• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १२ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २१ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बरेङमा घरमा सुत्केरी हुने न्यून

  •  बुधबार, चैत ०७, २०८० मा प्रकाशित

ढोरपाटन (बागलुङ), । बरेङ गाउँपालिका जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिणमा पर्दछ । छरिएका बस्ती र स्वास्थ्य संस्थाको सहज पहुँच नहुँदा दुई वर्षअघिसम्म गर्भवतीहरु घरमै सुत्केरी हुने गर्दथे । अहिले यो अवस्था निकै परिवर्तन भएको छ । यहाँका महिलाले नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् ।

पछिल्लो समय बरेङमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ । पालिकाको ठाउँ–ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा विस्तार गरेसँगै ‘होमडेलिभरी’ शून्यमा झरेको हो ।

भर्गवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने, समय–समयमा गर्भ परीक्षण गराउनेलगायत काम थालेपछि मातृ शिशु मृत्युदर पनि कम भएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताउनुभयो ।

“पहिलेको तुलनामा महिलाहरु शिक्षित र सचेत बन्दै गएकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने चेतना वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “हरेक महिना स्वास्थ्य स्वयंसेविका गर्भवतीको घरमा पुगेर गर्भ परीक्षणबारे जानकारी दिने गरिएको छ ।”

स्वास्थ्य शाखा प्रमुख पुनले गाउँपालिकाले समय–समयमा गर्भवतीलाई स्वास्थ्यसम्बन्धी जनचेतामूलक कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

“पहिलाकोजस्तो घरमै सुत्केरी हुने चलन कम हुँदै गएको छ । कहिलेकाहीँ एक÷दुई जना स्वास्थ्य संस्थामा आउन ढिला गर्दा घरमै सुत्केरी भएको पाइन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो दुई वर्षयता घरमै सुत्केरी भएको तथ्याङ्क हामीले पाएका छैनौँ । स्वास्थ्य स्वयंसेविका तथा नर्सिङ कर्मचारी गर्भवतीको घरमा गएर स्वास्थ्य परीक्षण गर्नुहुन्छ । आवश्यकताअनुसार स्वास्थ्य संस्थामा बोलाउनुहुन्छ ।”

गाउँमा आमा समूहको बैठक हुँदा पनि भर्गवतीको स्वास्थ्य जाँचबारे सचेत गराउने गरिएको पुनको भनाइ छ । स्वास्थ्यचौकीमा भिडियो एक्सेरे सुविधा रहेको भन्दै प्रत्येक महिना गर्भको जाँच, आमा र बच्चाको अवस्था बुझ्न भिडियो एक्सरे गराइँदै आइएको उहाँले बताउनुभयो ।

भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा जटिलता देखियो भने बाहिर अस्पतालमा पठाउन गाउँपालिकाले रू पाँच हजार खर्च दिने गरेको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो । हरेक गर्भवतीलाई बर्थिङ सेन्टरमा आउनेजाने भाडासमेत दिने गरिएको उहाँले बताउनुभयो ।

दूरीका हिसाबले नजिकलाई रू एक हजारदेखि टाढालाई रू तीन हजारसम्म खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।

बरेङ गाउँपालिकामा ५ वटा वडा छन् । पाँच वडामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्यानका लागि स्वास्थ्य चौकी टाढा भएका स्थानीयलाई लक्षित गरी सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

पाँच स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको उहाँको भनाइ छ । रासस

बुधबार, चैत ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.