• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १२ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २१ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

विश्व क्षयरोग दिवस: बागलुङमा रोग निवारण अभियान

  •  आइतबार, चैत ११, २०८० मा प्रकाशित

बलेवा (बागलुङ) । ‘हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारण अभियान थालिएसँगै परीक्षणको दायरा बढाएर क्षयरोगी पत्ता लगाउने क्रम पनि सुरु भएको छ ।

हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस आज यहाँ पनि चेतना अभिवृद्धिसम्बन्धी विविध कार्यक्रम गरेर मनाइँदै छ । यस वर्ष गलकोट र बडिगाडलाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्य छ । त्यसका लागि ती क्षेत्रमा परीक्षणको दायरा पनि बढाइएको हो । परीक्षणको दायरा बढाउँदा सङ्क्रमितको सङ¬्ख्या पनि उल्लेख्य भेटिएका कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।

क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र सङ्क्रमितको परिवारका सदस्यको पनि खकार परीक्षण गर्ने योजना रहेको निरीक्षक घिमिरेले सुनाउनुभयो । एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले यो कोरोनाभन्दा पनि जोखिम भएको उहाँले बताउनुभयो ।

“हामीले सामान्य मानेका छौँ, तर यो भयानक सङ्क्रमण हो”, घिमिरेले भन्नुभयो, “सामान्यजस्तो लागे पनि हामी क्षयरोगका व्याक्टेरिया बोकेर हिँडेका छौँ ।” रोग प्रतिरोधी क्षमता कमजोर भएको समयमा ती व्याक्टेरिया सक्रिय बन्ने उहाँले बताउनुभयो ।

नेपालका ६० प्रतिशत युवामा क्षयरोगका ‘ब्याक्टेरिया’ भएको स्वास्थ्यकर्मीको अनुमान छ । धूमपान र मद्यपान गर्नेलाई सङ्क्रमण बढी हुने उनीहरू बताउँछन् । कुपोषण भएका बालबालिका, ज्येष्ठ नागरिक, समूहमा बस्नेहरू समेतमा क्षयरोगको सङ्क्रमण बढी हुने बताइएको छ । निरीक्षक घिमिरेका अनुसार गत वर्ष दुई सय ३५ जनामा क्षयरोग सङ्क्रमण भएकामा चालु वर्षको आठ महिनामै यो सङ्ख्या दुई सय २७ पुगेको हो ।

बागलुङमा पछिल्लो समय क्षयरोगको परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि बढेको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताउनुभयो । जिल्लाका १४ वटा प्रयोगशालाबाट क्षयरोग परीक्षण हुने गरेको छ । जटिल प्रकारको अवस्थाबाहेक सबैलाई ती प्रयोगशालाबाट खकार परीक्षण गरिन्छ । जटिल प्रकारको भएमा धवलागिरि अस्पतालमा रहेको विशेष यन्त्रबाट परीक्षण हुनेछ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले सङ्क्रमण रोक्न सबै प्रकारका प्रयास गर्नुपर्ने र जनतामा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । रासस

आइतबार, चैत ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.