• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २ मिनेट 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २ मिनेट 

झापा र कैलालीमा खोप अभियान
  • ७ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्र सञ्चालन

  •  शनिबार, चैत १७, २०८० मा प्रकाशित

नेपालगञ्ज (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगर प्रमुख प्रशान्त विष्ट र गैरसरकारी संस्था एसएनभी नेपालकी वास नेता (लिडर) नादिरा ख्वाजाले संयुक्त रुपमा दिसाजन्य लेदो व्यवस्थापन क्षेत्रको शुभारम्भ गर्नुभयो । उपमहानगरसँगको समन्वयमा एसएनभी नेपालले ‘स्वास्थ्य तथा विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम’अन्तर्गत निर्मित अस्थायी ट्रेन्च केन्द्र उपमहानगर हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले उपमहानगरले अस्थायी रुपमा दिसा विसर्जन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएपछि खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई प्रदूषित पार्ने र सङ्क्रामक रोगको महामारी फैलिने जोखिम हटेको उल्लेख गर्नुभयो ।

“घरजन्य र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन साइट यसअघि नै बनिसके पनि दिसाजन्य लेदो व्यवस्थापन कसरी गर्ने भन्ने समस्या थियो । आज अस्थायीरुपमै भए पनि संरचना बनेको छ”, प्रमुख विष्टले भन्नुभयो । केन्द्र बनाउनका लागि डम्पिङ साइट क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढेको र सङ्घीय सरकारसँग पनि सहयोग मागेको जानकारी दिँदै अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्न संयन्त्र बनाइने उहाँले बताउनुभयो ।

एसएनभीकी वास टोली नेता ख्वाजाले नेपालगञ्ज उपमहानगरको सुरक्षित दिसाजन्य लेदो व्यवस्थापनको प्रयासलाई सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालगञ्जलाई स्वास्थ्यजन्य हिसाबले सुरक्षित बनाउन यसले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

रू २४ लाख लागतमा निर्माण गरिएको दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्रको जग्गा पाँच वर्षका लागि लिजमा लिइएको उपमहानगरले जनाएको छ । दुई बिगाहा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ खाल्डा खनिएका छन् ।

एसएनभीका कन्सल्टेन्ट इञ्जिनियर मुनबहादुर खड्काका अनुसार दिसाजन्य लेदो व्यवस्थापन गर्न ४० मिटर लम्बाइ, दुई मिटर उचाइ र १.२० मिटर चौडाइ भएका खाल्डा खनिएका छन् । सो क्षेत्रलाई तारजाली लगाएर सुरक्षित बनाइएको छ । द्रुत गतिमा काम गरेर एक महिनामै ट्रेन्च केन्द्रको निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । रासस

शनिबार, चैत १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
झापा र कैलालीमा खोप अभियान

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.