• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

एक सय ५८ जनाले गरे मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

  •  सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

डुम्रे (तनहुँ) । भानु नगरपालिकामा गरिएको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियासहितको तीनदिने आँखा परीक्षण शिविरमा एक हजार १९ लाभान्वित भएका छन् । अधिकांश मानिसमा मोतियाबिन्दुका बिरामी बढ्न थालेपछि गाउँमा नै सहजरुपमा शल्यक्रियासहितको सेवा प्रवाह गर्ने उद्देश्यले शिविर गरिएको हो ।

आँखा परीक्षण गराएका एक हजार १९ मध्ये एक सय ५८ जनामा मोतियाबिन्दु निदान भएको नारायणगढ लायन्स क्लबका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा परीक्षणका क्रममा मोतियाबिन्दु निदान भएका बिरामीको भानु नगरपालिका–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्र सामुदायिक भवनमा शिविरमै निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

उहाँले भन्नुभयो, “यहाँ मोतियाबिन्दुका बिरामी बढी भएकाले सहजरुपमा गाउँघरमै सेवा प्रवाह गरिएको हो । बाइसजाँगर, चन्द्रावती, नारेश्वरटारलगायतका भानु नगरपालिकाभित्रका विभिन्न स्थानमा गरिएको मोतियाबिन्दु निदान भएका बिरामीको नारेश्वरटारमा शल्यक्रिया गरिएको छ ।”

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यस्ता शिविर समय समयमा गरी आँखा नदेखिने समस्या समाधान गर्ने प्रयासमा रहेको बताउनुभयो । अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको पाइएकाले शिविरले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आँखाको समस्या समाधानका लागि उपचारमा सहज बनाउने लक्ष्य लिएका छौँ । योजना तयार गरी यसको अगाडिको प्रक्रिया थाल्नेछौँ ।”

यस क्षेत्रमा आँखाका बिरामीको उपचारका लागि समस्या रहेकाले आँखा उपचार केन्द्र स्थापना गर्ने योजनाका लागि कार्यपालिका बैठकमा छलफल गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयको स्वास्थ्य प्रमुख हो । सोहीअनुरुप काम गर्ने योजनासहित यसको विषयमा छलफल गर्न लागिएको हो ।”

शिविरमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवनका डा रञ्जितकुमार शाहको प्रमुख नेतत्वमा डा मनिषा थापा, डा सृष्टि पौडेल, डा रमेश घिमिरे, डा वीरमाया तामाङलगायतका चिकित्सकले मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएको थियो । डिएके फाउन्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवन, भानु नगरपालिकाको कार्यालय तनहुँ, नारायणगढ लायन्स क्लब चितवन, लायन्स क्लब अफ नारायणगढ नारायणी र भानु नगरपालिका–२ को कार्यालय, आधारभूत स्वास्थ्य केन्द्रको सहयोगमा शिविर गरिएको हो ।

भानु नगरपालिकामा आँखा परीक्षण केन्द्र स्थापना गर्ने योजना रहेको नारायणगढ लायन्स क्लब चितवनका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नारेश्वरटार आधारभूत स्वास्थ्य केन्द्रमा नै आँखा उपचार केन्द्र स्थापना गर्ने योजना छ । नगरपालिकासँग समन्वय भइरहेको छ । यहाँबाट अनुरोधपत्र पेस भएमा हामीले अरु प्रक्रिया अगाडि बढाउनेछौँ ।” भानु नगरपालिका मात्रै नभई अन्य क्षेत्रका आँखाका बिरामीलाई सहज हुने उहाँले बताउनुभयो । रासस

सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.