• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ११ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १२ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित

  •  शनिबार, माघ २०, २०८० मा प्रकाशित

काठमाडौँ, २० माघ । परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम–शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ । साहित्यकार प्रा.डा.रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता–पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा विसं २०६८ मा उक्त प्रतिष्ठान स्थापना गर्नुभएको थियो ।

प्रतिष्ठानले समाजका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष विशिष्ट सम्मान प्रदान गर्दै आएको छ । प्रतिष्ठानले पछि परेका वर्ग, क्षेत्र र समुदायलाई अघि बढ्न छात्रवृत्तिका माध्यमबाट उत्पे्ररणा र हौसल्ला प्रदान गर्दै आएको छ । सो अवसरमा प्रतिभा प्रोत्साहन मोर्डन कन्या कलेजकी छात्रा सरस्वती परियार र श्लेषा दर्नाललाई प्रदान ग¥यो ।

सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रूपमा रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ । डा.कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहनुभएको छ ।”

मानिसले मृत्युलाई असल कामबौ जित्न सक्ने भन्दै सभामुख घिमिरेले झापामा बच्चाहरूको मुटुको उपचारका लागि डा.कोइरालाकै निष्ठा, योगदान, सक्रियता र अग्रसरतामा ठूलो योजना अघि बढिरहेकाले त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

सुशासनका माध्यमबाट मात्रै राष्ट्र र समाजलाई अघि बढाउन सकिने र त्यसका लागि आफूलाई लागेका र देखेका विषय स्पष्टसँग राख्दै कमी–कमजोरी हटाउन दिशानिर्देश गर्ने प्रतिष्ठानका अध्यक्ष दाहालको व्यवहार, शैली र अभिव्यक्ति प्रशंसायोग्य रहेको बताउनुभयो ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय मुद्दामा दलभन्दा माथि उठेर देशलाई समृद्धि तुल्याउने अभियानमा सहभागी हुन सबै तह र तप्कालाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “परशुराम–शकुन्तला दाहाल परिवार संस्कार, संस्कृति, सद्भाव र विचारका माध्यमद्वारा मुलुकमा समृद्धि र सुगन्ध छर्न सफल हुनुभएको छ ।”

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मानिसको जीवनदान भगवान्ले मात्रै दिन सक्छन् भन्ने मान्यता रहेको नेपाली समाजमा डा. कोइरालाले भगवान्कै स्वरुपमा कार्यजिम्मेवारी गरिरहनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तित समाजमा समाजिक मूल्य, मान्यतामा विखण्डित देखिएको छ । परिवार टुटेको छ । वृद्ध बाबाआमालाई छाडेर सन्तान टाढा रहनुपरेको छ । सामाजिक दायित्व कमजोर भएको छ । यो बेला समाजलाई जोड्ने नयाँ सूत्र आवश्यक छ ।”

सम्मानित व्यक्तित्व डा.कोइरालाले राज्यले सुम्पिएको कार्यजिम्मेवारीभित्र रही मुटुरोगका क्षेत्रमा कर्तव्य पूरा गर्ने कोसिस गरेकाले त्यसलाई अस्वाभाविक कामका रूपमा नबुझिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा असल काम गर्नेको सङ्ख्यामा कमी आएको छ, राम्रो काम गर्नेलाई उत्साहित र प्रोत्साहित गर्न जरुरी छ । समाजमा अध्यक्ष दाहालजस्तो इमान्दार, प्रभावशाली र बेजोड प्रस्तुति भएका व्यक्तित्व पाउन कठिन छ ।”

उद्योगी डा.उपेन्द्र महतोले सम्मानित व्यक्तित्व डा.कोइराला आफ्नो क्षेत्रका मेहनती, इमान्दार र सक्षम चिकित्सक भएको बताउँदै आर्थिक अवस्था कमजोर भए पनि नेपाली संस्कार र संस्कृति विश्वमै अद्वितीय रहेको विचार प्रकट गर्नुभयो ।

प्रतिष्ठानका संरक्षक प्रा.डा.दाहालले असल बाटोमा हिँड्न प्रेरित गर्ने पिता र माताले सिरहाको बन्दीपुर क्षेत्रमा पाटी, पौवा, मन्दिर, पोखरी र चौतारोलगायतका सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले नेपाली समाजमा परम्परादेखि स्थापित संस्कार, संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रेरित गर्ने हिसाबले प्रतिष्ठान स्थापना गरेको बताउनुभयो ।रासस

शनिबार, माघ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.