• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २१ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

बागलुङका एउटै पालिकामा एक सय ११ क्षयरोगी

  •  आइतबार, माघ ०७, २०८० मा प्रकाशित

गलकोट (बागलुङ)। बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ ।

स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको उपचार गर्न थालिएको जनाएको छ । कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोग निर्मूल पार्ने अभियानमा क्षयरोगको सम्भावना रहेको बडिगाडमा स्वास्थ्य शिविर गर्दा सो सङ्ख्यामा क्षयरोग देखिएको जनाउँदै उनीहरुलाई स्वास्थ्य कार्यालयको सम्पर्कमा राखेर उपचार थालिएको बताउनुभयो ।

“कार्यालयले क्षयरोग शुन्यमा पार्ने अभियानअन्तर्गत खोजपड्ताल गरिरहेको थियो, जसमध्ये बडिगाडमा क्षयरोगी भेटिएपछि उपचारतर्फ लागेका छौँ”, घिमिरेले भन्नुभयो, “दुई हप्ताअघि गरेको शिविरमा ९८ जना फेला परेपछि हालसम्म धेरै स्थानमा गरेको परीक्षण र प्राप्त रिपोर्टका आधारमा बडिगाडभित्रै एक सय ११ जना क्षयरोगी भेटिएका छन्, उनीहरुमध्ये २६ जनामा सार्ने प्रकारको क्षयरोग भेटिएको हो ।”

उहाँका अनुसार लामो समयदेखि बडिगाडमा क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । त्यसपछि बडिगाड गाउँपालिकाको पहल तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाको प्राविधिक सहयोगमा गरिएको क्षयरोग शिविरमा बढी क्षयरोगी भेटिएका हुन् ।

बडिगाडमा धेरै क्षयरोगी पहिचान हुँदा अन्यलाई सर्ने डर कम हुँने गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । “रोगको पहिचानमा समस्या भएपछि भित्रभित्रै फैलिएको रहेछ, रोगको निदान गर्नुभन्दा पहिला पहिचान आवश्यकता थियो, गाउँपालिकाले क्षयरोगी खोज्न छाड्दैन, क्षयरोग पहिचानपछि उपचार हुन्छ”, अध्यक्ष थापा अधिकारीले भन्नुभयो, “यो डरलाग्दो अवस्थाबाट हामीले उन्मुक्ति पाउनै पर्छ, पहिचान भएका सबैलाई उपचारमा पालिकालेसमेत सहयोग गर्छ, उपचारपछि अन्यलाई रोग नसर्दा क्षयरोग न्यूनीकरणमा ठूलो सहयोग हुन्छ ।”

उहाँले पालिकामा यति धेरै क्षयरोगी भेटिनु तत्कालका लागि राम्रो नभए पनि उक्त रोग अरुलाई सर्न नदिन रोग पहिचान गर्र्नु सकारात्मक रहेको बताउनुभयो । पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढ्दै गएपछि धौलागिरि अस्पतालमै क्षयरोग परीक्षण, उपचार र उपचारको प्रभावकारिता थाहा पाउने ‘एक्स्पट एक्सडिआर’ मेसिनसमेत जडान गरिएको छ । उक्त उपकरणले क्षयरोग पत्ता लगाउने र उपचारको प्रभावकारितासमेत पत्ता लगाउने छ ।

उक्त उपकरण नहुँदा दोस्रो चरणको क्षयरोग परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर जानुपर्ने हुन्थ्यो । मेसिन जडानपछि धौलागिरि अस्पतालमा शङ्कास्पद बिरामीको नियमित परीक्षण भइरहेको छ । बागलुङमा यसअघि दुई सय ३५ क्षयरोगीले नियमित औषधि खाइरहेकामा बडिगाडका १११ थपिँदा ३४६ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्ले देखाएको छ । क्षयरोगीको पहिचान गर्नका लागि रोग पत्ता लगाउने उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा समेत जडान गरिएको छ । रासस

आइतबार, माघ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.