• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ५ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १० घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १० घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

पन्ध्र शय्याको नगर अस्पताल स्वास्थ्य सहायकको भरमा

  •  शनिबार, भदौ १६, २०८० मा प्रकाशित

पर्वत ।पर्वत रासस कुस्मा नगरपालिका–१२, ठूली पोखरीमा रहेको नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ ।

एक एमबिबीएस डाक्टरसहित १३ जनाको दरबन्दी रहेको अस्पताल विगत पाँच वर्षदेखि स्वास्थ्य सहायक (हेल्थ असिसटेन्ट)ले निमित्तका रूपमा चलाउँदै आएका छन् । दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन् । तत्कालीन डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि दरबन्दीका कुनै डाक्टर आउन सकेका छैनन् ।

सुविधासम्पन्न भौतिक पूर्वाधार, एम्बुलेन्ससहित आधुनिकयन्त्र उपकरण भए पनि दरबन्दी अनुसारका चिकित्सक र प्राविधिक नआएपछि सेवाग्राही मारमा परेका छन् । अस्पतालका निमित्त प्रमुख भीमकुमारी लामिछानेले भन्नुभयो, “दरबन्दीका डाक्टर नै जिल्लामा नभएर होला, भएको भए त आउनुपर्ने हो ।”

नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको आधारभूत अस्पताल दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण सामान्य बिरामी हुँदासमेत पोखरा तथा काठमाडौँ पुग्नुपर्ने बाध्यता छ । देश सङ्घीय संरचनामा गएपछि दरबन्दीमा डाक्टर आउन छाडेका हुन् । स्थानीय तह र प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उहाँको भनाइ छ । दक्ष जनशक्तिकै अभावमा अस्पतालमा रहेका एक्सरे र भिडियो एक्सरे मेसिनसमेत अलपत्र बनेका छन् ।

केही समय एमबिबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक÷दुईजना डाक्टर आएको भए पनि उनीहरूको समेत सेवा सकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र निमित्तको भरमा चलेको हो । अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक स्वास्थ्य सहायक, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन अनमी र स्थायी एक अहेब रहेका छन् ।

कुस्मा–४ का साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडाध्यक्ष झलकप्रसाद रिमालले बताउनुभयो । उहाँले प्रदेश सरकारसँग नगर अस्पतालको अनुमति दिन र आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराइदिन माग गरे पनि सुनुवाइ नभएको बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग पुगेर मागपत्र बुझाएको र उहाँले केही समयमै डाक्टर पठाउने आश्वासन दिएको छ महिना बितिसक्दा पनि माग पूरा नभएको अध्यक्ष रिमालले बताउनुभयो ।

अस्पतालमा डाक्टर मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त छैनन् । एक्सरे मेसिन सञ्चालन नहुँदा बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको अस्पतालका सिनियर अहेब पठी धामीले बताउनुभयो । “सामान्य उपचारका लागि आवश्यक पर्ने एक्सरे मेसिन बिग्रिएको दुई वर्ष भयो”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायमा पटकपटक भन्दासमेत सुनुवाइ हुँदैन ।”

अस्पतालमा अहिले गर्भवतीका लागि मात्रै प्रयोग हुने भिडियो एक्सरेसमेत सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या परेको छ । तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा गर्भवतीले नियमित सेवा पाउन सकेका छैनन् ।

स्टाफ नर्सले तालिम लिएर आएको भए पनि अध्ययन बिदामा जाँदा उक्त मेसिन चलाउने जनशक्ति केन्द्रमा नभएको निमित्त प्रमुख लामिछानेले बताउनुभयो । नगरपालिकाले सो अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा कुनै चासो दिएको छैन ।

जनप्रतिनिधिले प्रदेश तथा सङ्घीय सरकारअन्तर्गतको सम्बन्धित मन्त्रालयसँग छलफल भएको दाबी गरेको भए पनि अहिलेसम्म कुनै पहल भएको पाइएको छैन । नगरप्रमुख रामचन्द्र जोशीले नगर अस्पतालमा दरबन्दीअनुसार डाक्टर ल्याउन आवश्यक पहल गरिरहेको बताउनुभयो । रासस

शनिबार, भदौ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.