• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

मुस्लिम समुदायका बालबालिका खोप लगाउँदै

  •  बुधबार, भदौ २०, २०८० मा प्रकाशित

नेपालगञ्ज । बाँकेको नेपालगन्जमा मुस्लिम समुदायका बालबालिकाले पनि खोप लगाउन थालेका छन् । समुदायमा आएको स्वास्थ्यसम्बन्धी सचेतता र जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका धर्मगुरुलगायतले उनीहरुका अभिभावकलाई खोप लगाउनुको फाइदाका बारेमा जानकारी दिएपछि बालबालिकाले खोप लगाउन थालेका जिल्ला स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ३, ४, ५, ६, ७ र १४ मा रहेका अधिकांश मुस्लिम समुदायका बालबालिकाले खोप लगाउन थालेका कार्यालयका खोप फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । “करिब १० प्रतिशत मुस्लिम समुदायका बालबालिका खोपको अवसरबाट वञ्चित भएका थिए”, उहाँले भन्नुभयो, “अहिले खोप लगाउन सुरु भएको छ ।”

फेकलपर्सन श्रेष्ठका अनुसार नेपालगन्जमा दादुराको महामारी देखिएपछि पनि बालबालिकालाई खोप लगाउनुपर्छ भन्ने मानसिकताको विकास भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले खोप लगाउनुका फाइदाका बारेमा जानकारी गराएपछि मुस्लिम समुदायको सक्रियतामा बालबालिकाले खोल लगाएकोमा खुसी व्यक्त गर्नुभयो । नेपालगञ्जकी तरोन्नम बानोले खोपको महत्व र आवश्यक्ता बुझेपछि बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिँदै अहिले अधिकांश बालबालिकाले खोप लगाएको बताउनुभयो ।

बालरोग विशेषज्ञ डा सकिल अहमद विगत भन्दा अहिले फरक भएकाले खोप नलाएका कारण आउने बिरामी घटेको जानकारी दिनुभयो । उहाँले अभिभावकको खोपप्रति धारणा परिवर्तन भएको बताउनुभयो । उपमहानगरपालिका–३ का फैजुनब्बी जामा मस्जिदका इमाम मुफ्ती मोहम्मद जाफर रजाले मुस्लिम समुदायको आचारसंहिता (शरियत) का अनुसार खोप लगाउनु अवैध मानिए पनि पछिल्लो समय विभिन्न रोगको सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्यका दृष्टिकोणले खोप लगाउन थालिएको बताउनुभयो ।

खोप लगाउनुको उद्देश्य भनेको निश्चित रोग लाग्नबाट बचाउने वा लागे पनि त्यसलाई गम्भीर हुन नदिने भएकाले सबैले अनिवार्य खोप लगाउनुपर्ने खोप फोकलपर्सन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिसिजी, डिपिटी, पिसिभि, दादुरा, रुबेला, जापनीज इन्सेफ्लाइटिस, पोलियोलगायतका खोप बालबालिकालाई लगाउने गरिन्छ । रासस

बुधबार, भदौ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.