• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १९ मिनेट 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • २२ मिनेट 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २१ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

‘डम्पिङसाइट’ भरिएपछि कोरिडोर दुर्गन्धित

  •  मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो ।

तर अहिले सुतुर्केको ‘डम्पिङसाइट’ पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ । अव्यवस्थित फोहोर व्यवस्थापनबाट सोही स्थान हुँदै दैनिक गुड्ने सयौँ सवारीसाधन र यात्रु प्रभावित भएका छन् ।

कुहिने र नकुहिने फोहोर नछुट्याइ व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको ‘डम्पिङसाइट’को असर नजिकैको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पनि असर पर्न थालेको छ ।

अव्यवस्थित फोहोर व्यवस्थापनका कारण सो ठाउँ हुँदै यात्रा गर्न सकस हुने गरेको सवारी चालक देवीबहादुर सुनारले सुनाउनुभयो । “फोहोर फाल्नका लागि वरिपरी पर्खाल लगाइएको छ तर फोहोर भरिएर सबै सडकमा खसेको छ”, उहाँले भन्नुभयो, “गर्मी पनि बढ्न थाल्यो, अब यो बाटो भएर हिँड्नै नसक्ने अवस्था हुन्छ । दुर्गन्धले रिङ्गटा लाग्ला जस्तो हुन्छ । यो बाटोको विकल्प पनि छैन ।”

नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ‘ल्यान्डफिल साइट’ बनाउने योजना बनाए पनि हालसम्म कार्यान्वयनमा आएको छैन । केही दिन लगातार यो सडक हुँदै यात्रा गरियो भने बिरामी पर्ने अवस्था रहेको बागलुङ नगरपालका–१४ का विरबहादुर क्षेत्रीको गुनासो छ । स्थानीयले नगरपालिकामा गएर धेरै पटक फोहोर व्यवस्थापनका लागि आग्रह गरे पनि हालसम्म सुनुवाई हुन नसकेको उहाँको भनाइ छ ।

“अव्यवस्थित फोहोर व्यवस्थापनका कारण त्यहाँका झिँगा मालढुङ्गासम्म पुग्छन्, यही सडकबाट दैनिक सयौँ मान्छे ओहोरदोहोर गर्नुपर्छ । हामी पनि हरेक दिन हिड्छौँ”, क्षेत्री भन्नुहुन्छ, “नगरपालिकाले फोहोर उठाउने बेलामै कुहिने र नकुहिने छुट्टाएर व्यवस्थापन गर्नुको विकल्प छैन ।”

बागलुङ नगरपालिकाले दैनिक छ टन फोहोर व्यवस्थापन गरिरहेको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि आधुनिक र व्यवस्थित डम्पिङसाइट बनाउने गुरुयोजना बनाए पनि बजेट अभावमा कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ ।

नगरपालिकाले दक्षिण कोरियाको वातावरण विभाग अन्तर्गत ‘एएलके इसिओ’ कम्पनीसँग फोहोर व्यवस्थापनका लागि मेसिन ल्याउने तयारी गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सो कम्पनीका प्रमुख खो यु सेप, सीईओ जङ डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको संयुक्त बैठकले मेसिन ल्याउने निर्णय गरेको थियो । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापनका लागि विनियोजित रु एक करोड २० लाखमा मेसिन खरिद गर्ने तयारी गरेको प्रमुख श्रेष्ठको भनाइ छ । रासस

मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.