• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १९ मिनेट 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • २२ मिनेट 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २१ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बजेट अभावमा प्रदेश प्रहरी अस्पताल अलपत्र

  •  बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

लेखनाथ (कास्की) । पोखरा महानगरपालिका–७ मुस्ताङचोकमा चार वर्षदेखि निर्माणाधीन गण्डकी प्रदेश प्रहरी अस्पताल बजेट अभावमा अलपत्र परेको छ । सेवारत एवं भूपु प्रहरी र उनीहरुका परिवारको औषधि उपचार गर्ने उद्देश्यले विस २०७७ मा निर्माण सुरु गरिएको उक्त अस्पतालको भवन निर्माण आवश्यक बजेट बिनियोजन नहुँदा पूरा हुन नसकेको हो ।

उक्त अस्पतालको भवन निर्माणमा रु छ करोड लागतको अनुमान गरिए पनि पछिल्लो दुई आर्थिक वर्षयता गण्डकी प्रदेश सरकारले बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको हो । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थ भट्टराईले भने क्रमागत रुपमा निर्माणसम्पन्न गर्ने भनिएको अस्पताल भवन निर्माणका लागि चालु आवमा रु एक करोड छुट्याइएको जानकारी दिनुभयो । एघार रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले चार वर्षदेखि टिनको टहराबाट सेवा प्रवाह गर्दै आएको छ ।

अस्पताल निर्माणका लागि आज २०७७÷७८मा प्रदेश सरकारले रु एक करोड बीस लाख छुट्याएको भए पनि त्यसपछि गत आवसम्म बजेट बिनियोजन गरिएको थिएन । नेपाल प्रहरीको आफ्नै जग्गामा जस्ता पाताले निर्माण गरिएको भवनमा अहिले दैनिक ४०–५० जनाले सेवा लिँदै आएका छन् ।

अस्पतालका कार्यालय प्रमुख तथा प्राविधिक प्रहरी नायव उपरीक्षक डा रामप्रसाद शर्माका अनुसार अस्थायी रुपमा सञ्चालनमा ल्याइएको अस्पताल भवनबाट ओपिडी, फार्मेसी, ल्याव, आपतकालीन, थेरापी, भिडियो एक्सरे, एक्सरे र सामान्य शल्यक्रियालगायतका सेवा प्रवाह हुँदै आएको छ ।

निर्माणधीन अस्पताललाई क्रमागत भन्दा पनि बहुवर्षीय रुपमा निर्माण गर्ने गरी योजना बनाएको भए बजेट प्राप्त गर्न सजिलो हुने उहाँको भनाइ छ । पन्ध्र शय्याको उक्त अस्पतालमा प्राविधिकसहित ३३ जना कर्मचारी कार्यरत छन् । अस्पतालल भवनले पूर्णता पाएपछि ५० शय्यामा स्तरोन्नति हुनेछ ।

प्रहरी सङ्गठन कास्कीका पूर्वसचिव सिद्धि रेग्मीले निर्माणाधीन अस्पताल जतिसक्दो चाँडो निर्माणसम्पन्न गर्न सङ्गठनले पनि दबाब दिइरहेको बताउनुभयो । अस्पताल निर्माणपछि प्रहरी र उनीहरुका परिवारसँगै सर्वसाधारणले पनि सेवा लिनसक्ने उहाँको भनाइ छ । रासस

बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.