• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ४ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ४ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १७ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २१ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २१ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २१ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २२ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

एक वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टर विहीन

  •  सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित

कुश्मा पर्वत । गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भनी स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षदेखि डाक्टर छैनन् । डाक्टर नहुँदा स्वास्थ्य सेवा लिन पर्ने सर्वसाधारण मर्कामा परेका छन् ।

डाक्टरविहीन रहेको पर्वतको कुश्मा नगरपालिका–१२ को ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रको दुई वर्षदेखि एक्सरे मेसिन समेत प्रयोगविहीन छ । स्वास्थ्य चौकीमा डाक्टर नहुने र भएका स्वास्थ्य उपकरण पनि प्रयोगविहीन भएपछि स्वास्थ्य सेवा लिनेलाई सास्ती भएको छ ।

विगतमा दैनिकजसो ४० देखि ५० जना व्यक्तिसम्म स्वास्थ्य सेवा लिँदै आएकोमा यतिखेर डाक्टर नहुँदा सङ्ख्या घटेर १५ देखि २० जनामा झरेको छ ।

स्वास्थ्य चौकीमा निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी अनमी भिमकुमारी शर्माले भन्नुभयो, “डाक्टर छैनन् भनेपछि सर्वसाधारणमा स्वास्थ्य संस्थाप्रति विश्वास कम हुने रहेछ । एकातिर डाक्टर नहुने अर्कोतिर भएका स्वास्थ्य उपकरण समेत बन्द हुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ ।”

स्वास्थ्य चौकीमा कार्यरत अनमी देवीकुमारी शर्माले भिडियो एक्स-रे चलाउन जान्ने व्यक्ति नहुँदा सबैभन्दा बढी गर्भवती स्वास्थ्य सेवा प्रभावित बनेको बताउँदै उहाँले भन्नुभयो, “भिडियो एक्स-रे मेसिन हामीसँग छ, तर चलाउन जान्ने दक्ष व्यक्ति छैनन् । चलाउन जान्ने स्टाफ नर्स सरुवा भएर जानुभयो । अरूलाई आउँदैन । छिटोभन्दा छिटो तालिम दिन सकेमा गर्भवती भएका दिदीबहिनीहरू परीक्षणका लागि टाढा धाउनु पर्ने थिएन ।”

गत आर्थिक वर्ष २०७९/८० मा सुत्केरी स्वास्थ्य सेवा ४० जनाले लिएका थिए भने अहिले साउनदेखि यता भने भिडियो एक्स-रे सेवाको अभावका कारण जम्मा ५ जनाले मात्रै लिएको स्वास्थ्यकर्मीको भनाइ छ । निमित्त प्रमुख शर्माका अनुसार स्वास्थ्य चौकीमा एकजना डाक्टर र एक स्टाफ नर्ससहित ९ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि जम्मा ६ जना मात्रै कार्यरत छन् ।

ठूलीपोखरी स्वास्थ्य चौकीमा सेवा लिनका लागि थापाठाना, आर्थर, कार्कीनेटा, शंकरपोखरी, स्याङ्जाको अर्जुनचौपारीदेखि बिरामी आउने गर्दछन् । डाक्टर र स्वास्थ्य उपकरण नहुँदा सामान्य स्वास्थ्य उपचार सेवाका लागि समेत जिल्ला अस्पताल र पोखरातिर धाउन पर्ने बाध्यता आइपरेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाका लागि दरबन्दीअनुसारको डाक्टर ल्याउन र लाखौँ लागतको एक्स-रे मेसिन मर्मतका लागि कसैले पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

स्वास्थ्यकर्मी रविना परियारका अनुसार स्वास्थ्य चौकीमा रहेको एक्स-रे मेसिन बिग्रिएर थन्किएको दुई वर्ष भइसकेको छ । ठूलीपोखरी स्वास्थ्य चौकीमा ७ महिना पहिले २०७९ फागुन २१ देखि २३ गतेसम्म वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

तीन दिनको स्वास्थ्य शिविरको आयोजक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निजामती कर्मचारी अस्पताल मिनभवन काठमाडौँ र सह–आयोजकमा कुश्मा नगरपालिका रहेका थिए । निःशुल्क भनिएको स्वास्थ्य शिविर सञ्चालनमा विनियोजित रकमभन्दा बढी खर्च भएपछि शिविर नै विवादित बनेको थियो ।

सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.