• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १० घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १२ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने

  •  बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित

खोटाङ । सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको वर्ष दिनसम्म निःशुल्क उपचार गरिदिने भएको छ । प्रतिष्ठानले गत शनिबार (मङ्सिर २ गते)देखि लागू हुने गरी विसं २०८१ मङ्सिर २ गतेसम्म नगरपालिकाका सबै पाठेघर खस्ने समस्या भएका बिरामीको निःशुल्क उपचारको व्यवस्था गरिदिने भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रतिष्ठानका निर्देशक महादेव बानियाँबीच पाठेघर खस्ने समस्यामा परेका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क उपचारको प्रबन्ध मिलाउने द्विपक्षीय सम्झौता भएको छ । नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाको पहिचान गरेर अस्पतालसम्म पुर्याउने तथा अस्पतालमा लाग्ने परीक्षण, शल्यक्रिया, औषधि र खानाको व्यवस्था प्रतिष्ठानले गर्ने द्विपक्षीय सम्झौतापत्रमा उल्लेख छ ।

नगरपालिकाबाट पाठेघर खस्ने समस्या भएका ३७ महिलालाई शल्यक्रियाका लागि बनेपा पुर्याइएको मौकामा नगरपालिका र प्रतिष्ठानबीचमा पाठेघर खसेका महिलाको निःशुल्क उपचारका लागि नौ बुँदे सम्झौता गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । “पाठेघर खस्ने समस्या भएका एक जना बिरामीलाई जिल्ला बाहिर लगेर स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधोपचार, खाना र यातायात गरी रु ७० देखि रु ७५ हजार खर्च लाग्छ ।

नगरपालिकाकातर्फबाट वडावडामा पाठेघर खस्ने समस्याको पहिचानका लागि शिविर आयोजना गरेर पाठेघरसम्बन्धी समस्या पहिचान गर्ने, शल्यक्रियाका लागि अस्पताल जानेआउने क्रममा बिरामी र कुरुवालाई लाग्ने दोहोरो यातायात खर्च व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ”, उहाँले भन्नुभयो, “प्रतिष्ठानकातर्फबाट शल्यक्रिया शुल्क, बिरामी भर्ना, ल्याब परीक्षण, औषधिलगायत अस्पतालको सम्पूर्ण खर्च व्यवस्था गर्ने, भर्ना भएका बिरामी र एक जना कुरुवालाई बिहान–बेलुकाको खानाबापतको खर्च दिने, आवश्यक प्राविधिक सल्लाह प्रदान गर्ने सम्झौता गरिएको छ ।

नगरपालिकाले सिफारिस गरेका २० जना स्वास्थ्यकर्मीलाई अस्पतालले पाठेघर खस्ने समस्या पहिचानसम्बन्धी तालिम दिने, आगामी फागुन–चैतमा दिक्तेलमा आवश्यक उपकरणसहितका १५ जना विज्ञ टोली ल्याएर पाठेघर खस्ने समस्याको निःशुल्क परीक्षण गर्ने, कक्षा ९ देखि १२ सम्म अध्ययनरत किशोरीलाई पाठेघर खस्ने समस्याबाट जोगिन अपनाउनुपर्ने सावधानीको विषयमा प्रशिक्षित गराउने सम्झौता भएको छ ।”

गत मङ्सिर २ गते नगरपालिकाबाट शिर मेमोरियल लगिएका पाठेघर खसेका ३७ बिरामीमध्ये १७ जनाको शल्यक्रिया भइसकेको छ । पाठेघर खस्ने समस्या भएका ६२ मध्ये ३७ जनामात्र अस्पताल जान तयार भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभएको छ । कतिपय बिरामीको शल्यक्रिया नगरी थेरापी गर्दा नै रोग निको हुने अस्पतालले जानकारी दिएको नगरपालिकाले जनाएको छ । कतिपयलाई भने श्वासप्रश्वास, फोक्सो, मुटु, उच्च रक्तचापलगायतको समस्या देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा पाठेघर खस्ने समस्यालाई महिलाले लाज र शरम मानेर लुकाउने गरेको पाइएको छ । जिल्लामा यौन शिक्षाका विषयमा खुलेर बोल्न नचाहने, समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ । रासस

बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.