अन्नपूर्ण (कास्की) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बतानुभएको छ ।
नेपाल किसान महासङ्घले पोखरामा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन संशोधन गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो–“चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ । यसलाई प्रधानमन्त्री र पार्टीका नेताले सकरात्मक रुपमा लिनुभएको छ । संशोधन प्रक्रिया अघि बढिसकेको छ ।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न कठोर नीति अवलम्बन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको सुधारका आफू प्रतिबद्ध रहेको दोहोर्याउनुभयो । रासस
