• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १२ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

गाउँमा पुगेर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै जैमिनी नगर

  •  सोमबार, माघ २९, २०८० मा प्रकाशित

ढोरपाटन (बागलुङ) । जैमिनी नगरपालिकाले गाउँ–गाउँमा पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले समयसमयमा शिविर सञ्चालन गरेर नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको हो ।

दूरदराजका ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरु उपचारका लागि अस्पताल वा स्वास्थ्य चौकी नजाने भएकाले पालिकाले गाउँमै पुगेर बिरामीको खोजी गरी उपचार गरिरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

आर्थिक अभावका कारण सबै नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिन नसक्ने अवस्था रहेकाले महिनामहिनामा गाउँ पुगेर निःशुल्क शिविर सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।

नगरपालिकाले माघमा मात्रै तीन वटा विशेषज्ञ डाक्टरसहितको शिविर सञ्चालन गरेको छ । उपप्रमुख शर्माले माघ पहिलो साता पालिका केन्द्र कुश्मिसेरामा दुई दिने स्वास्थ्य शिविर, दोस्रो साता वडा नं ७ र ८ का नागरिकलाई लक्षित गरी छिस्तीमा छालारोग सम्बन्धी शिविर सम्पन्न गरेको जानकारी दिनुभयो ।

आइतबार वडा नं २ र ३ लाई लक्षित गरी दमेक स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको शर्माको भनाइ थियो । कोही पनि नागरिक आर्थिक अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भने गत वर्षदेखि गाउँगाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो ।

“हरेक नगरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यले नगरपालिका लागिपरेको छ । सीमित स्रोत साधानकाबीच पनि हामीले सबै नागरिकलाई शिविर सञ्चालन गरेर विशेषज्ञ सेवा दिइरहेका छौँ । सबै ठाउँमा विशेषज्ञ डाक्टर राखेर नियमित सेवा दिन सकिने अवस्था नभएकाले शिविर सञ्चालन गरेका हौँ”, उपप्रमुख शर्माले भन्नुभयो, “शिविरमार्फत पालिकाका सबै वडामा पुगेर सेवा दिइरहेका छौँ ।”

पोखरा, बागलुङलगायतका अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरलाई लिएर गाउँ–गाउँमा शिविर सञ्चालन भइरहेको शर्माको भनाइ थियो । उहाँका अनुसार डा ओमकुमार श्रेष्ठ, बालरोग विशेषज्ञ किरण शर्मा, स्त्रीरोग विशेषज्ञ विष्णु पालिखे, फिजिसियन सरोजचन्द्र बराललगायतको टोलीले शिविर मार्फत सेवा दिइरहनुभएको छ ।

शिविरलाई स्वास्थ्य कार्यालय बागलुङले निरन्तर सहयोग गर्दै आएको शर्माले बताउनुभयो । शिविरमार्फत प्रजनन् स्वास्थ्य, पाठेघरको परीक्षण, भिडियो एक्सेर, पाठेघर तथा स्तन क्यान्सरको परीक्षण, बाल रोगलगायत बिरामीको स्वास्थ्य परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । “गम्भीर रोगका बिरामीलाई समयमै उपचारका लागि सुझावसमेत दिने गरिएको छ”, उहाँले भन्नुभयो ।

वडा नं २ की ७२ वर्षीया लीलादेवी सापकोटाले आफू लामो समय बिरामी रहेको सुनाउँदै गाउँमा डाक्टर आएर सेवा दिएपछि उपचार पाएको बताउनुभयो । वर्षौँ अगाडि पाठेघरको शल्यक्रिया गरेको भन्दै अस्पताल टाढा हुँदा नियमित जाँच गर्न नपाएको उहाँले बताउनुभयो ।

गाउँमा धेरै बुढाबुढी बिरामी रहेको भन्दै डाक्टरले गाउँमा आएर सहज रुपमा स्वास्थ्य परीक्षण गरी उपचार गरेको सापकोटाको भनाइ थियो । “सामान्य रोगको उपचार गाउँका स्वास्थ्य चौकीमा गराउने गरेका थियौँ । जटिल खालको रोग लाग्यो भने बागलुङ, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाले हाम्रै गाउँमा ठूला डाक्टर लिएर घरमै उपचार सेवा दिँदा समय र खर्चको सदुपयोग भएको छ । स्थानीय सरकारले जनताको भावना बुझ्न थालेको छ ।”

स्थानीय पशुपति सापकोटाले विशेषज्ञ डाक्टरसहित शिविरमार्फत गाउँका धेरै नागरिक लाभान्वित भएका बताउनुभयो । पहिलेको तुलनामा पछिल्लो समय जैमिनी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै थप दक्षजनशक्तिसहित स्वास्थ्य चौकीमा व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । रासस

सोमबार, माघ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.