• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ३ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २१ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २१ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २१ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

  •  मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित

ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए । सानै उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा तीन–चारवटा बच्चा जन्माउने गर्थे । तर अहिले यो अवस्था निकै परिवर्तन भएको छ । नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् । केही वर्ष अगाडिसम्म यहाँका महिलाले घरमै बच्चा जन्माउँथे । सरकारले ‘शून्य होमडेलिभरी’को नीति ल्याए पनि निसीखोलामा कार्यान्वयन गर्न सकिएको थिएन ।

अहिले त्यो अवस्था छैन । यहाँका हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्छ भन्ने छाप बसेको छ । त्यसले गर्दा उनीहरू स्वास्थ्य संस्थामै पुग्ने गर्छन् । कतिपय गर्भवती बच्चा जन्माउने समय आउनासाथ स्वास्थ्यचौकी र बर्थिङ सेन्टरमा पुग्छन् भने कतिपय सुत्केरी ब्यथा लाग्न थाल्यो भनेमात्रै स्वास्थ्य संस्था जाने सुरसार गर्छन् । जसका कारण पछिल्लो समय निसीखोलामा स्वास्थ्य संस्था नपुग्दै बीच बाटोमा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभन्दा टाढा रहेको स्वास्थ्यचौकीमा उनीहरू समयमै पुग्न नसक्दा बाटोमै बच्चा जन्माउने गरेका छन् । यहाँका अधिकांश गाउँबाट स्वास्थ्य संस्था पुग्न आधा घण्टादेखि दुई घण्टासम्म समय लाग्छ ।

निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यजस्तै छ । बर्थिङ सेन्टर र स्वास्थ्यचौकी टाढा हुँदा बाटोमै सुत्केरी भएपछि महिलाले ठूलो सास्ती खेप्नुपरेको छ । बीच बाटोमै सुत्केरी हुँदा आमा र बच्चाको अवस्थाबारे स्वास्थ्यकर्मीले समयमै जानकारी लिन पाउँदैनन् । कतिले बाटोमा सुत्केरी भएपछि त्यहीँबाटै घर फर्काउँछन् भने कतिले स्वास्थ्य संस्थामा पुर्याएर स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै फर्काउँछन् । निसीखोलाको भू–भाग कैतै अग्ला डाँडा, कतै होचा खोँच त कतै समथर भू–भाग रहेको हुँदा गाउँदेखि अर्को गाउँसम्म पुग्न घण्टौँ लाग्छ । त्यसले गर्दा अस्पताल पुग्नै गाह्रो हुने गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जुनी घर्तीमगरले विगतको तुलनामा ‘होमडेलीभरी’ हुनेको सङ्ख्या निकै कम भएको बताउनुहुन्छ ।

करिब दुई वर्षयता कुनै पनि गर्भवती घरमा सुत्केरी भएको तथ्याङ्क नभएको भन्दै केही अस्पताल आउँदै गर्दा बाटोमै सुत्केरी हुने गरेको घर्तीमगर बताउनुहुन्छ । पछिल्लो समय महिला शिक्षित र सचेत बन्न थालेपछि स्वास्थ्यका बारेमा बढी चासो दिनुका साथै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको उहाँ बताउनुहुन्छ । अघिल्लो वर्ष करिब ३० गर्भवती स्वास्थ्य संस्था जाने क्रममा बाटोमै सुत्केरी भएको संयोजक घर्तीको भनाइ छ । यस वर्ष पनि करिब १५ जना बाटोमै सुत्केरी भएको उहाँले बताउनुभयो ।

“घरमै सुत्केरी हुने एक प्रतिशतमात्रै होला, गत वर्षदेखि घरमा सुत्केरी भएको पाइएको छैन, तर बर्थिङ सेन्टर र स्वास्थ्यचौकी आउँदा बाटोमै सुत्केरी हुनेको सङ्ख्या भने बढेको छ, बस्ती टाढा–टाढा छन्”, घर्तीले भन्नुभयो, “अहिले धेरै महिला दिदीबहिनी सचेत बन्दै जानुभएको छ, सबैलाई सुत्केरी हुन स्वास्थ्यचौकीमै जानुपर्छ भन्ने सोच छ, धेरैजसो समयमै बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा आएर बच्चा जन्माउने गर्नुभएको छ, कोहीचाहिँ ब्यथा लागेपछि मात्रै घरबाट हिँड्दा बाटोमा बच्चा जन्माउने गरेको पाइन्छ, गर्भ जाँच गर्न आउँदा नै उहाँहरूलाई समयमै आउनुपर्छ भनेका हुन्छौँ ।”

निसीखोलाभर छवटा बर्थिङ सेन्टर छन् भने स्वास्थ्यचौकी चार, सामुदायिक स्वास्थ्य एकाइ दुई र आधारभूत स्वास्थ्य सेवा केन्द्र दुईवटा छन् । स्थानीय ६३ वर्षीया चन्द्रमला बुढामगरले आफूहरूको पालामा कोहीले पनि अस्पतालमा गएर बच्चा नजान्माएको भन्दै अचेल हरेक गर्भवती स्वास्थ्य संस्थामा पुग्ने गरेको बताउनुभयो । आफूहरूको पालामा स्वास्थ्य संस्था धेरै टाढा हुँदा धेरै समस्या भोग्नुपरेको भन्दै अहिले सहज बन्दै गएको उहाँको भनाइ छ ।

बुढामगरले भन्नुभयो, “मैले सात छोराछोरी जन्माएँ, कोही घाँस काट्दा बारीको काल्नामा जन्मिए, कोही गोठालो गएको बेला जङ्गलमा, अहिले त अस्पतालमै जान्छन्, अस्पतालमा गएर सुत्केरी हुँदा बच्चा निरोगी हुँदा रैछन्, हाम्रो पालामा घरमा बच्चा जन्माउन नसकेपछि मात्रै डोकामा बोकेर अस्पताल लैजाने गरिन्थ्यो, नजिकमा अस्पताल थिएनन्, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन लाग्थ्यो, अहिले त आधा घण्टामै पुग्न सकिन्छ ।”

निसीखोलाको निसेलढोर, जाउलेपानी, छापाखानी, चैतेलगायत गाउँबाट स्वास्थ्यचौकी पुग्न घण्टौँ लाग्छ । मोटरबाटोले सबै गाउँ जोडिए पनि निरन्तर यातायातका साधान नचल्दा गर्भवती अस्पताल नपुग्दै बाटोमै सुत्केरी हुने गरेको स्थानीय बताउँछन् । रासस

मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.