• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य सेवाको अभावमा नागरिकले ज्यान गुमाउनु नपरोस् : उपराष्ट्रपति यादव

  •  शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

वीरगञ्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य सेवाको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने अवस्थाको सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल औषधि व्यवसायी सङ्घको १४औँ अधिवेशनको आज वीरगञ्जमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देशका दूरदराजमा वस्तीका नागरिकसम्म अझै स्वास्थ्य सेवा सहज पहुँच पुग्न नसकेकाले स्वास्थ्य सेवाकै अभावमा ज्यान गुमाउनुपर्ने स्थिति छ, त्यसैले अब कुनै पनि नागरिकले उपचारकै अभावमा मर्नु नपरोस् भन्ने अवस्थाको सृजना गर्नु आवश्यक छ ।”

स्वास्थ्य सेवालाई सहज, सुल्भ र सबैको पहुँच हुने अवस्थाको सृजना गर्न औषधि व्यवसायीको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै उपराष्ट्रपति यादवले शहरदेखि गाँउसम्म औषधि व्यवसायीले सेवा दिइरहेकाले अबका दिनमा दूरराजका वस्तीसम्म पनि औषधिको सेवा अझ प्रभावकारीरूपमा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

मुलुकको अर्थतन्त्रमा औषधि व्यवयासीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन औषधि व्यवसायी सङ्घले थप योगदान दिनुपर्नेमा जोड दिनुभयो । औषधि व्यवसायीको विद्यमान समस्यालाई गम्भीरताका साथ लिएर समाधानका लागि सरकारले कदम चाल्नुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले विगत ६० वर्षदेखि औषधि व्यवसायमा सङ्लग्न वीरगञ्जका ८० वर्षीय राजेश्वरप्रसाद सर्राफलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

वीरगञ्जस्थित नगरसभा गृहमा सुरु भएको सङ्घको अधिवेशनमा केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्षलगायत प्रत्येक जिल्लाबाट तीन÷तीन जनाको प्रतिनिधि र पर्यवेक्षक गरी २१० जनाको सहभागीता रहेको सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिनुभयो । सो अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, आयात, थोक र खुद्रा बिक्रेताबाट एक/एक जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत पदाधिकारीसहित २१ सदस्यीय कार्य समिति चयन हुनेछन् । रासस

शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.