पनि गलकोटेहले आफ्नो समाजप्रति जिम्मेवार भएर सहयोग गरिरहेको उहाँको भनाइ छ ।

अहिले नगर अस्पतालमा भिडियो एक्स–रे, डेन्टल मेसिन, आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शय्या, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सीलगायतमा पनि समाजबाट सहयोग गरेको भण्डारीले बताउनुभयो । एक वर्षदेखि गलकोटमा १५ शय्याको सेवा प्रवाह गर्दै आएको उहाँ बताउनुहुन्छ । यही अस्पालमा गुणस्तरीय सेवा दिन थालेपछि गलकोटबाट उपचारका लागि बाहिर जानेको सङ्ख्या न्यून भएको प्रवक्ता भण्डारीको भनाइ छ ।

“गलकोट समाज जापानले अहिलेमात्रै होइन, वर्षौँदेखि सहयोग गर्दै आएको छ, स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन नगरपालिकासँग सहकार्य गर्दै आएको छ, अहिलेसम्म लाखौँका सामग्री प्राप्त भएको छ”, प्रवक्ता भण्डारीले भन्नुभयो, “अहिले स्वास्थ्यमा ठूलो परिवर्तन आएको छ, पहिले बिरामी हुँदाबित्तिकै हजारौँ खर्च गरेर सुविधासम्पन्न अस्पतालमा पुग्ने स्थानीय अहिले यही आएर उपचार गराउनुभएको छ, सन्तुष्ट पनि उत्तिकै हुनुहुन्छ ।”

गलकोट क्षेत्रमै सहरबजारका सुविधायुक्त अस्पतालमा जस्तै सेवा प्रवाहका लागि आफूहरूले जापानमा सहयोग जुटाएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले बताउनुभयो । गलकोट समाजले स्वास्थ्यसँगै खेलकुद र विपन्न परिवारलाई सहयोग गर्दै आएको उहाँको भनाइ छ । लामो समयदेखि समाजिककार्य गर्दै आएको गलकोट समाज जापानले रु १८ करोडभन्दा बढी रकम विभिन्न क्षेत्रमा सहयोग गरेको उहाँको भनाइ छ ।

नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले सेवा थपिँदै गएपछि बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । पछिल्लो समय ठूला सहरमा उपचार गराउन जाने बिरामीले गलकोटमै सेवा लिइरहेको पौडेलको भनाइ छ । अहिले अस्पतालमा दैनिक एक सय ७० देखि दुई सय जना बिरामीले उपचार सेवा लिने गरेको डा पौडेलले बताउनुभयो ।

हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् । अस्पालमा हाल गलकोट नगरपालिकाबाहेक ताराखोला, बरेङ, बडिगाड गाउँपालिका सहित गुल्मीको मुसिकोट नगरपालिकालगायतबाट बिरामी आउन थालेको उहाँको भनाइ छ । रासस

शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्घीय अस्पतालमा शवगृह बनाइने
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्घीय अस्पतालमा शवगृह बनाइने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.