• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • २ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १९ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

‘बर्थिङ सेन्टर’ र प्रयोगशालाले सहज बन्दै स्वास्थ्य सेवा

  •  आइतबार, पुष २२, २०८० मा प्रकाशित

बलेवा (बागलुङ) । तमानखोला गाउँपालिकाको स्याउलाका सर्वसाधारणलाई दुईवर्ष अघिसम्म सामान्य रगत परीक्षणको लागिसमेत कठिन थियो । रगत परीक्षणका लागि उनीहरु ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजार वा सदरमुकाम बागलुङ बजार पुग्नु पर्दथ्यो ।

स्याउला मात्रै होइन यहाँका सबै गाउँका सर्वसाधारणको व्यथा उही थियो । भौगोलिक हिसाबले दुर्गम मानिने तमानखोलाका अधिकांश स्वास्थ्य चौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । त्यहाँ सामान्य रगत, दिसापिसाबको परीक्षण हुन्छ । पालिका मुकाम बोङ्गादोभानमा रहेको बोङ्गादोभान स्वास्थ्य चौकीमा त बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा हुने सबै जाँच हुन्छ ।

गाउँकै स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा पाएपछि बिरामीले छिटो उपचार पाउँछन् भने उपचार खर्च घटेको छ । तमानखोला जस्तै निसिखोला गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि प्रयोगशाला सुरु भएका छन् । गाउँमै प्रयोशाला सञ्चालन हुँदा उपचार र निदानमा सहयोग पुगेको बोहोरा गाउँ स्वास्थ्य चौकीका प्रमुख कसिन्द्र शाही बताउनुहुन्छ ।

‘केही दिन पहिला एउटा प्रसूति व्यथा लागेकी महिला आउनुभएको थियो, एक्कासि रक्तचाप बढेको देखियो, रगत जाँच गर्दा पिसाबमा प्रोटिन देखियो,’ गलकोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख दिलुप्रसाद सुवेदीले भन्नुभयो,“हामीले समयमा अर्को स्वास्थ्य संस्थामा पठायौँं, समयमा शल्यक्रिया भएकाले आमा र बच्चा दुवैको ज्यान बच्यो ।”स्थानीय तह गठनपछि गाउँगाउँमा प्रयोशाला सेवा सञ्चालन सुरु भएका छन् । स्थानीय तहले स्थापना गर्ने र बन्द गर्ने गरेका कारण जिल्लामा प्रयोगशालाको वास्तविक तथ्याङ्क तयार भइसकेको छैन । तर केही वर्ष पहिलेभन्दा दुर्गममा खुलेका प्रयोशालाका कारण सर्वसाधारणले पाउने सुविधामा धेरै अन्तर आएको छ ।

‘प्रयोशालाले उपचार र निदानमा धेरै सहयोग गरेको छ, अब गाउँमा आवश्यकता भनेकै प्रभावकारी प्रयोगशला हो,’ गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले भन्नुभयो,“जिल्लाभर ३८ वटा प्रयोशला सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।”

सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ । कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । भौगोलिक अवस्थाका कारण यहाँका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकै ‘बर्थिङ सेन्टर’ नहुँदा सधैँ सास्ती हुने गरेको थियो ।

स्थानीय, प्रदेश र सङ्घ सरकारअन्तर्गतका कार्यालय र सामाजिक संस्थाको सहकार्यमा बागलुङमा ३६ ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका छन् । पछिल्लो छ वर्षमा दश स्थानीय तहका ३६ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर विस्तार गरिएपछि प्रसूति सेवा सहज बन्दै गएको छ । ग्रामीण स्वास्थ्य सुधार परियोजना, बिवाइसी बागलुङ र फेयरमेड फाउण्डेसनले तीनै तहका सरकारसँगको सहकार्यमा जिल्लामा प्रयोगशला र बर्थिङ सेन्टर विस्तार गरेका हुन् । जिल्लाका १९ स्वास्थ्य संस्थामा प्रयोशाला स्थापना गर्न प्रत्यक्ष सहयोग र बाँकी स्वास्थ्य संस्थामा उपकरण सहयोग गरेको बिवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले बताउनुभयो ।

नजिकैका स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ नभएकाले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य जोखिममा हुने गरेकामा अब भने प्रसूति सेवा केही सहज बन्दै गएको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताउनुभयो । ‘सरकारले योजना नबाएर गरेका काममा केही छुटफुट भएकाले गैरसरकारी संस्थाको साथ खोजिरहनुपरेको छ,’ थापाले भन्नुभयो,“स्रोतसाधनको परिचालनमा सरकारनै जिम्मेवार भएर लाग्नुपर्छ, सहयोगी संस्थाको साथ आवश्यक छ ।” रासस

आइतबार, पुष २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.