• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

बडिमालिकामा सेनाको शिविरमा एक हजार आठ सयभन्दा बढीलाई सेवा

  •  शनिबार, भदौ १६, २०८० मा प्रकाशित

बाजुरा । धार्मिक तथा पर्यटकीय बडीमालिकामा भदौ शुल्क पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा सहभागी हुनेलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आठ सय ६६ जनाको उपचार भएको छ ।

चार हजार दुई सय १२ फिटको उचाइमा रहेको बडीमालिकाको तीर्थस्थल त्रिवेणी र बडीमालिका मन्दिरमा पाँच सय ४५ पुरुष र तीन सय २१ महिला गरी आठ सय ६६ जनालाई स्वास्थ्योपचार गरेको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारीअनुसार बडीमालिकामा दर्शन गर्न गएका तीर्थयात्रीलाई अक्सिजन अभावका कारण र विभिन्न प्रकारका बिरामी थला परेर सिकिस्त बिरामी भएपछि सेनाको मेडिकल टोलीले उद्धार गर्दै सेनाको मेडिकल क्याम्पमा उपचार गरेको बताउनुभयो ।

बडीमालिकाको दर्शनका लागि गएका तीर्थयात्रीलाई लेक लाग्ने र अक्सिजन अभावका कारण समस्या आउने भएकाले दुर्गाभञ्जन गुल्मको संयोजकत्व तथा श्री नं ५ फिल्ड एम्बुलेन्स गुल्मको डाक्टर अधिकृतसहितको मेडिकल टिमले आठ सय ६६ जनाको उपचार र नौ सय ५५ जनालाई उपचार परामर्श सेवासहित एक हजार आठ सय २१ जनालाई उपचार गरेको सेनानी सिंहले बताउनुभएको छ ।

बडीमालिका मन्दिर र त्रिवेणी धाममा आएका दर्शनार्थीलाई हुनसक्ने जोखिम र समस्यालाई निराकरण गर्न गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेना बाजुराले जनाएको छ ।

छ जनाको उद्धार
धार्मिक तथा पर्यटकीय बडीमालिकाको दर्शनका लागि गएका लेक लागेर र अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएका छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जनाएको छ ।

भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन लाग्ने बडीमालिकाको पूजाका लागि दर्शन गर्न गएका दर्शनार्थी छ जनालाई अक्सिजन अभावका कारण त्रिवेणीधाममा लडेर अचेत अवस्थामा रहेकालाई सेनाको हेलिकोप्टरमार्फत उपचार गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले बताउनुभएको छ ।

सेनाको हेलिकोप्टरमा कालीकोट पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी नगरपालिका–९ बस्ने ६५ झुपुदेवी धामी, त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढा, कैलाली जिल्ला गोदावरी नगरपालिका अत्तरियाका ६३ का ईश्वरी बोहरा र ५२ वर्षीया गङ्गादेवी बोहरा र जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका–२ बस्ने ४६ वर्षीया विनुदेवी बस्नेतलाई उद्धार गरिएको बताउनुभयो ।

उद्धार गरिएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चार जनालाई उपचारपछि घर फर्काइएको छ । उद्धार गरिएका पाँच जनालाई लेक लागेर अक्सिजन अभावका कारण त्रिवेणी धाममा लडेर अचेत अवस्थामा फेला पारेपछि त्रिवेणीमा सञ्चालन गरिएको र प्राथमिक उपचारपछि जिल्ला अस्पताल बाजुरामा थप उपचारका लागि पठाइएको थियो । जुम्लाकी विनुदेवी बस्नेतको बडीमालिकाबाट घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर दायाँ खुट्टा भाँचिएपछि उद्धार गरिएको सेनानी सिंहको भनाइ रहेको छ ।

दुईको मृत्यु

बडीमालिकामा लेक लागेर सिकिस्त बिरामी भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट जिल्ला पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने हुनुहुन्छ । उहाँलाई त्रिवेणी धाममा लडेर घाइते भएर अचेत अवस्थामा रहेका बेला सेनाको फेला पारेपछि प्राथमिक उपचारपछि थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै अक्सिजन अभावका कारण त्रिवेणीमा लडेर अचेत अवस्थामा रहेका त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । बुढालाई नेपाली सेना बाजुराले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा प्राथमिक उपचार गर्दागर्दै मृत्यु भएको दुर्गा भञ्जन गुल्मका सेनानी सिंह बताउनुहुन्छ ।

मृत्युपछि बुढाको शवलाई नेपाली सेनाको एनए ०६१ को हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा परीक्षण गरेर शव आफन्तलाई बुझाइएको हो । बडीमालिकामा नेपाली सेनाको मेडिकल क्याम्पले प्राथमिक उपचारसँगै उद्धार गरेर चार जनाको ज्यान बचाउन सफल भएको छ । रासस

शनिबार, भदौ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.