• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

हुम्लामा तोकियो एम्बुलेन्सको भाडा

  •  शनिबार, पुष २१, २०८० मा प्रकाशित

सिमकोट (हुम्ला)। जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो ।

एम्बुलेन्स सञ्चालक समितिसहित प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सडक पुगेका बस्तीहरुमा बिरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पतालबाट तीन गाउँपालिकाका विभिन्न बस्ती र सदरमुकामभित्र प्रतिकिमीका आधारमा भाडा निर्धारण गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । सदरमुकामबाट जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका बस्तीबाट बिरामी ल्याउन रु ३२ हजार भाडा तोकिएको उहाँले जानकारी दिनुभयो । यो सबैभन्दा बढी भाडा लाग्ने स्थान हो ।

सिंहका अनुसार सदरमुकाम तथा बजार भित्रबाट जिल्ला अस्पतालमा बिरामी पु¥याउँदा रु एक हजार भाडा लाग्ने छ । “सदरमुकामदेखि बुराउँसेसम्म रु एक हजार पाँच सय, ठेहे तीन हजार, बरगाउँ रु दुई हजार पाँच सय, दोजाम रु पाँच हजार पाँच सय, डाडाफया रु दुई हजार तीन सय, हेप्का रु तीन हजार, खार्पुनाथ रु तीन हजार छ सय, याल्वाङ रु नौ हजार, याङ्गार रु नौ हजार आठ सय, मुचु रु १० हजार पाँच सय, लिमाटाङ रु दुई हजार पाँच सय, खगालगाउँ रु चार हजार पाँच सय, हिल्सा रु ३० हजार, तुम्कोट रु ११ हजार, यारी रु १३ हजार पाँच सय, चौगनफया रु पाँच हजार पाँच सय, धारापोरी रु पाँच हजार पाँच सय, केर्मी रु छ हजार आठ सय, लाग्ना रु एक हजार पाँच सय, तोर्पा रु तीन हजार भाडा कायम गरिएको छ”, उहाँले भन्नुभयो ।

जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले गन्तव्यसम्मको भाडा असुल गर्दा अनिवार्य रुपमा बिल दिनुपर्ने र तोकिएभन्दा बढी भाडा लिन नपाइने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताललाई गत वर्ष भारतीय दूतावासद्वारा उपहारस्वरुप एम्बुलेन्स सहयोग प्राप्त भएको थियो ।

सिमकोट–२ ठेहे गाउँका गणेश रावल स्वास्थ्य सेवा कार्यालयमा एम्बुलेन्स चालकका रुपमा कार्यरत हुनुहुन्छ । बिरामीको सेवाका लागि आफू जतिखेर तयारी अवस्थामा रहने उहाँले बताउनुभयो । एम्बुलेन्सको भाडामा एकरुपता आएसँगै बिरामीका आफन्तसँग भाडाका विषयलाई लिएर हुने वादविवाद अन्त्य भएको उहाँको भनाइ थियो । रासस

शनिबार, पुष २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.