• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १४ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १९ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १९ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १९ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

अझै तयार भएन अस्पताल भवन

  •  सोमबार, माघ २९, २०८० मा प्रकाशित

बलेवा (बागलुङ) । जिल्लाबाट अञ्चल अस्पतालमा बढोत्तरी भएपछि धौलागिरि अस्पताल बागलुङमा केही संरचनात्मक सुधार भएका छन् । क्रमशः यो अस्पताल प्रदेश तहको बनिसकेको भए पनि अञ्चल अस्पतालका लागि सुरु भएका संरचना अझै पूरा भइसकेको छैन ।

तत्कालीन जिल्ला अस्पताललाई २०६६ सालमा धौलागिरि अञ्चल अस्पताल बनाइएको थियो । त्यसपछि भवन डिभिजन कार्यालयले यहाँ तीन भवन बनाउने ठेक्का लगाएको थियो । पहिलो भवन बनेपछि २०६८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ‘ए ब्लक’ उद्घाटन गर्नुभयो ।

सँगैको ‘बी ब्लक’को भवन बन्न नौ वर्ष लागेको थियो । विसं २०६७ मा सक्ने गरी सम्झौता गरेको आशिष मिलेनियम, भीमज्योति, जयबाबा गोरख नयाँबाटो संयुक्त निर्माण कम्पनीले नौ वर्ष ढिला गरी बनाएको बी ब्लक २०७६ असोज २४ गते सकिएको थियो । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पुनःदोस्रो भवन उद्घाटन गर्नुभएको थियो । अझै पनि यहाँको तेस्रो भवन सम्पन्न भएको छैन ।

मिलेनियम विल्डर्स निर्माण सेवाले रु १० करोडमा ठेक्का लिएको यो भवन अझै नसकिएको हो । जिम्माअनुसार काम गरेको भए २०६८ सालमै भवन हस्तान्तरण भइसक्नुपथ्र्यो । तीनतले यो भवनको पहिलो र दोस्रो तलामा झ्यालढोका राखिएको छैन । अस्पतालका लागि चाहिने भित्री सजावट लगायतको काम बाँकी छ ।

तेस्रो तलामा भने अस्पताल विकास समितिले केही कोठा आफ्नै खर्चमा बनाएर प्रशासन र सभाहल सञ्चालनमा ल्याएको छ । कामको ठेक्का दिएको तत्कालीन भवन डिभिजन कार्यालय हाल सघन सहरी तथा भवन निर्माण कार्यान्वयन एकाइ भएको छ । एकाइ प्रमुख सुनिता श्रेष्ठले काम केही मात्रै बाँकी रहेको दाबी गर्नुभयो ।

“ठेकेदारले चाँडै काम सक्छु भनेका छन्, त्यसैले पर्खेका छौँ”, उहाँले भन्नुभयो, “काम सकिनेबित्तिकै अस्पताललाई हस्तान्तरण हुन्छ ।” चार पटकसम्म म्याद थपेको ठेकेदार कम्पनीले अब भने सक्ने आश्वासन दिएको उहाँले बताउनुभयो । “म्याद त सकिएको छ, काम पनि चाँडै सकिने छ”, उहाँले भन्नुभयो, “काम सकेपछि अन्तिम भुक्तानी दिन्छौँ ।”

भवनको अगाडि पार्किङस्थल बनाउने, ग्यारेजलगायत काम बाँकी रहेको श्रेष्ठले बताउनुभयो । भवन पूरा नहुँदा विशेषज्ञ सेवा दिनुपर्ने अस्पतालमा उपचार सेवा प्रभावित हुने गरेको छ । अस्पतालमा अहिले पनि १६ विशेषज्ञ डाक्टरसहित २२ को दरबन्दी छ । काम गर्ने कोठा र उपकरण नभएको देखाएर कतिपय विशेषज्ञ आएर फर्कने गरेका छन् । अहिले पनि शल्यक्रिया र सघन उपचार कक्ष काम चलाउ अवस्थामा छन् । दुई सय शय्या सञ्चालन गर्ने भने पनि ल्याइएका शय्या गोदाममा थन्केका छन् ।

लामो समय मेडिकल सुपरीटेन्डेन्ट कक्ष छाप्रोमा थियो । अहिले पनि अस्थायीरुपमा बनाइएको कोठामा मेसुको काम हुने गरेको छ । “आफ्नै भवन पूरा नहुँदा सेवा प्रवाहमा पनि असरपर्ने नै भयो”, मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले भन्नुभयो, “पर्याप्त भवन बनेपछि मात्र सहज सेवा हुनेछ ।” आफ्नै अक्सिजन प्लान्ट भए पनि भवन बनिनसक्दा सबै स्थानमा जडान गर्न नसकिएको उहाँले बताउनुभयो । मेसु प्रधानका लागि चाँडै कार्यालय तेस्रो तल्लामा बनाइएको छ । यो ढिलागरी बने पनि अझै सोही भवन बनिसकेर हस्तान्तरण हुने दिनको टुङ्गो लागेको छौँ । रासस
—

सोमबार, माघ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.