• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

न्यून परीक्षण हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस

  •  बुधबार, चैत १४, २०८० मा प्रकाशित

त्रिवेणी (रुकुमपश्चिम) । रुकुमपश्चिममा क्षयरोग (टिबी) परीक्षण गर्नेको सङ्ख्या न्यून रहेको पाएको छ । राष्ट्रिय क्षयरोग सर्वेक्षणको सर्वेअनुसार जिल्ल्लामा तीन सय ९० जना क्षयरोगका बिरामी हुनेसक्ने तथ्याङ्क सार्वजनिक गरेपनि परीक्षण गर्नेको सङ्ख्या एक सय २१ रहेका छन् ।

परीक्षण गर्नेको सङ्ख्या न्यून हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस भएको स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९० बिरामी पत्ता लगाउने लक्ष्य रहे पनि फागुनसम्म लक्ष्यको २८ दशमलव ७१ प्रतिशत अर्थात एक सय १२ मात्र पत्ता लागेका छन् ।

बिरामीले रोग देखाउन लाज मान्ने, परीक्षणको दायर न्यून हुनु, स्वास्थ्य पहुँच कम हुनुलगायत कारणले परीक्षण गर्नेको सङ्ख्यामा कमी भएको खड्काको भनाइ छ । क्षयरोगका बिरामीलाई चेकचाँच तथा उपचार लगायत सबै सेवा निःशुल्क भए पनि परीक्षण गर्ने कम हुँदा बिरामी पत्ता लगाउन समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु आवको हालसम्म पत्ता लागेका बिरामीको उपचार भइरहेको छ ।

जिल्लामा गत आवमा एक सय ६९ बिरामी भेटिएका थिए । जसमध्ये सात जनाको क्षयरोगका कारण मृत्यु भएको खोप सुपरभाइजर अधिकृत खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा क्षयरोगका कारण दुई जनाको मृत्यु भएको छ ।

“क्षयरोग फोक्सो र अन्य अगङ्समेतमा लाग्ने गर्दछ । यससम्बन्धी सर्वसाधारणलाई जानकारी नहुँदा परीक्षण गर्नेको सङ्ख्या कम हुने गरेको छ । फोक्सोमा मात्र क्षयरोग लाग्छ भन्ने बुझाइ भएकाले पनि परीक्षण गर्ने सङ्ख्यामा कमी देखिएको हुन सक्छ”, खड्काले भन्नुभयो ।

परीक्षण गर्नेको सङ्ख्या न्यून हुँदा परीक्षण गर्ने मेसिन प्रयोग विहीन भएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक कालिबहादुर ओलीले बताउनुभयो । ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको कारण क्षयरोग सर्ने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्यू गर्दा निरोगी व्यक्तिमा रोग सर्ने जोखिम हुने भएकाले सचेत हुनुपर्ने व्यवस्थापक ओलीले बताउनुभयो ।

हाल जिल्लामा ३२ वटा डट्स केन्द्र, चार माईक्रोसकोपी केन्द्र, एक जिनएक्सपर्ट केन्द्र र एक डिआर सब सेन्टरबाट क्षयरोग उपचार तथा निधान भइरहेको स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले जनाएको छ । रासस

बुधबार, चैत १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.